Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

Happy New Year 2010

आजको यो पोस्ट मा फेस बुकका मित्रहरुले नव बर्षको शुभकामना संगै पठाउनु भएको पोस्ट कार्डहरुलाई पोस्ट गरेको छु |
new year new year2
एक अक्षर को ‘म ‘
दुई अक्षर भएको ‘मित्र’ को लागि
तिन अक्षरको ‘उमंग’ संगै
चार अक्षर को ‘उपहार’ लिइ
नव वर्ष २०१० को उपलक्ष्यमा
पाच अक्षरको ‘शुभकामना’ व्यक्त गर्दछु |

Public Garden मा बनभोज

गएको शुक्रबार (25 December,2009) का दिन म एउटा बनभोज कार्यक्राममा सहभागी भएको थिए । अल्खोरको पब्लिक गाडेनमा भएको उक्त कार्यक्रमको आयोजना Unity life insurance  ले गरेको थियो । यसरी परदेशी भूमिमा आफ्नै ठाउमा जसरी यत्रो ठुलो जमात भै एकै साथ बनभोजमा रमाउन पाउदा उपस्थित नेपालीहरु निकै खुसी र आनन्दित देखिन्थे |
bednath.blogspot
( गाडेन अघि पुगे पछि - लिएको पोज । )

उपदेश

आटनु, गर्नु , पछि नपर्नु'रे !
अल्छी , दोधारे , धूर्त नबन्नु'रे !

गल्ती, भूल - अपराध गरे'नि !
देश डुबाउने नेता नबन्नु'रे !!

खेदनु , खेदाउनु नभेटनु'रे !
कुटनु, हिर्काउनु - नमार्नु' रे !!

अनन्त अनन्त सम्म !!




भो अब मलाई नचलाऊ !

तिम्रो धम्किहरुमा अब चेपिएर बस्ने छुइन ।
भनिन्छ मरेको लाश लाइ चलायो भने
प्रतिक्रया दिन्छ रे - हल्लिएरै भए पनी !!

म त एउटा जीवित मानब हु ।
चुप चाप लागेर सधै - रमिता हेर्ने
पिल्सिएरै जीवन उत्सर्ग गर्ने
नेपाली होइन - म !!
------
-----------------
------
धेरै कथाहरु संगै
धेरै सपनाहरु साचेको छू ।

म मरेको देशमा !



देवनागरिक लिपिको व्यंजन वर्ण अन्तर्गत पर्ने 'शब्द एक सर्वनाम पनी होजसले जो कोहिलाई पनी प्रतिनिधित्व गर्न सक्छ - आफु स्वयं लाइ पनी !  हो मानिसलाई समयपरिस्थितिअवस्था र उमेरले सोच्न वाध्य तुल्याउदो रहेछ की उ स्वयं कोकेका र कस्को लागी र स्वयं आफ्नो भुतवर्तमान तथा भाविश्यको बारेमा अनि मानव समुदायमा आफ्नो उपस्थिति नहुदाको अवस्थाअर्थात म (आफु) नभएको यानी म मरेको देश अथवा म हराएको या म विनाको संसार कस्तो हुन्छ होला भनी !!!
त्यस्तै कुराहरु आज म निकै सोची रा'छू - कही कतै बाटामा हिड्दा कुनै सवारी साधानले कतै
किच्नेजुध्ने पल्टने त होइन !खोलामा पस्दा बगाउने डुविने त होइन !! सुत्दा पनी सुत्या सुत्यै त हुने होइन !!! हुदा हुदा सानो तीनो विराम पर्दा पनी म त्यस्तै शकै शंकामा सोच्न वाध्य हुन्छु कतै विति पो हाल्ने हु की ?भनेर, (भन्न त म साथिभाईहरु बिच त्यस्तो सानो तिना कुराहरुमा डराई हाल्ने मान्छे काहा हु र भन्ने गर्छु !र हतपत डराई हाल्ने चान्चुने मान्छे पनि म काहा हु र तर कहा बाट यो कुरा सोच्न आउछ कुनि ?रातमा एक्लै हिड्दा भूतप्रेतले समाउने हो वा कसैले ........कतैडंकिनी पो लाग्ने हो की?, कतै बाहिर समाजमा घटेको घटनामा परे जस्तै मलाई पनी कुनै पक्षकोलेकुनै बाद को ले ...... वा कुनै कारण ले कथम कदाचित 'वित्या वित्यै भए भने भन्ने कुरा बाट म डराई रहेको हुन्छु ।

