Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

देशको ब्यथाले - दुखेको मन

बेदनाथ पुलामी ( उमेश ) 
भन्न मन लाग्छ भने भन मलाई
स्वदेश निन्दक वा घृणा चिन्तक
तर यो देश तिम्रो जती कै मेरो पनी देश हो
अंश बण्डा गर्ने हो भने पनी
यो देशको एक करोड टुक्राहरु मध्ये
एउटा टुक्रा माथी मेरो पनी छाप्रो हुने'
र त्यो देशका असंख्य बगरहरू मध्ये
एउटा बगरमाथि मेरो पनी चिता हुने छ । " (भूपी शेरचन )
यी माथिका भूपिका शब्दहरु आज निकै घत लागी रहे मनमा निकै गडेर वस्यो । अहिलेको देशको अवस्था कल्पना र सोच बाहिरको छ । मनमा निक्कै पीडा छ सम्झन्छु कतिन्जेल यो सब माहोल हेरेर बस्ने सहनु पनी एउटा हद हुन्छ नि ! ......... तर गर्ने के ... उपाय के अहिले सबैलाई अवगत नै भएको कुरा हो देशको समस्या मूर्धन्य भएर गाजिएको छ । जस्तै मै हु भन्ने ले पनी धोती देखाएर गए आश्वासन बाडेर गए भोका नाङ्गा जनताले पिल्लिक आखा पल्टाए । राजनीति - आरोप प्रत्यारोप मै चलिरा' देशमा कुनै घटना झुक्किएर हुनु हुन्न हजारौले त्यहा षड्यन्त्र मात्र देख्छन - अनि तात'छ सड़क जल्छ मधेश हल्लिन्छ पहाड़ अनि भल्किन्छ नेपाली मन । आफैले आफैलाई मारेर सिध्याउने खेल खेल्नेहरुलाइ स्वाभाविक लाग्ला त्यो देशमा एउटा नेपाली मर्दा अर्को नेपाली हास्ने पनी छन भन्दा । लाग्छ ! नेपालीहरुमा जागरण नभएको पनी होइन मन नभएको पनी होइन - सचेत र वौद्रिक वर्गको कमी भनौ भने पनी होइन दिन प्रति दिन शिक्षित वर्ग बढ्दो छ । सबै लाइ थाहा छ अहिलेको बन्द,हड्तालअपहरण हिंसा दण्डहीनता अनि अस्थिर राजनैतिक अवस्था र यो आपसको खिच्चातानी र फुटले हामी कसैको पनी भलो हुदैन भनेर ।
समस्या यस्तो यस्तो छ र यसरी सावधान गर्न सकिन्छ भन्ने कुरा पनी अवगत हुदा हुदै सबै एक आपसमै अल्मलिएर रहेका छन -निकाश केही छैन । उपलब्धि जेरो छ । देशमा 'शान्ति र विकाशकतिको खाचो छ भनेर सोध्ने हो भने - संभवत १००% ले नै पोजेटिभ उतर दिनेछन । अनि यसरी सबैको मनसाय एउटै हुदा हुदै पनी आज सम्म कसले रोक्यो त ति सबलाइ देश विकाश गर्न हुन त नेपालमा यस्ता वौद्रिक जमात पनी छन जसले कुनै व्यक्तिलाई सुरक्षा निकाय ले सोध्पुछ को निम्ति थुनामा राखेको खण्डमा - उनिहरु जुलुश बन्द र नारा लगाएर भए पनी छोड़न बाध्य पार्छन - जून गलत धारणाको विकाश भैरहेको छ । यस्तै चाल रहिरहने हो भने हाम्रो रहर फुट -पात मा पुग्छ । अहिले हामी - आफ्नै मालिक रहेका छौ आफु मात्र शेख वन्ने धुनमा लागी पर्दा भोली कसैको दाश बन्नू नपरोस ।
म सँग एउटा थेगो रहेको छ सोम रस लिने मित्रहरुलाई भन्नको लागी । त्यसैले प्राय: म भन्ने पनी गर्छु -'सो रसमा जीवन बर्बाद नगर त्यो रसले न त बाजेको पालामा उभो लगायो न त बाऊको पालामा न त अहिले नै लगाउने छ । बरु जीजू लाइ खायो बाजेलाई भीरबाट खसाल्यो ड्याड लाइ पैनिमा (खोल्सा) सुतायो अनि अंकल लाइ ................. सरमै लाग्छ भन्न पनी । यस्तो बेईमानी चीज भनेर थाहा पाउदा पाउदै पनी हामी त्यही सोम रसमा लीन भई डुब्छौ भने - त्यति बेला हामी जस्तो पट मुर्ख अरु कोही हुदै हुदैन । हो त्यस बेला धिकार हुन्छ हाम्रो ज्ञान र चेतना लाई किन भने ज्ञान र चेतना भन्ने कुरा यथार्थ छुट्याएर राम्रो कुराको अनुशरण गर्नका लागी हो ।
हो ठ्याकै त्यस्तै भई रहेछ अहिले हाम्रो देशमा पनी कुन इतिहासमा छ - बन्द तोडफोड हत्या -हिंसा र आपसी फुटले प्रगति गरेका देश र जनता ??अहिले नेपाली जनता ले 'सोम रस लिए झै भूल गर्दै छन । त्याग्न सकेका छैनन अझै पनी - त्यो शैली (भाडभैलोको ) । किन अरु विकल्प नै नभएको हो र पक्कै होइन । आफ्नो वुद्रिमतालाई प्रयोग गर्न सकिरा'छैनन या ढीला गरिरा'छन - जून हाम्रो लागी शुभ होइन ।
