Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

म मरेको देशमा !



देवनागरिक लिपिको व्यंजन वर्ण अन्तर्गत पर्ने 'शब्द एक सर्वनाम पनी होजसले जो कोहिलाई पनी प्रतिनिधित्व गर्न सक्छ - आफु स्वयं लाइ पनी !  हो मानिसलाई समयपरिस्थितिअवस्था र उमेरले सोच्न वाध्य तुल्याउदो रहेछ की उ स्वयं कोकेका र कस्को लागी र स्वयं आफ्नो भुतवर्तमान तथा भाविश्यको बारेमा अनि मानव समुदायमा आफ्नो उपस्थिति नहुदाको अवस्थाअर्थात म (आफु) नभएको यानी म मरेको देश अथवा म हराएको या म विनाको संसार कस्तो हुन्छ होला भनी !!!
त्यस्तै कुराहरु आज म निकै सोची रा'छू - कही कतै बाटामा हिड्दा कुनै सवारी साधानले कतै
किच्नेजुध्ने पल्टने त होइन !खोलामा पस्दा बगाउने डुविने त होइन !! सुत्दा पनी सुत्या सुत्यै त हुने होइन !!! हुदा हुदा सानो तीनो विराम पर्दा पनी म त्यस्तै शकै शंकामा सोच्न वाध्य हुन्छु कतै विति पो हाल्ने हु की ?भनेर, (भन्न त म साथिभाईहरु बिच त्यस्तो सानो तिना कुराहरुमा डराई हाल्ने मान्छे काहा हु र भन्ने गर्छु !र हतपत डराई हाल्ने चान्चुने मान्छे पनि म काहा हु र तर कहा बाट यो कुरा सोच्न आउछ कुनि ?रातमा एक्लै हिड्दा भूतप्रेतले समाउने हो वा कसैले ........कतैडंकिनी पो लाग्ने हो की?, कतै बाहिर समाजमा घटेको घटनामा परे जस्तै मलाई पनी कुनै पक्षकोलेकुनै बाद को ले ...... वा कुनै कारण ले कथम कदाचित 'वित्या वित्यै भए भने भन्ने कुरा बाट म डराई रहेको हुन्छु ।