एक्लै घरमा बस्दा ,अनि घनघोर जंगलमा त्यस्तै शान्त ठाउमा गए भने झनै डराउछू अनि कोलाहालपूर्ण भिडमा गए भने अझ बढी डराउछू - किनकी भिडभाडमा त झनै विश्वास हुदैन । तर मलाई थाहा छ म विनाको संसार पनी हुन्छ भनेर तैपनी म यो सोचिराख्या हुन्छु -"मेरो सवारी विनाको संसार कस्तो होला म विस्थापन हुनु परेको परिस्थिति अनि परिवार समाज राष्ट्र तथा साथिसंगी आफन्त र पराइको विचमा मेरो अवस्थाको दृश्य परिदृश्य र उनिहरुको मनोभावना कस्तो होला ?" भनेर ।
"........कारणले म-र्यो । ह्त्या भयो रे ! वा विधिको विधान अनुसार परलोक गयो ! हे भगवान वरु मलाई ... ! ठीक पर्यो साला ! किन मेरो भाग खोस्यौ ?, बल्ल आरामको दिन आउने भो ! विचारा !!! मर्ने वेलामा के के भन्दै थियो रे !कुकुर विराला झै भएर मरेछ । ..... स्वर्गवास भएछ नि !मेरो बाबू मेरो राजा ! मलाई छाडी कहा गयौ ?, उ त मर्यो झण्डै म पनी मरेको यार बल्ल हाम्रो योजना सफल भो - ठिक्क पर्यो अरुलाई दू:ख दिनेको आयु कहा लामो हुन्छ र ?, समाजले आज अपुरणीय क्षति भोग्नु परेको छ । उसको काम अब कस्ले सम्हालने ?, बिजोगले मरेछ नि !आज म पाटी दिन्छु ...... मरेको मा राम राम के सुन्नु पर्यो नि !उ विना म .... सक्दिन !!अब मात्र आनन्दले श्वाश फेर्न पाउने भए ...पत्याउनै साह्रो ... आदि आदि ।"
.... हो यस्तै यस्तै हुन्छ होला मैले श्वासप्रश्वास प्रक्रिया लाइ प्रक्षेपण गरेको पहिला दिन अनि भावुकनतमस्तक र गौण तथा स्तब्ध हुन्छन् होला मलाई र मेरो व्यवहारलाई परम ठान्नेहरू अनि मेरो प्रगतिको कामना गर्नेहरु तर मेरो अवउन्नतिमा हास्ने अनि उन्नतिमा रुनेहरूमलाई शत्रु सम्झने तथा मेरो वानी विचार र आचरण प्रति घिर्णा एवं तिरस्कार पस्कनेहरू फेरी एक पटक हास्ने छनरमाउने छन र मख भएर दंग पर्ने छन ।
मेरो आगमन नहुनु वा बादल पारी विलय हुनु जून तोड तरिका भए पनी मेरो शव भूगर्भ भित्र या त कुनै अनकंटार झाडीजंगल वा फोहरकै डगुरमा प्रवेश पाई भुस्या कुकूरको जस्तो स्थिति सामना गर्नु पर्ने हो की?, वा त्यसो नभए कुनै अग्नि सँग संघषरत भएर मेरो देह खरानिमा परिणत हुने हो । तो पनी कुनै धार्मिक विधि वा कुनै किरा फटयांग्रा जस्तो फाल्या फाल्यै जस्तो गरेर हो की कसिंगार बढालेर फोहरको कुनिऊ मा थुपार्ने विधि आदि जून सुकै विधि प्रविधिले - अवस्था र उपलब्ध सामग्री हेरी हुन्छ होला !!! यस्तो दृश्य देखन भ्याएका अशक्त शरीर भएका र बुदी बंगरा खुस्किसकेका वृद झस्केलान खाऊ खाऊ र लाऊ लाऊ भन्ने युवाहरु शंका गर्लान अनि अवोध वालकहरुको मनमा कौतूहलता तथा जिज्ञासा को प्रश्नै प्रश्न भरिन्छ होला 
- 'वोल्दा वोल्दै र देख्दा देख्दैको मान्छे आज किन छैनअनि किन वोल्दैन र देखिदैन कहा गा'को हो र के भएको होला ? ' भनेर । कुनै पनि नावालकले भन्ने छ । 'कसैले बोकेर पर लगे', 'सुत्नु भएको थियो', अरु त्यस्तै के बुझछन त्यही कोमलमय तोते वोलिमा - अंकलड्याडीमामाआन्टी .... यात कुनै नाम .....,.. भनेर पुकार्ने'छ । यदि कसैले धेरै सोधेमा प्रतिउतरमा -'मर्नु भयो भनन भनेर कसैले भनेमा , 'मर्नु भ... यो ...हा...हि ..हि ... जस्ता वाक्य निस्कन्छ होला !
