Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

"मेरो अर्को कथा"

............एकाध दिनमा म आफ्नै कोठामा केही पत्रिका हेर्दै सिरानीलाई ढ़ाड़सलाई ढल्केर बसेको थिए । अचानक मेरो ध्यान दिष्ट्री सामिप्यमा रहेको अर्को खाट्को मेरो Room Partnumber , Devendra मा पर्यो , उनी खोई के के फलाक्दै आखा माधुर्य पार्दै हल्का मुस्कान सहित मस्के जस्तो पनी लाग्यो । मैले एकोहोरो ट्वाल परेर हेरिरहे मानौ मैले कुनै मन परेको युवातिलाई हेरे झै गरी । हेर्दा हेर्दै म गले छेउछाउका सिरक , सिरानी त ढुंगा झै देखिन थाले , खाट जमेर सार्हों भयो , देवेन्द्र एउटा पहाडको चटान झै देखिए , उनका अनुहारका आखा , नाक , मुखमा विभिन्न भागहरु पथरहरुका आकृति देखा पर्न थाले । म मस्के , केही अलपत्र भएका पत्रिका सर्लक आफनै खाट्मा राखे , अनि ढ़ल्केर आफनै हातका सिरपाई टाउकामा लगाई एउटा अवोध वालक झै हेरी रहे - छक्क लाग्यो , शरीर , घाटी , नाकका प्वाल देखेर -घर छेउ छाउका भंज्यांङ्ग काल्नाका
याद आए । मैले देखेका युद्कालीन नेपालका बंकर , सुरुंग, आदि को झट समझना आयो , पुन फेरी हातको सिरपाई हटाएर पट्याएको सिरकमा टाउको अढेसलाएर हेरिरहे त्यों नाक्को प्वाल त्याक्कै बंकर । ओहो ! हेर, हेर्दा हेर्दै देवेन्द्र त पुरै निर्जिब ठोस बस्तुमा परिणत भए । म अलिक माथी सरेर हल्का ठाडो भएर दुबै आखा चिम्ली लामो श्वास फेरी पुन आफ्नो द्रिष्टी देवेन्द्रमा नै पारे तर देवेन्द्र त पुरै अचल ढुंगा भई जमेको देखे , नजिकैको सिरकले आधा शरीर ढाकेको जस्तै हिउले ढाकेको पाए - म आतीएर, कराए –दुर्गा भाइलाई र हरी भाइलाई बोलाए भने - "हेर ! देवेन्द्र त सुतेको ठाउमैं पत्थर भएर जमे । " "हेर चटान , वोल्दैन, हलिदैना, " ( प्रतिक्रिया स्वोरूप भाइहरुबाट मैले हसोको लामो खित्का पाए ) "हाहा हाहा हा ...हाहा॥हा ॥हा..."
"हत् तेरी , यो चटान, ढुंगा नै त हो, दूंगा लाई दूंगा देख्नु भो । के भयो र !"
"हैंन देवें ....नद्र "
"को देवेन्द्र " ( दुबै भाई एकै श्वोरमा )
"VIRUS GROUP" का BHDD मध्येका एउटा D यानि DEVENDRA " (मैले भने )
दुबै जना हल्का दात देखाउदै हासे जसो गर्दै मुख खुम्च्याउदै ,हल्का टाउको पनी हल्लाए । हरिभाईले आफ्नै हातको चोर औला कन्चटमा राखी एक/ दुई फंका घुमाएर विस्तारै भने - "हत् तेरी ॥खुस्कियो क्या हो " त्यति भन्दै दुबै जना गैहाले तर मैले दुर्गा भाइलाई पछाडीबाट तानेर भने -"हेर , भाई! यसपालीको - नवा विहानी - को अंकमा सदा झै VIRUS GROUP को अनौठो , रोचक सामग्री राख्ने ठाउमा यो घटना राख्नु पर्छ " भनेको मात्र के थिए भाइले ३२ दंत नै देखाए र खिस्सा पारामा गालाका छाला चाउरि पारे र हिडी हाले ।
"छपाउनु पर्छ, छाप्ने हैंन ?" (मैले हतार मा जोड़ दिदै भने )