एक्लै घरमा बस्दा ,अनि घनघोर जंगलमा त्यस्तै शान्त ठाउमा गए भने झनै डराउछू अनि कोलाहालपूर्ण भिडमा गए भने अझ बढी डराउछू - किनकी भिडभाडमा त झनै विश्वास हुदैन । तर मलाई थाहा छ म विनाको संसार पनी हुन्छ भनेर तैपनी म यो सोचिराख्या हुन्छु -"मेरो सवारी विनाको संसार कस्तो होला म विस्थापन हुनु परेको परिस्थिति अनि परिवार समाज राष्ट्र तथा साथिसंगी आफन्त र पराइको विचमा मेरो अवस्थाको दृश्य परिदृश्य र उनिहरुको मनोभावना कस्तो होला ?" भनेर ।
"........कारणले म-र्यो । ह्त्या भयो रे ! वा विधिको विधान अनुसार परलोक गयो ! हे भगवान वरु मलाई ... ! ठीक पर्यो साला ! किन मेरो भाग खोस्यौ ?, बल्ल आरामको दिन आउने भो ! विचारा !!! मर्ने वेलामा के के भन्दै थियो रे !कुकुर विराला झै भएर मरेछ । ..... स्वर्गवास भएछ नि !मेरो बाबू मेरो राजा ! मलाई छाडी कहा गयौ ?, उ त मर्यो झण्डै म पनी मरेको यार बल्ल हाम्रो योजना सफल भो - ठिक्क पर्यो अरुलाई दू:ख दिनेको आयु कहा लामो हुन्छ र ?, समाजले आज अपुरणीय क्षति भोग्नु परेको छ । उसको काम अब कस्ले सम्हालने ?, बिजोगले मरेछ नि !आज म पाटी दिन्छु ...... मरेको मा राम राम के सुन्नु पर्यो नि !उ विना म .... सक्दिन !!अब मात्र आनन्दले श्वाश फेर्न पाउने भए ...पत्याउनै साह्रो ... आदि आदि ।"
.... हो यस्तै यस्तै हुन्छ होला मैले श्वासप्रश्वास प्रक्रिया लाइ प्रक्षेपण गरेको पहिला दिन अनि भावुकनतमस्तक र गौण तथा स्तब्ध हुन्छन् होला मलाई र मेरो व्यवहारलाई परम ठान्नेहरू अनि मेरो प्रगतिको कामना गर्नेहरु तर मेरो अवउन्नतिमा हास्ने अनि उन्नतिमा रुनेहरूमलाई शत्रु सम्झने तथा मेरो वानी विचार र आचरण प्रति घिर्णा एवं तिरस्कार पस्कनेहरू फेरी एक पटक हास्ने छनरमाउने छन र मख भएर दंग पर्ने छन ।
मेरो आगमन नहुनु वा बादल पारी विलय हुनु जून तोड तरिका भए पनी मेरो शव भूगर्भ भित्र या त कुनै अनकंटार झाडीजंगल वा फोहरकै डगुरमा प्रवेश पाई भुस्या कुकूरको जस्तो स्थिति सामना गर्नु पर्ने हो की?, वा त्यसो नभए कुनै अग्नि सँग संघषरत भएर मेरो देह खरानिमा परिणत हुने हो । तो पनी कुनै धार्मिक विधि वा कुनै किरा फटयांग्रा जस्तो फाल्या फाल्यै जस्तो गरेर हो की कसिंगार बढालेर फोहरको कुनिऊ मा थुपार्ने विधि आदि जून सुकै विधि प्रविधिले - अवस्था र उपलब्ध सामग्री हेरी हुन्छ होला !!! यस्तो दृश्य देखन भ्याएका अशक्त शरीर भएका र बुदी बंगरा खुस्किसकेका वृद झस्केलान खाऊ खाऊ र लाऊ लाऊ भन्ने युवाहरु शंका गर्लान अनि अवोध वालकहरुको मनमा कौतूहलता तथा जिज्ञासा को प्रश्नै प्रश्न भरिन्छ होला 
- 'वोल्दा वोल्दै र देख्दा देख्दैको मान्छे आज किन छैनअनि किन वोल्दैन र देखिदैन कहा गा'को हो र के भएको होला ? ' भनेर । कुनै पनि नावालकले भन्ने छ । 'कसैले बोकेर पर लगे', 'सुत्नु भएको थियो', अरु त्यस्तै के बुझछन त्यही कोमलमय तोते वोलिमा - अंकलड्याडीमामाआन्टी .... यात कुनै नाम .....,.. भनेर पुकार्ने'छ । यदि कसैले धेरै सोधेमा प्रतिउतरमा -'मर्नु भयो भनन भनेर कसैले भनेमा , 'मर्नु भ... यो ...हा...हि ..हि ... जस्ता वाक्य निस्कन्छ होला !