हिजोको समय पुरानो अनि आजको समय अनौठो नया तथा भोलिको समय अदभुत हुने'छ । जस्तै मानिसले पुरानो कपडालाई बिसर्न्छ अरुको त् के कुरा आफु स्वयमले लगाएको कपडाको रुपरंग नयामा मात्र सम्झंनछन  र अन्तत भुल्ने  नै छन तर केहि दिन सम्म त् यस्तो थियो र रंग पनि राम्रै वा नराम्रो लाग्थ्यो भन्ने चाहि लाग्न सक्छा । जिन्दगि दर्पण छाया हो जुन हेरुन जेलको लागि मात्रा सम्झना हुन्छ र त्यस्तै म यस जीवलोक बाट  अस्ताउने छू  र यस भू-मण्डले विर्सने'छ । अरुको त् के कुरा आफ्नै सामिप्यमा रहेका मान्छेले पनि भुल्ने छन् । यदी मैले लोक हित या मैले गरेको कार्य कसैको निम्ति रत्न ठहरिएमा वा धन्यवादको पात्र भएमा अरु वेला नभए पनि मेरो आदर्शलाई बुझी नबुझी भए पनि जन्म जयन्तीमा या त अन्त्येस्ठीको   कुनै पनि बार्षिक उत्सब मा   सम्झंनछन होला अथवा मेरो जस्तो रुपवानी व्यवहार आचरण स्वरूप आदि कुनै पनि चिजवस्तुलवाई खवाई  तथा चालचलनहरुमा एकरुपता देखिएमा / भेटिएमा वा मैले गराएको घटना जस्तो भएमा , ' ... फलाना जस्तो रहेछ वा ...फलानाको जस्तो भयो', भनेर कहिले काही झुक्किएर / झस्केर सम्झनछन होला ! तर यस्तो प्रक्रिया कतिन जेल रहला र मानिस मात्र होइन समय नै परिवर्तनशील छ । यदि मैले गरेको काम सम्झिनको लागि राम्रो भएमा केहि लामो समय सम्म हृदयमा बास वस्न सकिएला तर नराम्रो भएमा केहि छोटो समयमा नै उनीहरुको हृदय बाट प्रस्थान भइन्छ होला ! त्यो जो होस् ढिलो  चाडो यो संसार बाट हराउने' अपरिचित हुन्छ चाहे त्यो जो सुकै को हृदय (मन) बाट किन नहोस ।
मेरो जस्तै अरु को पनी मानवीय आचरण मा सम्झनु विर्सनु स्वाभाविक विशेषता नै हो जुन मलाइ देख्ने र चिन्नेमा पनि यो गुण उ आफैमा स्वयसीद्र   भैदिन्छ होला तर त्यसमा पनि अति द्रुत गतिमा चलिरहेको पाइन्छ - समय । हो यस्तै हुदो हो म नभएको वा म हराएको संसारमा म मरेको देशमा । मेरो विर्सना संगै ढल्पल ढल्पल गर्दै अस्ताउन लागेको सुर्य झैँ मेरो इच्छा चाहाना तथा रहरहरु अनि कल्पना र सपनाहरु ओइलेको फुलसरी झरेर भूमिमा आफ्नो अस्तित्व मेटाउन पुग्ने'छ ।
============
यो मेरो त्यो तेरो
नराम्रो अरुको राम्रो आफ्नो !
सम्झन्छु अहिले म
तर त्यस्तो हुदैन -
मेरो सबै राम्रो हुदैन ।
जसको निम्ति मरिमेट्छु
ति वस्तु सधै आफ्नो हुदैन ।
किन म यस्तो गर्छु
जसले मलाइ खोज्दैन
म हराएको संसारमा ।
विर्सन सक्दिन किन ?
मलाइ सम्झन नसक्ने वस्तुलाई !
त्यसले मेरो आवश्यकता -महशुस गर्दैन !!
म मरेको देशमा !!!
------------------------------------------
यसरि नै मैले लगाएका लुगाहरुप्रयोगमा ल्याइएका सर - सामान (किताव - कलम आदि ) मैले देखेको भूमण्डल तथा मेरो आत्मियताहरु म देखि विरानो हुनेछ या त ति सामानहरु म देखि ! घरि यस्तो पनि सोच्छु कि - म मरेको देशमा म हराएको संसारमा मलाई सबैले बिर्सनछन होला तर मेरो विचारलाइ आचरणलाइ भने कसैले विर्सने छैनन् वरु निरन्तरता भने अवश्य दिन्छन ... चाहे त्यो राम्रो होस् वा नराम्रो आदत नै किन नहोस ! यस्तै यस्तै के के हुन्छ होला  - म मरेको देशमा भनेर सोच आउछ र यस ठाउमा हिजो कोही थियो आज म छू भोली अरु कोही अरु नै हुने'छ भनेर चित बुझाउदैछु !
एक बार को जुनिमा .... !!! 