ए ! नेताहरु हो !! समस्या सँग जुध्न सक्दैनौ भने - सन्यासी भएर काशी जाऊ किनकी तिमिहरुलाई भारत प्यारो छ । संकटमा हो देशलाई सही नेतृत्व चाहिने - यदि त्यसो गर्न सक्दैनौ भने कुर्सी माथिको फर्सी भएर नबस । ए ! सभासादहरु हो !! नीति बुझ्न र चलाउन जान्दैनौ भने खोक्रो शब्द लिएर नभुक । अनि आफुलाई देशभक्त ठान्नेहरु हो तिमिहरुलाई धिकार छ तिमी जात्राहरुको रमिते दर्शक मात्र हुन रुचाउछौ भने । -आज मलाई यी शब्द हरु लेखिरहदा आत्मग्लानि को राप'ले पल पल पोली रहेछ ।
....................
म बन्दुकको नाल मा - सपना देख्दीन
त्यसैले ,
सयौ पटक भनी सके - बन्द नगरौ भनेर !
घाटा आफैलाई हो ।
हजारौ पटक भनी सके -तोडफोड नगरौ भनेर !
नोक्सान आफ्नै हो ।
हैन यी मान्छे हुन की के हुन ?
सायदयो न्युटनको
चाल सम्बन्धी तेस्रो नियम हो
हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रया
जती पटक हिंसा त्यागौ भन्छु
उती पटक हत्या हुन्छ ।
थोरै भए नि विकाश गरौ भन्दा
धेरै विनाश गर्छन -यहाँ ।
...................
भो अब त अति भो यो देश तिम्रै मात्र पैत्रिक सम्पति होइन । पुन: भूपी कै शब्दमा भन्ने हो भने 'यो देश तिम्रो जतिकै मेरो पनी देश हो । अधिकारकै कुरा गर्ने भए पनी तिम्रो जतिकै मेरो पनी अधिकार छ - यो देश प्रति । तिमी लाइ देशमा आफुखुसी गर्ने कहा छुट छ र आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरुको अधिकार खोस्न कहाँ पाइन्छ र मेरो लागी भए पनी मेरो देश बचाई राख्नु'छ । मेरै लागी भए पनी मेरो देश लाइ सिंगार्नु छ । सजाउनु छ । जहा तिमी पनि रामाउन सक्छौ ।
हरेक नेपाली नेपालको निम्ती बहुमूल्य खजना हुन त्यसैले अब रगत बग्न बन्द हुनु पर्छ । सत्यता थाहा हुदा हुदै पनी बुझ पचाएर नबसौ । हत्या ,हिंसा र दण्डहीनताको जस्तो अवस्थाको अन्त्य गर्न लागी परौ सुन्दर ,शान्त अनि विकशित समाजको परिकल्पना गर्दै गर्विलो जीवनशैली लिएर जिउने आठोट गर्न सक्नु पर्छ हामीले । देशका निम्ति कुनै व्यक्ति समुदाय र पाटी (संगठन ) भन्दा माथी अनि कुनै वेद कुरान वाइवलत्रिपिटक वा कुनै पुस्तकको सिमित दायरा भन्दा माथि उठेर वैचारिक युद्र लड्नु'छ । र लू सुन झै, हामी साहित्यमा देवकोटाको शब्दसमको शैलीलैनसिंह वाग्देलको मौलिकता, गंधर्व बाजेको भाकानाती काजिको भाषाशहीदको आवाजआदि सबै मर्म बुझ्नअनि रेटिरहोस सधै त्यो सारंङ्गीदम्फु र मादल त्यही शब्द शैली त्यही भाकामा पौरखी नेपालीको स्वर निकालनको लागी ।
त्यसैले त म भन्ने गर्छु -प्रचण्ड सक्छौ भने हामीलाई मन्टेस्क्यु दिलाई देऊ कोइराला बाजे मार्टिन लूथर झिकाई देऊ सुकरात काहा गए ? वोलिभियामा हराएका चे यहाँ जन्म र मलाई रोजाको आवाज सुन्न देऊ अनि रामचन्द्र पौडेल ! सक्छौ भने रामराज्य देऊ तर आडम्बरी नाटक मञ्चन नगर ............??? नत्र त तिम्रा सरकारका सेना र वन्दुकका विरुद्ध वैचारिक युद्र गर्न सक्ने कलमी हतियार छन र बारूदले नष्ट गर्न नसक्ने हामी सँग हाम्रा भावना रहर आकांक्षा र सपनाहरु छन । अनि आफुलाई प्रशसाको पात्र बनाउन आफु अनुकुलको आफ्नो विचार ल्याएर 'यो जनताको चाहाना होभनी वलिको बोको बनाउने अब फेरी दुचेष्टा पनी नगर (कुनै पनी दल/गुट विशेले )- हामी २१ औ शताब्दीका सचेत र जागरूप नेपाली जनता हौ हामीलाई राज्य सप्ताको परिवर्तन भन्दा सामाजिकशिक्षित र व्यावहारिक परिवर्तन चाहिएको छ ।
............... देश विकाश्मा विश्वभरिका नेपालीहरु एक हौ ।
जय देश ! जय नेपाल !! जय गणतन्त्र !!!
नेपाली जनताले हामी नेपाली सबैको कल्याण गरुन ।


