Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

आत्म -गौरवका कुराहरु


  • तिमी सधै यो सोच -यस धर्तिमा मेरो आवश्यकता रहेछ र त भगवानले मेरो जन्म यस धर्तिको -यसै समाजमा गराइदिनु भयो ।
  • .....हेर यो जीवन त्यति सानो र सिमित छैन , जति कुनै वेद, कुरान, कुनै वाइवल, त्रिपिटक वा कुनै पुस्तक रहेको हुन्छ । 
  • अल्छि, लोसे, लोभी र आह्रिसे मानिसलाई देवले मात्र हैन कसैले पनी मन पराउदैनन ।
  • ......विकाश र विचार भन्ने कुरा सरकारद्रारा हैन त्यो त आफैद्रारा मात्र सृर्जीत हुन्छ ।
  • प्रकृती एक महान पुस्तक हो भने समय तथा परिस्थिति त्यसका कुशल शिक्षक र गाइड हुन, जसले मानिसलाई जीवनका हरेक मोडहरुमा कुशल रूपमा पार गर्दै अघि बढ्न मद्दत पुर्याइरहेको हुन्छ ।

Lovely –Festival –Tihar

" चाचा हुई ..... चाचा हुई ...., सरर ..र.........हुइया " । भन भन भाई हो -"देउसुरे", आ है राम्ररी भन - -"देउसुरे", ........आहा कती मज्जाको पर्व तिहार । रंगी चंगी फुलै फूलको -औशिको रातहरुमा दियो र वतिका झिलिमिली- झिलिमिलीहरु र सेल रोटिको.................... झिलिमिली ...सप्तरंगहरुको समायोजनको को -दीदी वहिनिहरुको हातको टिका ... आहा ..! ... मलाई सबै भन्दा मनपर्ने र हिन्दूहरुको महान पर्व लाग्दछ ।

आकाशबाटा- हेर्दा

आहा !.....कती मज्जाको .............हेर्दै आंग नै सीरिंग हुने जस्तो ......वादलुमा लुकेको ...वादलमा उड़ेको ...अनि ...एका देशको कथामा ...जस्तो आकाश मा उड़ेको ।
आकाशमा उड्नुको मज्जा नै अर्कै हुदो रहेछ -वादलहरूलाइ छिचल्दै छिचल्दै -कस्तो मनमोहक द्रिश्यहरु देख्नपाइने -एकोहोरो हेरी रहू

"आत्महत्या"

म हत्यारा हुदैछु
त्यसैले हत्या गर्दैछु ।

आज - एक मानिसको
अनि हत्या हुदैछ
आज -एक प्राणीको ।

यो देशमा चलेको
हत्या, हिंसाको विरुद्रमा

"आज"

(आज)२
आज - त्यही विहानी
त्यही कार्य संगै
त्यस्तै समय विते
त्यसरी नै दिउसो , साझ
र आहिलेको समय पनी !

(दिउसो तीर )२
धेरै धेरै मानिसहरु
धेरै धेरै जुलुसहरू
धेरै धेरै ब्यानरका नाराहरू
"शान्तिपुर्णको विरोध जुलूस "
भनेर कुदिरहे, हिडिरहे
यी नगरिका -ती सडकहरुमा !!

"अघि वढ्नु छ"

उ छ, तिमी छौ
म छु तर आत्मा छैन
सरकार र धेरै वाद्हरू छन-
आचारसंहिता छ, तर शान्तिवार्ता छैन !

छ यहाँ -
अमनचैन -छैन विकास छैन
छैन यहाँ -
जीवनको भरोसा नै छैन
छ त खाली शान्तिको आशा ।

"साच्ची तिमी भगवान"

साच्ची तिमी भगवान, साच्ची तिमी देवता
देवता नै रहेछौ -तिमी संग जे छ
त्यही मात्र दिन सक्छौ ।

- - -त्यसैले:-दु: ख ,देऊ दु : ख
भगवान् -चाहेभन्दा बढी ।

पीडामा पिल्साएर , संकटमा डुबाइदेउ
भोग, रोग र शोकको ओछ्यानलाई
ओढने पनी त्यही - ओढाइलेऊ ।।

दशैंलाई समझदा ....र मेरो दिष्ट्रिमा दशैं

"आयु द्रोणसुते, श्रयिं दशरथे, शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते
विज्ञानं विदुरे भवतु भवतां,कीर्तिश्च नारायणे ।। "

..............................................
अनि ............. हाक्या ताक्या कुराहरु पुराहुन , धेरै पढोस, राम्रो मान्छे , ज्ञानी भएस ..... आदि इत्यादी भन्दा त गमक परेर नाकलाइ फुलाई गम्केर पलेटी कसेर बस्दथे अनि बाबाआमाले निधार भरीको ठुलो टिका लगाइदिनु हुनथियो । साथै हात मा भेटी स्वरुप केराको चाना , फलफूल आदि दिनु हुनथियो किनभने हाम्रोमा छोरा लाई पैसा दीइन थियो र दीदी बहिनी लाईमात्र पैसा दीइन्थियो ।

आफ्नै -लेखाइको सन्दर्भमा वोल्दा..

"" जीवनको साथर्कता खोज्न केही जुझारुक हुने चेष्टा गर्दैछु । त्यसैले त म निरंकुस्हरू प्रति तास्लिमा नसरिनको भाकामा , "धिकार छ तिनिहरुलाई....... " भन्न मन लाग्छ र माक्सले जस्तो अठोट पुर्णको कठोर "जीवन" चुनौती दिदै "चे" झै नौलो शब्द लिएर उदय हुन मन लाग्छ , अब्राहम लिंग्कनको जीवन, कथा जस्तो नभएर टेरेसाको जस्तो रहर बोकी आइस्टाइनको लाठी टेक्दै मेरै सगरमाथा चढ्न मन लाग्छ । यी यसरी नै खोज्दै छू म मेरा सफरहरुमा मदन भन्डारीले भने झै जीवनका लागी "सिदान्त "
Related Posts Plugin for WordPress, Blogger...