केही उपद्देश्हरू - डायरीको पानाबाट

१ ) तिम्रो के गयो ? जसको निम्ति तिमी रुन्छौ । तिमीले के ल्याएका थियौ ? जून तिमीले गुमायौ । तिमीले के बनाएका थियौ ? जून नाश भयो । न त तिमीले केही लिएर नै आयौ । जे लियौ यही बाट नै लियौ । जे दियौ यही नै दियौ । जे लियौ भगवान लाइ नै दियौ । खाली हात आयौ खाली हात जाने छौ । जे आज तिम्रो छ त्यो हिजो कसैको थियो , भोली कसैको हुनेछ । तिमी यसलाई आफ्नो सम्झेर खुसी हुन्छौ । त्यही तिम्रो दू:खको कारण हो ।
२ ) परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही त जीवन हो ।

यस्तै रहेछ जिन्दगी !!!

मलाई लेख्न आएन
-साहित्य !
के पो लेखिरहनु !
फुराउनै आएन - शब्दहरु
कुन कन्दराबाट खोजी ल्याउने !
अस्थिर रहेको मनले

मेरो ब्लग यात्रा - बर्ष दिनको

भनिन्छ 'खाली दिमाग सैतानको बास' रे त्यस्तै भै रहेछ आज मलाई । खुट्टाको अर्प्रेसन गरेकाले रेस्टमा बसिरहेछु । आज ३ दिन भै सक्यो एक्लै रूममा बसेको निकै दिक्दार लाग्दो र अल्छि लाग्दो महसूस गरिरहे अनि मनमा हरेक किसिमका कुराहरु खेलाएर बस्नु सिवाय केही रहेन। नेट मात्र कति चलाएर बस्ने, अनि कति बेर फिलिम हेर्ने खाली रहेको मेरो मगजमा बिगत निकै सल्बलाइरह्र्यो ... र यही विगत र समझना लेख्न बसे ... यो ब्लगमा । मन धेरै खेलेको हुनाले केही कुरा पनी टुंगोको लेख्न सकिरा'छुइन र जेपाए त्यही लेख्दै बसे ।