10 comments:

  1. साह्रै मन छुने भाव पोख्नुभयो बेदनाथजी! अहिलेसम्म जतिले हामीमाथि शाशन गरे सबै 'कान चिरेका' निक्ले। जनताको जागरुकता र ऊर्जालाई जहिले पनि भकुण्डो बनाईयो र धोका दिईयो। यो स्थितिको अन्त्य नभई केहि पनि सुध्रिने छैन।

    सकारात्मक चिन्तन राख्न र परीवर्तनका लागि आफूले सकेसम्म धक्का दिन भने नछोडौं हामीले भने। एक दिन त घाम अभश्य लाग्नेछ।

    ReplyDelete
  2. देशप्रेमको भावमा मनका गहकिला अनि मार्मिक शब्दहरुको जालोलाई छर्लङ पारेर फूकाउनु भएछ बेद जी । तपाइले भने झै सम्पुर्ण कुराहरु बुझ्ने र आत्मसाथ गर्ने क्षमता हुदाहुदै पनि किन यसरि बढिरहेको छ पतनको बाटो?
    त्सैले सर्वब्यापी चिन्तन र एकरुपतामा राजनितिकर्मिहरु लगायत समस्त नेपालीहरुको जबसम्म सोच गहिराइमा पुग्दैन तबसम्म राज्यले यस्तै हालत बेहोर्नु पर्ला जस्तो छ । तर जे भएपनि माथि बसन्त जी ले भने झै सबैले आ-आफ्नो ठाउँबाट धक्का दिन भने नछोडौ है ।

    ReplyDelete
  3. निक्कै गहकिलो तर्क प्रस्तुत गर्नु भएछ, मलाई भने तपाईको यो लेख पुरै चित्त बुझ्यो ।

    स्थिति सकारात्मक डोरतर्फ त अझै लागेको छैन, तैपनि बसन्तजीले भन्नु भएजस्तै हामीले पनि आ-आफनो स्थानबाट जे-जस्तो योगदान गर्न सकिन्छ त्यो गर्नै पर्छ ।

    मलाई पनि लाग्छ "घाम अवश्य लाग्छ !"