हिजोको समय पुरानो अनि आजको समय अनौठो नया तथा भोलिको समय अदभुत हुने'छ । जस्तै मानिसले पुरानो कपडालाई बिसर्न्छ अरुको त् के कुरा आफु स्वयमले लगाएको कपडाको रुपरंग नयामा मात्र सम्झंनछन  र अन्तत भुल्ने  नै छन तर केहि दिन सम्म त् यस्तो थियो र रंग पनि राम्रै वा नराम्रो लाग्थ्यो भन्ने चाहि लाग्न सक्छा । जिन्दगि दर्पण छाया हो जुन हेरुन जेलको लागि मात्रा सम्झना हुन्छ र त्यस्तै म यस जीवलोक बाट  अस्ताउने छू  र यस भू-मण्डले विर्सने'छ । अरुको त् के कुरा आफ्नै सामिप्यमा रहेका मान्छेले पनि भुल्ने छन् । यदी मैले लोक हित या मैले गरेको कार्य कसैको निम्ति रत्न ठहरिएमा वा धन्यवादको पात्र भएमा अरु वेला नभए पनि मेरो आदर्शलाई बुझी नबुझी भए पनि जन्म जयन्तीमा या त अन्त्येस्ठीको   कुनै पनि बार्षिक उत्सब मा   सम्झंनछन होला अथवा मेरो जस्तो रुपवानी व्यवहार आचरण स्वरूप आदि कुनै पनि चिजवस्तुलवाई खवाई  तथा चालचलनहरुमा एकरुपता देखिएमा / भेटिएमा वा मैले गराएको घटना जस्तो भएमा , ' ... फलाना जस्तो रहेछ वा ...फलानाको जस्तो भयो', भनेर कहिले काही झुक्किएर / झस्केर सम्झनछन होला ! तर यस्तो प्रक्रिया कतिन जेल रहला र मानिस मात्र होइन समय नै परिवर्तनशील छ । यदि मैले गरेको काम सम्झिनको लागि राम्रो भएमा केहि लामो समय सम्म हृदयमा बास वस्न सकिएला तर नराम्रो भएमा केहि छोटो समयमा नै उनीहरुको हृदय बाट प्रस्थान भइन्छ होला ! त्यो जो होस् ढिलो  चाडो यो संसार बाट हराउने' अपरिचित हुन्छ चाहे त्यो जो सुकै को हृदय (मन) बाट किन नहोस ।
मेरो जस्तै अरु को पनी मानवीय आचरण मा सम्झनु विर्सनु स्वाभाविक विशेषता नै हो जुन मलाइ देख्ने र चिन्नेमा पनि यो गुण उ आफैमा स्वयसीद्र   भैदिन्छ होला तर त्यसमा पनि अति द्रुत गतिमा चलिरहेको पाइन्छ - समय । हो यस्तै हुदो हो म नभएको वा म हराएको संसारमा म मरेको देशमा । मेरो विर्सना संगै ढल्पल ढल्पल गर्दै अस्ताउन लागेको सुर्य झैँ मेरो इच्छा चाहाना तथा रहरहरु अनि कल्पना र सपनाहरु ओइलेको फुलसरी झरेर भूमिमा आफ्नो अस्तित्व मेटाउन पुग्ने'छ ।
============
यो मेरो त्यो तेरो
नराम्रो अरुको राम्रो आफ्नो !
सम्झन्छु अहिले म
तर त्यस्तो हुदैन -
मेरो सबै राम्रो हुदैन ।
जसको निम्ति मरिमेट्छु
ति वस्तु सधै आफ्नो हुदैन ।
किन म यस्तो गर्छु
जसले मलाइ खोज्दैन
म हराएको संसारमा ।
विर्सन सक्दिन किन ?
मलाइ सम्झन नसक्ने वस्तुलाई !
त्यसले मेरो आवश्यकता -महशुस गर्दैन !!
म मरेको देशमा !!!
------------------------------------------
यसरि नै मैले लगाएका लुगाहरुप्रयोगमा ल्याइएका सर - सामान (किताव - कलम आदि ) मैले देखेको भूमण्डल तथा मेरो आत्मियताहरु म देखि विरानो हुनेछ या त ति सामानहरु म देखि ! घरि यस्तो पनि सोच्छु कि - म मरेको देशमा म हराएको संसारमा मलाई सबैले बिर्सनछन होला तर मेरो विचारलाइ आचरणलाइ भने कसैले विर्सने छैनन् वरु निरन्तरता भने अवश्य दिन्छन ... चाहे त्यो राम्रो होस् वा नराम्रो आदत नै किन नहोस ! यस्तै यस्तै के के हुन्छ होला  - म मरेको देशमा भनेर सोच आउछ र यस ठाउमा हिजो कोही थियो आज म छू भोली अरु कोही अरु नै हुने'छ भनेर चित बुझाउदैछु !
एक बार को जुनिमा .... !!! 