समुन्द्रमा पौडिखेल्दा

दुई हातले नाक मुख थुनेर डुबेका साथी केहिबेर पछि निस्कादा आफ्नो अनुहारको आकृति पुरै पुरानो कुच्चिएको भाडो जस्तो बिगारेर निस्केको देख्दा ,मलाइ पूरा दया लागेर आयो र सोधे : "किन ? के भो र ? "
"हत् तेरी !! कस्तो , सबै नुनै नून रहेछ । "
"चर्को न चर्को "
"ए हो र ? " मैले थाहै नभए जस्तो गरेर भने ।
"हो ..हो .... , हो रहेछ ...." सबै साथीहरूले जोड दिदै भन्दै'थे ।
हुन त हामी कुनै भोज भतेरमा सरिक भएका भने थीइनम तर पनी कुरो भने 'चर्को र नुनिलो'को चल्दै थियो । कुरो थियो Arabic Ocean मा पौडी खेल्दा को हो 17 july 2009 को बिहान कतार को डफ्ना नेर , सबै साथिहरु मिली छुट्टी मनाउन गएका थियौ । जून दोहा देखि सबै भन्दा नजिकको Swimming Place पनी हो ।

देशको ब्यथाले - दुखेको मन

बेदनाथ पुलामी ( उमेश ) 
भन्न मन लाग्छ भने भन मलाई
स्वदेश निन्दक वा घृणा चिन्तक
तर यो देश तिम्रो जती कै मेरो पनी देश हो
अंश बण्डा गर्ने हो भने पनी
यो देशको एक करोड टुक्राहरु मध्ये
एउटा टुक्रा माथी मेरो पनी छाप्रो हुने'
र त्यो देशका असंख्य बगरहरू मध्ये
एउटा बगरमाथि मेरो पनी चिता हुने छ । " (भूपी शेरचन )

केही हाइकुहरू

१)
मिठो सपना
यो उजाड जिन्दगी
पर्देशी पीडा ।
२)
फोहरी खेल
नेपाली राजनीति
तातो न छाह्रो ।

अल्खोरको केही झलकहरु

विगत केही समय देखि मेरो ब्लग लेखनले अलिक सुस्त गति लिरहेछ र मित्रहरुको घर आगन तिर डुल्न फुर्सदिलो भएर भ्याइ रा'छुइन , केही लेखेर पोस्ट गर्ने विचार पनी नभएको होइन तर 'खोई के खोई के' भने जस्तो भईरह्यो । आज निकै दिन पछि ... ब्लगमा चारो हाल्दैछु र .... दिलीप जी ले सोध्नु भा'रहेछ "कता हराउनु भो'भनेर ?" ...त्यसैले नहारएको जनाउन पनी यो टांसो टास्दैछु ।
२६ जून २००९ , हामी केही साथिहरु मिलेर उम सलाल बाट अल्खोर गएका थियौ , जून दोहा बाट करीब ५० / ५५ KM को दुरिमा रहेको छ , यो कतारको दोहा पछिको दोस्रो ठुलो शहरको हो । अल्खोरको र त्यहाको कर्नेस एरियामा रहेका मनमोहक दृश्यहरुले हामीलाई गर्मी र त्यतिवेलाको तातोपनलाइ निकै कम महसूस गराएको थियो ।

बढ्दो गर्मी, कतार र म

आज रूम आउने वितिकै सधा झै त्यही थोत्रो ल्याप टप खोलेर उसै सँग जिस्कन थाले - यो एउटा दिनचर्या भनौ वा ड्यूटी झै भएको छ तर आज कम्पुटर चलाउने अलिक मुड थिएन (लेख्न चाहि - कसिएर बसे ) । ध्यान चाहि नजिकै को टिभीमा आइ रहेको James Blunt को "Goddbye my lover, Godbye my friends .... " मा गई रहेको थियो , हुन त मलाई यस्ता खालका गीतहरु औधी मन पर्छ । जस्तै पुरानो भए पनी Taitanic को "Every night in my dreams I see you, I feel you ....... " , Akon को "Nobody wanna see us together ......" र Rihana को "Don't stop the music ...." पनी मन पर्छ तर इंग्लिश गीत को पारखी भने हुईन । इंग्लिश भन्दा त हिन्दी नै बढी सुन्छु तर त्यो भन्दा नेपाली अनलाइन रेडियोहरु नै बढी सुन्ने गर्छु र आनन्द पनी लाग्छ ,