"हुन्छ, हुन्छ " उनी पनी झट गई हाले ।
म निक्कै आतिए । संगै वस्ने भाई , साथिको यो हालत हुदा पनी उनिहरु 'वाल टेंशन 'मा छन र त्यों कुरा को अवगत गराएर यसो गरौ उसो गरौ भन्दा पनी 'जगा जान्छ'को थेगो मलाइनै थोपरी रहन्छं । "मुलाहरू , मुखमा हान्नू जस्तो " अब त म हेरिरहन्छु नि त , गरिरहन्छु नि त 'को भाषामा मैले पुन देवेंद्रलाई हेरिरहे । उनी भखरै सुते जस्तो लाग्यो, हासेर- फलाके झै लाग्थ्यो तर अहिले विभिन्न आकृतिका पत्थर भएर ढलिरहेकाछन । साच्ची म सपनीमा छू की भनी आफैलाई चिमेट्छु, मलाई दुखेको भान हुन्छ , वेसरी आफुलाई आफैले टोक्छु । वेसरी दुख्छ , हेर्दा हेर्दै रगत आइरहेको देख्छु ( ह .... म त होस्मै छू ...... ???)
रगत भन्ने वितिकै १२ वर्षे जन्युदको झ - झल्को आउछ , जेष्ठ १९ को दरवार हत्याकांड सम्झंछु , फोरमले तराईमा YCL का कार्यकर्ता सोतर वनाएको याद आउछ । मेरो मगजले राम्ररी सोच्न छाडे जस्तो हुन थाल्यो । देवेंद्रको अभिभावाकलाई कसरी जानकारी गराउने , के गर्नु , के भयो यो, पत्याउनै गार्ह्रो तर वास्तविक सत्य घटना आफ्नै अगाडी तेर्सिएको छ । बाहिर जान्छु दमकलाई राम्ररी हेर्छु, भंडारी बा को छतबाट तल रोड हेर्यो सवै उस्तै सम्म भूमि लाग्छ एक पाइलामा नै तलामाठी गरौ जस्तो लाग्छ । भित्र गयो उस्तै छ, वाहिर पुन निस्कियो थाहा नै हुदैन, कन्चट तातेको छ, आखा तिरमिरी भा'छ । अहिले भित्र थिए जस्तो लाग्छ कसरी वाहिर आए जस्तो लाग्छ , भित्र बस्दा भर्खरै मात्र छातबाट बहिर हेरिरहेको थिए कसरी कोठा भित्र सुतं आइपुगे , किचेन मा गएर नून, अमिलो, अचार खाइहेर्यो स्वादै छैन , जस्तो भुस खाए जस्तो वेस्वाद्को , बाहिर धारामा पानी चलायो नचिसो, नतातो थाहै नहुने के भो के भो । वेलावेलामा देवेन्द्रमा आखा पुर्यायो उस्तै मुर्दा - पहाड़ छ । नजिकै गएर कुर्सिमा बसेर एकोहोरो हेरी रहन्छु, आखाले चिन्नै सक्दिन, पत्यार नभएर हातले नै पुन हल्लाई हेर्छु , हल्लिन । देवेंद्रलाई छुन्छु र लाग्छ यो 'हेमलेट' को चिहानको उसको ख़पर पो हो की? कतै यो कोठा गोपाल परसाद रिमाल'बा को 'मसान' त हैन ? कतै इराकमा मारेका १२ नेपालीको लाशा त देखेको होंईन मैले । ( आफैमा शंका गर्न मन लाग्छ ) मेरो दिमाग तातेको हो या तराई बगेको वा पहाड़ पग्लेको अथवा देशनै जलेको हो या गर्मीको चर्को घाम संगै टिन तातेर टिनको राप आएको हो, भलै केही चाहि भएकै हो । कतै मेरो दिमाग त खुस्केंन! , के भा'को यो? (चिच्याउन मन लाग्छ, मन उकुस मुकुस भएर आउछ) पागल त भैएन ! वा भांङग लाग्यो । भांङग त मैले एक -पल्ट होली (फागुमा) मात्र खाएको थिए र भांङगले मातेको थीए , अहिले त्यस्तै भैरहेछ तर अहिले त होली या फागुको समय होईन अनि