7 comments:

  1. अन्तिम पटक निस्किएको सासलाई खैंची रहनु होला | अमर हुने सम्भावना प्रबल छ | हुन त जिन्दगानी दर्पण छाँया हो कि घाम छाँया हो भनेको पनि सुन्छु कसै कसैले | जे भए पनि के गर्ने बेदनाथजी यस्तै त रहेछ नि जस्तो तापईंले भन्नु भयो | म मरेको विश्वमा, म मरेको देशमा , म मरेको गाऊँ, बस्ती या घर परिवारमा मलाई जति चिन्ता छ यी बाँच्नेहरुलाई जुनसुकै कारणले होस् अरु बढी चिन्ता हुन्छ | त्यो तापाईंको मित्र होस् या शत्रु ! मृत्यु भनेको हाम्रो देशका कम्युनिस्टहरू जस्तो हुँदैन पुरै कठोर साम्यबादी हुन्छ क्यारे ! बाँचिन्जेल गरी खानुहोस | लेखको मर्मले मलाई पनि चीसो बानाएको भने पक्कै हो | लौ त बाँचे फेरि भेटौंला |

    ReplyDelete
  2. बेद जी, तपाइको बेदना र भावना संग पौठेजोरी खेल्न मा पनि आइपुगे अब देखि | लेखले मनको प्रतिबिम्बलाई झस्काउने काम गरेको पाए | घाम छाया र दर्पण छायाको यो जिन्दगीलाई सत्कर्मबाट सफल पार्न सधै प्रेरणा मिलोस|नैराश्यता,अतित र समसामयिक छाल बाट उत्पन्न ओसिलो पनाले सधै न्यानो अनुभूतिमा रम्ने अवसर मिलोस !

    ReplyDelete
  3. निक्कै मननीय पोस्ट लेख्‍नु भएछ । पढेपछि धेरैकुरा सोच्न बाध्य बनायो यो पोस्टले।

    मानविय भावनाहरुको मज्जाले खोतल-खातल गर्नु भएछ । कमेण्टमा धेरैकुरा लेख्‍न आएन तर एकदमै मन प‍र्‍यो मलाई ।

    ReplyDelete
  4. यस्तो विचार मानिसको जीवनमा पटक पटक आउँछ | चेखबको 'द लाइट' भन्ने कथा पढ्नु अगाडि म पनि कहिलेकाहीं यस्तै सोच्थें बेदजी! तर सबैभन्दा ठूलो कुरो आफु बाचुन्जेल जीवनको सुन्दरतामा रम्नु र यसका चुनौतीहरुलाई साहस पूर्वक सामना गर्नु नै हो जस्तो लाग्छ मलाई |

    ReplyDelete
  5. साह्रै मन पर्‍यो यो लेख। दुई चोटी पठेँ। मलाई मानबिय भाव र यसको यथार्थ पक्षका यस्ता लेखहरु खुबै मन पर्छ। जे होस सही लेखन। जीवन बास्तबमा कुनै एक परिवेश हैन सायद र त अनेको रुपमा तरंगित भएर बग्छ हरेक समय।
    लेखको लागि धेरै धेरै धन्यवाद

    ReplyDelete
  6. वेद जी, निकै मार्मिक टाँसो टास्नुभएछ । मरेपछि मान्छेको अस्तित्व हुँदैन् । तर हामीले मरेपछि पनि अस्तित्व राख्ने गरी मनुर्पछ । हामीलाई स्कुले दिनहरुमा सरहरुले मर्नु पनि जान्नुपर्छ भन्नु हुन्थ्यो तर मान्छेको मरण निश्चित हुँदैन् भनेर कहिलै भन्नुभएन । अहिले याद आयो मलाई ।

    मानवीय संवेदनाले भरिएको यो टाँसोले नराम्रोसँग चहर्यायो म कसरी मर्छु भनेर ! :(

    ReplyDelete
  7. ए के भएको रहेछ भन्ने बल्ल थाहा भयो, मेरो छिमेक लिंकमा तपाइँ हुनु हुदो रहेंछा त्यसैले पो तपाईलाई नदेखेको रहेछु ... अहिले फेरी जोडे ।

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...