समाल र कतारको सब्जी खेती यात्रा

घूम फिर गर्ने सिलसिला र कतारलाइ नजिक बाट नियाल्ने रहरमा म हरेक शुक्रबार ( बिदाको दिन ) घूम फिर गर्न कतै जाने ( सधै नभए पनी - प्राय: ) गर्दछु , त्यही क्रममा गत साता म केही मित्रहरु सँग Al Mansoor Garden – No. 5 गएको थिए । १५ May का विहान दोहा बाट करीब ७० km टाढा रहेको उक्त गन्तब्य पहिलाउन गाडीको १०० स्पीडमा हामी हाम्रो गन्तव्य तीर ( गुरु - नरेन्द्र गुरुङ्ग - धनकुट्टा, द्रोण बस्नेत -गुल्मी , विकाश श्रेष्ठ -पोखरा, ओम बोगटी -झापा र म ) हुइकिम ।
तर हामी बाटो बिराएर कतारको बोडर लाइन ( बहराइन र इरान को) समालको समुन्द्रिक किनारमा पुगिम - जून दोहा बाट करीब ११० km जती टाढा रहेको छ । तर मलाइ त कुनै आपति भएन किन भने अझ अर्को नया ठाउ हेर्न र घुम्न पाइने भो भनेर रमाइलो माने र हत -पत गाडी बाट झरेर २ / ४ फोटो लीन सुरु

२०६५ लाइ - संक्षेपमा हेर्दा

नया वर्षको पहिलो पोस्ट के लेख्ने भनेर विषय वस्तुको खोजी गर्दा , यसो सोचे कति कविताहरुमात्रै टासौ भन्ने लाग्यो त्यसैले पुरानै कुराहरु लेख्ने जमर्को गरे :-
राजनैतिक रूपमा निकै तनाबपूर्ण रहेर बितेको छ गएको २०६५ साल तर एतिहासिक रूपले समझन योग्य भएको छ र अहिले निकै हौसला तथा उमंग दिलाएर छपकै छोपी सकेको छ नया बर्ष २०६६ ले ।

विबश

म हिडन चाहन्न
जब गन्तव्य नै पुगिदैन भने
भन्न चाहन्न - म
सुनिदिने जब छैनन कोही भने
म प्रगति नै किन रोजौ
जसको मतलब नै रहन्न भने
हार्नु बरु उतम होला
अरु कसैलाई
जित को खुसी मिल्छ भने

जन आवाज

परिवर्तन
सामाजिक संरचना
सास्कृतिक संकारहरु
अनि यो - समाजका
मानिशहरुको
अरु प्रति हेर्ने

दृष्टिकोणहरुमा -खाचो छ ।
नितिहरुमा सुधार हैन
व्याहबारिक सुधार
चाहिएको छ ।

सम्झना - देश र माया को

बिर्सेको छैन- हामी, संकृति अझै पनी
नशा नशामा पुर्खाको रगत , बग्द'छ अझै पनी
सिरमा टोपी नहोला -हाम्रो , दौवरा सुरुवाल नहोला
तर छाती भरी, माया छ - आफ्नै जाती प्रति ।

देउराली पाखा भिरालो कसरी बिर्सौला
यहि माटोमा जन्मेको , यसैमा मिलौउला
नौलो छ शैली - हाम्रो , नौलो छ -हाम्रो यो भेष ।
बिर्सेको छैनौ तर पहाड़ झरना खोलाको देश
,
दम्फु र मादल नहोला हाम्रो , सारंगी नहोला
तर मुटु भरी माया छ यहाकै संगित प्रति ।
मारुग सेलो जुहारी -धेरै हाम्रो हो, जे भने नि लोक भाका साह्रै नै राम्रो हो ।

जीवन उपयोगी कुराहरु

  • मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
  • मानिशमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
  • यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
  • यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
  • हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
  • सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।

नेपाली हु - म



राष्ट्र
राष्ट्रियताको संरक्षणमा
शत्रुता
वैमनुश्यतालाइ सधै
कुल्चिरहने'छू ।
मेरो साथै
तिम्रो अस्तित्व
पहिचान गराउने रहरमा