    ReplyDelete
  4. बेदनाथ जी धेरै नै ओजनदार प्रस्तुती प्रस्तुत गर्नु भयो सम्पुर्ण नेपाली जनताले बुझीदिए हामीले कहीं जान पर्ने आवश्यक्ता थिएन। नेपाल जहिले पनि आफु भित्र फुटी रहन्छ आफै भित्र दुखीरहन्छ।

    आज मेरो देश शान्तीको माला पहिरिएर
    बन्दुक बोकेर बिस्वयुद्वको अभ्यास गर्दैछ।
    आज मेरो देश पेट भोको राखेर जिउ नाङ्गो राखेर
    बन्दुक किन्न ब्यस्त छ।
    यस्तै छ मेरो देश आज दुनियाँ परिबर्तन हुँदा
    मेरो देश पनि आफ्नो खाल्डो खन्न तम्सिदै छ

    वाह् मेरो देश वाह मेरो देश।

    ReplyDelete
  5. जुन नेता आएपनि आफ्नो भुँडी भर्ने काम मात्र गर्छन्।
    अनि हाम्रो देशको उन्नती कसरी होला त?

    ReplyDelete
  6. यही देशको पिलन्धरे हाल देख्दा देश-वासी हुँ भन्न ग्लानि हुन्छ, र यही देशको सुरम्यताको सपनाको मुटु ठिहीको पात जस्तै काँप्छ ।

    ज्यादै घत पर्‍यो तपाईँको राष्‍ट्रिय समस्या र नैतिकता गुमाएका नेताहरूबारे लेखिएको लेख । तर यो देश यसरी बिग्रिँदै जानुमा नेताहरूसँगै हामी अराजक र भरप्रसाद जनताको पनि उत्तिकै हात छ । तथ्य कुरो नबुझी हौवाको पछि कुद्‍ने र तत्कालको फाइदा कुम्ल्याएर राम्रो कामको अभिभारा अर्काको थाप्लामा पन्छाएर भाग खोज्ने जमात बढ्दै गएकाले पनि आजको भद्रगोल स्थिति निम्तिएको हो । हामीले नै बोलाएका हौँ नेपालमा असुरक्षा र अस्थिरतालाई । आफ्नो हिसाबबाट सबैले सही गरेको भए त अहो ज्यादा विकास भयो, अलि कम गर्नुपर्‍यो भन्ने हास्यापद स्थिति आउँथ्यो होला यहाँ ।

    तर पनि त्यो एक दिन आउनेछ ।

    गणतन्त्रको क्पाप्सुल प्याक भएर आएर नहुने रहेछ, हामीले बुझिसक्यौँ- चाखिसक्यौँ । जे गर्छ अब नयाँ पुस्ताले नै गर्छ ।

    ReplyDelete
  7. सारै सुन्दर पाराले लेख्नु भयो। तपाईको हरेक तर्क मन पर्यो। हो बास्तवमा हामीले आफ्नो आफ्नो ठाउँबाट जोडदार धक्का दिनै पर्छ बसन्तजीले भने जस्तो। साच्चै यो देश तिम्रो जतिकै मेरो पनी देश हो र हामीले आफ्नो ठाउँ बाट प्रयास चाही गर्नै पर्छ है।
    सुन्दर बिहानीको आशा कता कता अझै छ मेरो मनमा।

    ReplyDelete
  8. साहैं चित्त बुझ्दो गरी लेख्नु भयो, बेदनाथ जी!

    ReplyDelete
  9. A passionate post on Nepal's solidarity. Keep up the great work and keep writing.

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...