मैले कहिल्यै भांङगको लाडू पनी नलिने वाचा गरेको थिए । के भएर एस्तो भो त । मलाई थाहा छ म १००% सही छू र म जे देखि रहेछु , बुझेको छू त्यों पनी १००% नै सत्य छ तर किन ति भाइहरूले तातो लाएनन त । ( त्यतिकै वस्ने मन भएन केही गर्ने सोचले सबैलाई तल गएर खूब हल्लिखल्ली गरे , गुहार मागे तर Fit & Right पसल चाहि खुल्ले थियो ( जाहा देवेन्द्र काम गर्दथे ))। नजिकै को सैलुनको उमेश ठाकुरलाई वोलाए , उ पनी छक्क मान्दै आयो र सोध्यो के भयो?  
"हेरन्, देबेन्द्र आएर भखरै मात्र के ढल्केका थिए" ( मैले खाट र पल्टेर सुतेको देवेन्द्र लाई देखाउदै भने)
"एकासी जमेर पत्थर झै भए " "उ हेरन् " (मैले हल्का हल्लाउन खोजे झै गरेर भने) उ पनी मंन्द हास्यो र भन्यो -
"अ .... आ ...सर !पनी ...."
"के भो ----- चिनेनौ ? " फेरी मैले भने ।
"किन पत्याएनौ ? "
"हत् तेरी ..... का, को देवेन्द्र ..."जोड़ दिदै भन्यो - "खाट्मा पत्थर राखेर पत्थर भो भन्ने? ठीकै हो "
"के भन्छौ "
"हैंन् तपाई दिउसो सुतनु भा'थियो?"
"हैन ढल्केको चाई थिए ...."
"निंद्रामै हुनुहूँछ की क्याहो सर ? "(उसले मलाई झक्कझकाउला झै गरेर हल्का हल्लाएर - भन्यो)
उमेश पनी त्यतिकै गयो तर मलाई त्यतीले पुगेन सवैलाई भने , कतै फ़ोन गरी हेरे, FM मा, प्रेस मा , प्रहरिमा , र तल गएर कतै न् कतै केही न् केही गरौ न् please help me को अनुरोध गरे । केही ५० % विश्वास गरेहरू त आए र "वकवास ", "वाइयात "आदि ईत्यादी भनेर त्यसै आफ्नै बातो तताए । केही नचले पछि स्वयं प्रहरी चौकीमा गएर वा जा -जा जानकारी गर्नु पर्ने Help माग्नु पर्ने हो त्यहा आफै जाने सोच बनाएर अघि वढे । सबै भन्दा पहिला दमक थाना जाने सोच बनाएर लिंग्देल मार्ग को कुइनेटो काटी पौउदारको साइकल मरमत केन्द्र पार गर्न के लागेको थिए पछाडी कोही मानिसहरूको घाइघुई र हल्ला खल्ला गरेको जस्तो सुने । म ति हल्ला बाट फुत्केका केही शब्दालाई ठम्याउने कोसिस गर्छु र सुन्छु -
"खुस्किएछ"
"हिजो अस्तिसम्म सर! अहिले पागल भए जस्तो छ "
"ढुंगा राखेर - मान्छे भन्छ , देवेन्द्र भन्छ "
"के भएछ "(मलाई भित्र भित्रै जंग चलेर आउछ , मुर्मुरिन मन लाग्छ तर शासै रोकिएको भान हुन्छ - "पागल भएछ" "पागल भएछ" ............ s s s s s s -मलाई भित्रै देखि रुन मन लाग्छ, मलाई वरपर केही थाहा नभए जस्तो भएर आयो । कस्तो संसार त्यों पनी मान्छेको - यहाँ साथिलाई साथी भन्दा , मान्छेलाई मान्छे भन्दा पागल भन्छन, पागल भइन्छ । अकस्मात मलाई कहिले काही FM , Redio मा बजने एउटा गीतको याद आयो ...."आमा, आमा ...अरुहरूले जे सुकै भनुन म वौला होइन , आमा, आमा अरुहरूले........."