बेरोजगार


जब म
गल्ली गल्ली , ढोका ढोका
ठाउॅ ठाउॅ र गाउ गाउ
थोत्रो मोत्रो झोला बोकी
हिडन थाल्छु -मगन्ते बनी

मेरो देश र माया को लागी

video
साहित्य र संगीत एकै सिक्काको दुई पाटो मानिन्छ त्यसैले अब देखि म मेरो मन छूने खालका गीतहरु पनी मित्रहरुलाई देखाउदै जाने छू ।

ज्ञानका दश मोतिहरू

१ जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम

२ पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध

३ खानको लागी केही चीज छ भने त्यो हो - दू:ख ।

४ दिनको लागी केही चीज छ भने त्यो हो - दान

परिस्थिति

हिजोको
बिहानी थियो एउटा !
अर्को
आजको सुन्दर लाली छ !
तर
मानवीय संघारमा
अल्झे जस्तो

ह्यापी भ्यालेन्टाइन डे

आज पुरै दिनहरू
आज पुरै रहरहरु
कता कता
कस्तो कस्तो को भान भैरहे
आज पुरै दिनहरु
आज पुरै भावनाहरू
सेन्टभ्यालेन्टाइनको सम्झाना वनी
ह्यापी भ्यालेन्टाइन डे भैरहे

निश्चल मन

अरुलाई दोष दिइ , आफु हुने बोस

शोषण र अराजकतामा रम्ने नगर सोख !

########################

वेला न कुवेलामा उड़्ला है होस

वरु देश बनाउने - निकाल्नु पर्छ जोस !

आफ्नै प्रतिबिम्बका कुराहरु -भाग 4

म चाहन्थे जिवनमा स्वाभलम्बि वनौ अनि आफुसंगै देश, समाज , र जिवनलाइ नै उत्सर्गमा पु-याउन सकौ । मैले आफ्नो जीवनमा कहिल्यै पनी यस्तो ,उस्तो बन्छु भनेर लागी परिन । मेरो एउटै उद्देश्य थियो -आत्मनिर्भर हौ । हातमा केही सिप भरौ अनि समाज ,देश विकाशमा मेरो पनी केही हिस्सा रहोस ! तर आज मलाई नै थाहा छैन - केही शिप सहित स्वरोजगारको अभावमा विदेशिएको छू , त्यसले गर्दा - मेरो समाज, देशको खातिर मैले कति गरे मलाई नै थाहा छैन , किन ? के का लागी ? विदेशिए त्यों पनी थाहा छैन । मलाई कुनै पनी कुरामा अपशोच ! मान्नु छैन । सायद !

जित सबको

न त रोकिन्छ आवाज , देशका निम्ति बोल्दिदा वोली
न त सिद्दिन्छ रगत शरिरको , स्वतन्त्रतामा चढ्दा वली ।
=======================
गर्वले फुल्नु छ सुगन्धित भइ, आमाको सन्तान हु भनी
कहिल्यै झुक्न नदिऔँ शिर बाबाको, कारण आफ्नै वनी ।

मातिएको मान्छे

मान्छे
मान्छेहरुको आयु हैन
मान्छेहरुको मूल्य घटिरहेको बेला
मान्छे
मान्छेहरु - मान्छेहरुको भिडहरुमा हराएको बेला
घटनाहरु घट्दैछ हैन
तमासाहरू बढीरहेछ ।

अपूरो जीवन


फूल त्यहा फूलेको हुदैन रहेछ

जहा वासना नै आएको हुदैन भने ।

माया त्यहा लागेको हुदैन रहेछ

जहा पिरती नै साटासाट भएको हुदैन भने । ।

===========

मन मेरो बसेको थियो

उसले याद गर्दिदा खेरी ।

दैब नै साहारा थियो

उ मेरा निम्ति बाच्दिदा खेरी । ।

==============

भाव विहुल भए'थे

आज मेरो देशमा - एकताको खाचो छ

यहाँ हाम्रो कसैले
वुद्रत्व खोस्न खोज्दै'छ
झुट्टो प्रचारबाजी गरेर
जसले केही समय पहिले
कञ्चनजंघा पनी मेरो हो भने'थ्यो
त्यती मात्र हैन
यो प्रश्न पनी पस्केथ्यो
नेपाली ठ्याक्कै हामी जस्तै
त्यसैले नेपाल पनी हाम्रै हो , हैन?

