Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

समाल र कतारको सब्जी खेती यात्रा

घूम फिर गर्ने सिलसिला र कतारलाइ नजिक बाट नियाल्ने रहरमा म हरेक शुक्रबार ( बिदाको दिन ) घूम फिर गर्न कतै जाने ( सधै नभए पनी - प्राय: ) गर्दछु , त्यही क्रममा गत साता म केही मित्रहरु सँग Al Mansoor Garden – No. 5 गएको थिए । १५ May का विहान दोहा बाट करीब ७० km टाढा रहेको उक्त गन्तब्य पहिलाउन गाडीको १०० स्पीडमा हामी हाम्रो गन्तव्य तीर ( गुरु - नरेन्द्र गुरुङ्ग - धनकुट्टा, द्रोण बस्नेत -गुल्मी , विकाश श्रेष्ठ -पोखरा, ओम बोगटी -झापा र म ) हुइकिम ।
तर हामी बाटो बिराएर कतारको बोडर लाइन ( बहराइन र इरान को) समालको समुन्द्रिक किनारमा पुगिम - जून दोहा बाट करीब ११० km जती टाढा रहेको छ । तर मलाइ त कुनै आपति भएन किन भने अझ अर्को नया ठाउ हेर्न र घुम्न पाइने भो भनेर रमाइलो माने र हत -पत गाडी बाट झरेर २ / ४ फोटो लीन सुरु


गरिहाले तर मलाई समुन्द्रको किनारमा रहेको ६ ओटा जहाजले
आर्कसित गर्यो र त्यसको तस्वीर लीन थाले तर त्यसको लगतै मैले एउटा पुलिस अफिसरको गाली खानु प-यो किन भने त्यो इरानको जहाज रहेछ । उनीहरूले इरानीहरु माछा मार्ने क्रममा आफ्नो बोडर लाइन क्रस गरेर आफ्नो एरिया मा आएको कारण त्यसलाई आफ्नो कब्जामा ल्याएका रहेछन , त्यसैले त्यसको तस्वीर लीन नदिएका रहेछन - यो कुरा त्यहीको प्रेट्रोल पममा काम गर्ने चितवनका एक नेपाली मित्रले जानकारी गराउनु भयो अहिले मलाई उहाको नाम त याद भएन ।
त्यस पछि द्रोण सरले भोज राज जी लाइ

फोन गर्दै "हामी त हराइम है , अन्तै पो पुग्यौ " भन्दै जानकारी दिनु भो । हामी त्यहा बाट फर्किम र हाम्रो डेस्टिनेसन खोज्दै अघि बढिम ।
"ओह ! कस्तो अच्चम " भन्दै त्यहा पुग्ने बितिकै म त्यो आश्चर्यजनक हरियाली हेरेर त्यस्मै हराउन थाले ठ्याकै आफ्नै गाउघरको जस्तो लाग्यो - अघि आउदा बाटो बिराएर भोगेको सबै परिसानीहरु दूर भएर गए । ओह !!! कोपी , लौका , बन्दा , लशुन , प्याज, टमाटर , बैगुन, मुला, पाटाको हरियो साग (जुट) , लट्टे साग आदि सबै .... त्यो पनी गाउघर तीर हुने पोम्सेटले पानी जमीन बाट तानेर लागाइदो रहेछ (किनभने त्यहा करेन्ट थिएन ) , यसले मलाई पुरै नेपालको याद दिलाई दियो । मरभूमि मा पनी यस्तो देखे पछि मलाई त - 'शिप र प्रबिधि सहित परिश्रम गरे जाहा पनी जे गर्न सकिदो रहेछ' भन्ने लाग्यो । त्यहा मलिलो माटो र बिज जोड़न , पाकिस्तान आदि बाहिरी देश बाट मगाइदो रहेछ ।








त्यहा रहनु हुने सबै नेपालीहरुमा मैले मिजासिलो र सहयोगी भाव रहेको पाए उहाहरुले हामीलाई राम्ररी उक्त गाडेन डुलाउनु भो र त्यहाको बारेमा निकै जानकारी गराउनु भो साथै आफ्नो सुख दू:ख का कुराहरु पनी । त्यस बिच हामीले धेरै फोटो र भिडियोहरु लीन भ्याएका थीम । ओम र द्रोण जी ले निकै सोध खोज गर्नु भो म त भिडियो र फोटो लीन नै तलीन थिए बिकास भने मुला खान र लौका टिप्न मा नै मस्त - "लौ यहाँ त नेपाल नै रहेछ " भन्दै ।










