Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

आफ्नै प्रतिबिम्बका कुराहरु -भाग ३

शब्द्हरुको झटारो कती हानौ म , कती किबोअर्डमा औलाहरुद्रारा यी पानाहरुमा सारा रिस र असन्तुस्तिहरु पोखौ , किन सुनाउने यी पेजहरुलाई - केही मतलब छैन । उसै त प्रत्येक पन्नाहरुलाई भारी पत्थरहरूले थिचेर राखेको जस्तो छ अनि त्यहा भित्रको विचारहरु सब अचार भै'राछन । हिम्मत छैन कसैको चट्टानलाई फोरेर पत्र पत्र पल्टाउने, अनि किन लेखौ , अनि किन भनौ ?
मलाई लाग्छ एड्गरको कलमले आकृतिहरू दिन छाडे, सेक्सपियरका किताबहरू भट्याउन नसक्ने भै'सके । अल्फेड नोवलका वधाई-पुरस्कार धेरै भारी भए -दबाएर राख्ने खालको , आइस्टाइनको मगजलाई बुस - लादेनले खेलाउन थाल्दा वोलिभियाको जंगलमा चे ज्वाभारा हराए जस्तै म हराए आफ्नै देशमा ।

होम साइडको मज्जित - भ्रमण

आज शुक्रबारको दिन डुल्ने क्रममा - म यस भन्दा अघि नगएको ठाउॅ 'होम साइड' गए (साथिहरु संग) र मलाई त्यहाको सुन्दरता चुम्ने सौभाग्य मिल्यो । बनाओटी यहाका हरेक मनमोहक दिर्श्यहरु -प्राकृतिक झै लाग्छन । जसलाई मैले तपाईहरु समक्ष शेयर गर्ने जमर्को गरेको छू ।

वातै वातको घात पाए

अवसर र मौकाको वास माग्दा
आश्वासन र सहानुभुतिको साथ पाए
म पनी त केही गर्छु भन्दा
वातै वातको घात पाए !!!

विजयको उत्सव रे !

"न्यूज पेपरमा -मेरो संसारको नियति"

.............. '८२ बर्षका वृद्रले १५ बर्षे कन्यालाइ कन्यादान माग्न जादा -जुताको माला', 'बाकी 9 सन्तानलाई पाल्न को लागी एकको बिक्री र उनका बाबु पम्पप्लेट सहित रोडमा -"बिक्रिमा" लिएर ग्राहकको प्रतिक्षामा । 'तमासा -बादरहरुको ', 'मान्छेको -खेती' आदि इत्यादि के के हो के के ssssssssssssssss यस्तै अनौठा संसारको समाचार खोजिको भोको -म ,पेपरहरु हेर्दा मैले यस्तै भेटे ।
(सानो भूमिका - मैले 'झोला कथा संग्रह' मा एउटा कथा पढेको थिए 'सति प्रथा'को बारेमा कती काहाली लाग्दो थियो तर अहिले त्यो प्रथा त समाप्त त भयो तर त्यस्तै कथाहरु अझै पनी यो समाजको कुनै कुनै कुनामा लुकेर बसेको छ , यि यसरी :- .....)
आजको न्यूज पेपरमा अर्को नया हेड लाइन .....
"बुर्का लगाऊ , श्रृंगार नगर नत्र ".........,

"मेरो एक - सोचाई"


भगवानले !
समस्या सावधानको निम्ति

आफ्नै प्रतिबिम्बका कुराहरु -भाग २

साची नै जीवनका हरपलका घटना र अनुभवहरुलाई डायरिका (Blog का ) पानाहरुमा संगालेर राख्न नसकिदो रहेछ । यदि सम्भव हुने भए म त्यस्ता क्षणका कयौ पलहरुलाई संगालेर सजाउने थिए - यी पेजहरुमा ...यसरी नै , । साच्चै नै जीवनको यात्रा यस्तरी अनवरत रुपमा चल्दो रहेछ , यसलाई कुनै पनी एसिलेटर दबाउदा पनी रोक्न सकिन्न रहेछ- यो आउछ, अनि जान्छ ।
यहाँ जिउनु पर्ने नै इच्छा विपरीत रहेछ, आफ्नो खुसीले केही पनी गर्न पाइदैन सबै वाध्यता परिस्थिति

माया हौ-मेरो- 'तिमी'

सपनामा म देख्छु, तिमीसँग बसेको
याद भई आइदिन्छ, तिमीसँग भुलेको
कहाको माया - म छू यहाँ ।
~
======================
वदलियो मौसम -भन्दैछु म त्यहा
रहर थिएन मेरो तिमीसँग टाढा हुने
तिमीसँगको माया मेरो -मुटुमा बिझ्ने काडा भो ।

आफ्नै प्रतिबिम्बका कुराहरु -भाग १

शब्द समयका पुकारले कुम्ल्याएका कञ्चन सन्दर्भ र त्यसमा लीन हुन पुगेका आसयहरूका उत्कांठा अन्गालेको स्वछन्दता ..................... सब प्रकृतिको मनमोहक तथा स्वत भै रहने प्रवृतिहरु हुन , नयन देखि क्षितिजका प्रसाद झै मिठो र अप्रत्यारिलो संसारको रितलाई कहा तक्मा लगाई अड्याएर राख्न सकिदो रहेछ र ! सामिप्यमा रहेको पिडाहरुलाई अञ्जुली भरीको ममता र सम्झनाहरुले विलय गराउने चेष्टा गर्दा झन व्यथा बनी बल्झिदिदो रहेछ ।
.......दिनप्रति दिनका रौनकहरु ढलपल ढलपल गर्दै

'हो त्यही समय आएको छ '

यहाँ हरेक -
क्युवालाई वोलिभिया बनाइन्छ !
तास्लिमा नसरीन -
'लज्जा' संगै विवादमा पारिन्छ

============
लेख लेखेकै भरमा
पुस्तक पढेकै भरमा
कृति प्रकाशन गरेकै भरमा
भेल ल्याइन्छ जेलको
अस्तित्व मेट्न -आदर्शताको

Related Posts Plugin for WordPress, Blogger...