आफ्नो पहिलो कदम

कलम - जब मैले समाउने कोसिस गरे
अनि पुस्तका पाना पल्टाउने प्रयत्न गरे
हो त्यो बेला , एउटा तरंग फैलियो
मेरो मानस पटलमा -
उत्साह, चाहना र रहरको ।

'Vilaaggio' को यात्रा

केही समय यता - फुर्सद र छुट्टिका दिनहरु 'धुमधामको घूमघाम' भएर नै वितिरहेका छन । कहिले कुनै साथी घर (नेपाल) फिर्ने र अन्तिम केही साथिहरुको समझना खिचेर तस्वीर नै भए पनी लगौ न त ! भन्दै वा नयाँ आएका साथिहरुसँग पहिलो पल्ट डुल्ने बाहानामा । साथै मित्रहरु भेट्ने निहुमा त कहिले नयाँ बर्ष को अवासरको मौकामा धेरै नै घुमियो - सबै त ब्लगमा काहा राख्न सकिन्छ र ! तर ति मध्येका केही यसरी नै ब्लग मित्रहरु सँग शेयर गरिरहेको छू - कतारका केही रमाइला र भिजिटयोग्य ठाउहरुको दिर्श्यावलोकनहरू ।
यो देखिएको 'खलीफा स्टेडियम' को टावोर हो - जून कतारको एक पहिचान बनी रहेको छ । जहा २००६ को एसिएन ग्यामको ओपनिङ्ग र समापन भएको थियो ।

नव सृर्जना

मलाइ आज रुन देउ
मैले रोएर नै दिन काट्नु छ
आशुमा नै डुबेर सबै पीर व्यथा भुल्नु छ
किन की म नव सृर्जनामा डुब्नु छ ।

संसार हल्लाउने - म

हेर ! म एक दिन
यो संसार हल्लाउने'छू
तर अरु चाहि -
हल्लिन्छन परिस्थिति अनुसार
हो त्यही परिस्थितिको सिर्जना गर्ने'छू !!!

Sea Line beach -को रमाइलो भ्रमण

रहरै रहरमा र कतार बसाइको बसिवियालोहरुका अनुभूतिहरू संगाल्ने क्रममा - म चाहन्थे आफ्नो दू:ख - कष्टको भोगाइलाइ एउटा पोल्टोमा राखेर खुसी र आत्म सन्तुष्टिका लागी यहाँका हरेक परिदृश्यहरु र प्राकृतिक सौन्दर्यतालाइ चुमेर अर्को पोल्टा भरौ । अनि लामो समय देखि टिका राम जी सँग अलिक राम्रो ठाउॅ घुम्न जाऊ भनेर गरेको सल्लाह -धेरै भएको थियो तर साइतै जुरेको थिएन । यो नया बर्ष २००९ को अबसरमा भने -मिल्यो मौका । कुनै पंडित नै बोलाउनु नै परेन - साइतको लागी । नत्र त ! कथा जस्तो नै हुन लागेको थियो -एका देशको । सधै Doha मै बस्ने भएको ले मलाई यस्तो सी लाइन बिच जस्तो ठाउॅ हेर्ने नै मौका मिलेको थिएन तर आज भने - बास्तबिक कतार नै हेरे जस्तो लाग्यो । पुरै मरभूमि -




हामी एका बिहानै निस्कियौ Sea Line Beach को यात्रा को लागी हाम्रै Accommodation बाट -ओम (Um salaal) , सुन्दर(TV Round Board) , हेमन्त (Markhiyaa), देवी राम जी र म । यानी पाण्डब भएर । टिका जीहरुलाई हामीले मतार कदीमको RAMEZ SHOPPING COMPLEX मा भेट्ने र त्यहा बाट OKRA हुदै HOME SIDE र त्यस पछि Sea Line Beach पुग्ने सल्लाह गरेका थियौ र सोही अनरूप हाम्रो यात्रा अघि बढ्यो :- .......
Related Posts Plugin for WordPress, Blogger...