अचानक मैले देख्दा एउटा ठुलो पंजाबी ट्रैक ले मलाई अगाडीबाट किच्न लागेको रहेछ , नजिकै आई पुगेको रहेछ , म जोडले काल्लिए , चिच्याए र उफ्रेर बाटो साइटको ढल (पैनी) काटने गरी फाल हाने, ठिक्क ढल काटेर म पल्टे ( लडे) अचेत विहोस भए जस्तो भो आफुलाई सम्हालेर दुबै आखा खोलेर हेर्ने र चेत मा आउने कोशिस गारे ( केहिबेर पछि ) मुटु ढक्क फुलेर आएको रहेछ शरीर भरी पसीना भएको थियो । अझै पनि दिमाग ठीक मा छ जस्तो त लाग्दैन । मेरो यो दुर्घटनामा धेरै मान्छेहरु वरीपरी हेर्न, सहयोग गर्न मलाई घेरेर वसेका होलान भन्ने सोच आयो र ठम्याई हेरे मेरा वरीपरी कोही पनि छैन्न, चकमन्न छ , सुनसान छ ( मनमनै लाग्यो विपदमा सहयोग गर्ने कोही पनि हुदैन्न र छैन्न पनि - नामले , अनुहारले केही हुदैन रहेछ ! हातको छेउमा तौलिया भेटे र त्यही तौलियाले शरीर भरिका पसीनाहरु पुछे । हल्का चिसो सितलको महशुस भयो , कतै म ढलमा त छुइन भनेर वर - पर हेर्ने कोसिस गरे , हावा आइरहेको थियो तर फेनको रहेछ । अच्चम लाग्यो , फेरी छक्क परे, म आफ्नै कोठामा खाट्मै पल्टी रहेको रहेछु , दक्षिण तीर शिरानी लगाएर ढलके जस्तो तरिकामा , अर्को खाट तीर आखा पल्टाए अघि देखेको -जमेर पत्थर झै सुतेको देवेन्द्र त्यही खाटमा लामो घुराइसगै मस्त निदाइरहेको देखेर म मुसुक्क हासे । "के भो , के देखे, किन यो ? "भनेर मनमनै सोचे।
त्यों आफ्नै छेउमा हेरेको त आफु निदाउनु अघिको हेर्दै गरेको पत्रिका 'मूल्यांकन'( फाल्गुन २०६३ , पूर्णांक १४९) आधा पातो देखिएर मेरो दुबै हातको कुइनाले थिचिएको रहेछ । फेनको हावाले फल्याक फल्यक पार्दै पाता पल्ताउन खोज्दै थियो । यसो हेरेको त जहा एउटा कबिता उल्लेख गरिएको थियो :-
"सुस्तारी - सुस्तारी "
प्रिय साथिहरु!
सुस्तारी - सुस्तारी केही पनि हुदैन
खाली मृर्त्यु हुन्छ
सुस्तारी - सुस्तारी केही पनि आउदैन
खाली मृर्त्यु आउछ
सुस्तारी - सुस्तारी केही पनि पाइदैन
खाली मृर्त्यु पाइन्छ
.....................................
सुन,
धोलकको लय मन्द हुदैछ
सुस्तारी - सुस्तारी एउटा क्रन्ति - यात्रा
शव - यात्रामा फेरिदैछ
कुहेगन्ध फैलिदैछ
नक्सामा देशको
र आखामा मायाको सीमान्त
धमिलो - धमिलो हुदैछ
अनि हामी मुसाझै देखिदैछऊ ।

( सवैश्वोर्दयाल सक्सेना 'धीरे धीरे ')
Bednath - 26.12.2063 B.S. (लेखेको टाइम )DAMAK -11, THANA ROAD ( DAY TIME- BAT)- लेखेको ठाऊ

2 comments:

  1. hai bednath ji tapaiko katha maile pade.tapai ko katha ma ma yati dubechhu ki kati kera sakiyo thaha nai bhayana.thanks for that.

    ReplyDelete
  2. this update here are nice love to see more
    https://www.makeoverarena.com/wapdam-music-video-game-movies-www-wapdam-com/

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...