उहाहरुले काम गर्ने कम्पनीको त्यहा ५ ओटा गाडेन र ४ ओटा क्याम्प रहेको रहेछ । जसमध्ये नेपालीहरुको मात्र २ ओटा क्याम्प रहेको छ र बाकी अरु २ ओटा क्याम्पमा एसियन देशकै कामदारहरु रहेका रहेछन ,त्यहा रहेका करीब ४३ नेपालीहरु मध्ये धेरै जसो बाग्लुङ्गका रहेछन । त्यहाको सीनियर कामदारहरुमा गोर्खाका भोज राज लामिछाने , दीपक लामिछाने , थुम्कानाथ सिम्खडा आदि रहेका छन ।
समझौता प्रत्रमा कतारी ६५० रियल (६५० कतारी रियल नभए एयर पोर्ट पास नपाइने भएकोले - देखाउनको लागी त्यस्तो समझौता पत्र तयार परिएको हुदो रहेछ ) लेखिएको भए पनी मासिक तलब मुदिर ( मालिक) ले ५५० रियल मात्र दिने गर्द्रो रहेछ र तलब पनी कहिले २ महीना त कहिले ३ महिनामा दिने गर्दो रहेछ । अनि कति बचाउने र कहिले पठाउने घर खर्च , कहिले साहुको ऋण चुक्ता गर्ने किन भने त्यही काम को लागी यहाँ आउदा उनीहरूले ७० हजार देखि १ लाख २० हजार नेपाली रकम सम्म एजेन्टलाई बुझाएर आएका छन । खाना पनी आफ्नै खर्चामा खानु पर्ने, त्यस्तो मरभूमिमा पनी बिना एयर कन्डीसन र राम्रो आबास बिना बाच्नु परेको छ र कामको अबधि नै निश्चित नभएको दिनको १४ देखि १६ घण्ट काम गर्नु पर्ने त्यसमा कुनै पनी दिन छुट्टी नमिल्ने - सधै जोतिरहनु पर्ने । यस्तो कथा कतार आएका धेरै नेपालीहरुको रहेको छ जसको लेखा जोखा कसले गर्ने ?
कम्पनीले धेरै आबस्यक सुविधाहरु उपलब्ध गराएको छैन तर अर्को अच्चम्मको कुरा के भने - कम्पनीले यस्तो गरे पनि ३ / ४ पटक घर गएर त्यही कम्पनीमा आउने कामदारहरुको संख्या पनी उलेखिय रहेको पाइयो । यो सब अहिले नेपालमा भैरहेको आन्तरिक दन्द र राजनैतिक अस्थिरताको उपज हो भन्दा कुनै दुई मन नहोला ।







यो भ्रमण को श्रेय गुल्मी समाज सेवा समाज का द्रोण बस्नेतलाइ दिन चाहन्छु , जसले भम्रणको चाजो- पाजो मिलाउनु भएको थियो र यसमा गुरु नरेन्द्र जी लाइ पनी म धन्यवाद दिन चाहन्छु गुरुङ जी ले हामीलाई त्यहा सम्म पु-याउन सहयो गर्नु भएको थियो साथै सब्जी खेतीको बारेमा अघि अघि हिड्दै त्यसको बारेमा जानकारी दिएर हाम्रो यात्रालाइ सार्थक पु-याउन थप सहयोग पुर्याउनु हुने भोज राज जी लाइ अझ मुरी मुरी धन्यबाद ! टक्याउदछु । धन्यबाद ।

14 comments:

  1. धेरै समय पछी ब्लगमा भेट भो... रमाईलो घुमघामको मिठो बर्णनको लागि धन्यवाद | साँच्चै गजबको रहेछ तरकारी खेति

    ReplyDelete
  2. तपाईको यो टाँसोमा घुमघामको रमाईलो र विदेशीएका नेपालीहरुको पीडा दुबै छन।

    एउटा कुरा भने पक्कै हो, मरुभुमि जस्तो ठाउँमा त्यस्तो हराभरा बनाउन सक्ने नेपालीहरले शान्तिसंग आफ्नै देशमा बसेर काम गर्न पाए नेपाल पक्के पनि छिट्टै उँभो लाग्थ्यो ।

    ७० किमि परको ठाउँ खओज्दा ११० किमि पर पुग्नु भएको कुरा सम्झेर हाँस पनि उठ्यो !

    ReplyDelete
  3. धन्यबाद बेदनाथजी, जानकारी र फोटोहरु बाँड्नुभएकोमा। कतारको बारेमा अरु पनि लेख्दै गर्नुहोला। तस्विर हेर्दा त पक्कै पनि तपाईको छुट्टी निक्कै रमाईलो भयो जस्तो छ !

