Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

एक झलक -SOUQ WAQUIF को

QATAR को मुटु मानिने NATIONAL नेर SOUQ WAQUIF लाई CULTURE OF QATAR भनेर चिन्न सकिन्छ यहाँ QATAR का हरेक Traditional कुराहरु हेर्न र पाउन सकिन्छ । यहाका हरेक साझहरु धपकै बलेका हुन्छन् - विशेष त बिहीबार र शुक्रबार को बेलुका -धमाका नै हुन्छ । एस्तो याद आउछ - कतै म 'माई मेला'(झापा)मा त रमिरहेको त छुइन ? भिड अत्यधिक हुन्छ । बस्ने र छिर्ने ठाउँ नै पाइदैन र Security पनी गजब नै हुन्छ , जसलाई पाए त्यसलाई बिना काम जान दिदैन - ID CARD हेरी चेक गर्छ ।
विगत केही समय देखि यहाँ धेरै होटल र RESTAURANT हरु खोलिएका छन । अहिले आएर GOVERNMENT ले यसको ढाचा र व्यबस्था मा केही चेन्ज गर्दै गैरहेको छ ।



"सबाल हो त -मेरो आँखाको"

सारा संसार रंगिएको
देख्न चाहने यी मेरा आँखा
किन यथार्थतामा फीकापन मात्र भेट्दैछ -आज ।
=============
सारा जीवन सजिएको
हेर्न खोज्ने यी मेरा आँखा

कविता

मैले सोचे कविता
त्यसैले कविता भो ।
मैले लेखे कविता
त्यसैले कविता भो ।

मेरा लेखाईलाई
कविता सम्झे कविता भो ॥
मेरो शब्दलाई -
कविता देखे कविता भो ॥

मैले हाँसे कविता भो
मैले वोले कविता भो
मैले रोए कविता भो
मैले लेख्न खोजे-

मलाई छोड़ी...

(मलाई छोड़ी)२ छोड़ी जाने भए -मेरा साथीहरूले
(तिमी चल्थ्यौ,उनी हास्थिन,नाच्थे म -यात्रा हाम्रो त्यस्तै थियो)२

यो दुई दिनको भेट्लाई आखिर, अतीत मान्नु पर्ने नै भो
आजै त हो नि ! जती रमाइलो गर्नु छ- एकै साथ ।

अबको संसार जगाउनु छ...

एउटा फूल झर्नै लाग्यो अब अर्को फूल फुल्नु छ
एउटा संसार त वित्यो अब अर्को संसार बनाऊनु छ
अबको संसार जगाउनु छ है , नया संसार बनाउनु छ ।

सन्देश -कविताको

(हो म एक पल्ट)२
कष्ट्पनलाई विर्सिएर -
हासेको थिए, कलम चलाई
नाचेको पनी थिए ।
साहित्यमा म जागेको थिए,
अनि सृजनामा बाचेको थिए ।

जिउन नै कठिन भो ...

यो जिन्दगी साह्रो भो ,भुझ्न नै गाह्रो भो
जिउन झनै कठिन भो ,सोच्न धेरै सजिलो हुने
परिकल्पना मिठो भो तर जिउन नै कठिन भो ।


सपना त धेरै हुने विपना एकै भो ,
चाहिएको एक थोक रहेछ , रोजाई धेरै भो ।
यात्रा नै गर्नु पर्ने ,कठिन संघर्ष भो -

ओ काली मोरी ...........

(मस)२ मस्केर बसिदिदा, खुसी'हुन्छ -यो मन,
(पुलु)२ गम्केर हेरिदिदा, ल'जाउछ -यो मन ---


सारा खुसी मैले दिए भने ,
सारा दू:ख तिम्ले दियौ भने ,
विछोडको घड़ी पछि - (याद आउछ -धेरै अहिले)२
धेरै माया गर्थ्यौ पैले , पीडा हुन्छ किन अहिले
सारा हा - हा'हासो बिर्स मैले ...

"वर्तमानमा मेरो देश ..."

गोधुली साँझ देखि कुरी वसे
मिर्मिरे उशालाई हेर्नु भनेर ,
जीवनको अध्ययन गरिरहे
स्वयं आफुलाई बुझ्नु भनेर ,तर
गोधुली साँझ त आयो
मिर्मिरे उषा आएन
जीवनको अध्ययन त भयो
स्वयं आफु नै रहिएन ।

Related Posts Plugin for WordPress, Blogger...