    ReplyDelete
  4. बेदनाथ जी केहि दिनको ग्याब पछिलिएर आउनुभाको यो यात्रा अति नै रमाइलो लाग्यो । यात्राम सम्पुर्ण सहभागी साथिहरुलाई पनि धन्याबाद ।
    हो मरुभुमि भनेर के गर्ने मलाई पनि नेपालको कुनै गाँउमा आफ्नै हरियाली जस्तै लाग्यो । तर साथिहरुको मेहनत अनुसारको फल नपाएजस्तो लाग्दा दुख लाग्यो।

    ReplyDelete
  5. 'कम्पनीले यस्तो गरे पनि ३ / ४ पटक घर गएर त्यही कम्पनीमा आउने कामदारहरुको संख्या पनी उलेखिय रहेको पाइयो । यो सब अहिले नेपालमा भैरहेको आन्तरिक दन्द र राजनैतिक अस्थिरताको उपज हो भन्दा कुनै दुई मन नहोला । '- रमाईलो यात्रा भित्र यस्तरी मर्म भेट्नुभएछ - नेपालको र हामी नेपालीको ।

    ReplyDelete
  6. बेदनाथजी यात्राको रमाइलो बर्णन त एकातिर छदैछ, त्यसको लागि धेरै धन्यवाद ! तर कता कता मैले पनि यस्मा अव्यक्त देशको पीडा लुकेको अनुभव गरे। जति दुःखपीर भए पनि भुलेर, आफ्नो घरजस्तै गरि मिलेर बस्नु भएका नेपालीहरु देखि खुसी लाग्यो ।

    ReplyDelete
  7. यात्रा विवरण सुन्दर लाग्यो तर कतारका नेपाली दाजुभाइहरुको जीबनमा भरिएको पिडाले मन खल्लो बनायो। तपाईँले भनेजस्तै यो हाम्रो देशको फोहरी राजनीतिको परिणाम हो। ती मेहेनती हातहरुले नेपाललाई सिंच्ने मौका नपाउनुनै हाम्रो देशको ठूलो दुर्भाग्य हो।

    ReplyDelete
  8. नेपालीहरू साँच्चै मिहिनेती र सहनशील छन् । तपाईँको यात्रा-संस्मरणको प्रसङ्गले त्यसलाई उजागर गर्न थप बल दिएको छ । पक्कै पनि रहरले कोही पनि नेपाली विदेश, त्यो पनि तातो मरूभूमिमा जोतिन गएको छैन । स्वदेशमै पसिनाको भेल बगाउन उपयुक्त वातावरण भए को पो जान्थ्यो काम गरेर पनि अनेक सास्ती बेहोर्नुपर्ने पराइ माटोमा ?
    विवरण र तस्बिरको लागि धन्यवाद उमेशजी ।

    ReplyDelete
  9. Very Good Article. Bednathg, Please Keep It Up.

    ReplyDelete
  10. उमेश जी, चित्र हरु हेर्दा त अरबी भूमि पनि आफ्नै तराई मधेस तीर को जस्तो लाग्यो...यस्ता चित्र हरु बेला बेला माँ हमरा नेता र ठुला मान्छे हरु को ईमेल वा ठेगाना माँ पनि पठौने गर्नु परला...परदेश को मरुभूमि माँ प्रचंड गर्मी माँ लहलह हरियाली फुलौना सकने नेपाली हरु ले किन आफ्नै रसीलो भूमि माँ पनि पसीना चुहौन पौदैनन ? बिरानो भूमि माँ खटेर पठाएको remittance पचाएर हामी स्वदेश माँ त ठुलो की माँ ठुलो फोस्रो शान माँ लडिरहेका छौ

    ReplyDelete
  11. एकदमै जानकारीमुलक,रोचक तर नेपाली दाजुभाइको दु:ख पनि मिसिएकाले अलि भावुक किसिमको लेख । नयाँ ठाउँको जानकारी पाउँदा रमाईलो त लाग्यो तर हाम्रा नेपाली दाजुभाइ ठगिएको सुन्दा कताकता नरमाइलो लागेर पनि आयो ।

    ReplyDelete
  12. कमेन्ट गरि दिनु हुने सबै मित्र हरुलाई धन्यबाद छ |

    ReplyDelete
  13. http://kuwaitspandan.blogspot.com/June 7, 2009 at 12:41 PM

    bednath jeu

    Hi ---- namaskar! Ma tapain ko chhimek mai naukari gardai chhu- Kuwait ma. Doha official kam ma dui palta gai sake ko chhu. Man pardo jagga chha...

    Kuwait bata sano nepali sahityic patrika Spandan prakshit bhai rahe ko chha bigat dui varsha bata. Qatar tira bata rachana haru ko asha garein. Mero blog http://kuwaitspandan.blogspot.com/ ma aunu hos... bharkaharai arambha gare ko chhu. Sikaru chhu....Samparka rahosh.
    Hom Bahadur Chetri

    ReplyDelete
  14. मैले आज तपाईँको पुरानो संस्मरण 'समाल र कतारको सब्जी खेती यात्रा' पढेँ । त्यहाँ पुगेका नेपालीहरूका पीडा तथा त्यहाँको कृषिसम्बन्धी केही कुरा थाहा भयो । यस्ता रचनाहरू त्यहाँ पुग्न नपाएकाहरूका लागि जानकारीलायक हुन्छन् ।

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...