Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

Happy New Year 2011

new_year_by_Bed Nath
सर्ब प्रथम -नव बर्ष २०११ को उपलक्ष्यमा म  देश विदेशमा रहनु हुने मेरा सम्पूर्ण नेट फ्रेन्ड्स (ब्लग,फेसबुक,मेसेन्जर), आफन्त, गुरुजन शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ! धन्यबाद !

Nepal Tourism Year 2011

Nepal Tourism Year 2011
देशमा अहिले Nepal Tourism Year 2011 लागी सकेको अवस्था छ भन्दा नी हुन्छ, अब केहि दिनमात्र बाकी रहेको छ  !  तर देशमा भने अझै राजनैतिक अस्थिरता र अन्योलको स्थिति ले गाज्न भने छाडेको छैन ! त्यसैले धेरै ले “Nepal Tourism Year 2011” सफल हुने कुरामा शंकै गरि’रा छन् ! शंका शंकै मै रहोस त्यो सत्य नरहोस ! किन भने यो “Nepal Tourism Year 2011”  नेपाल र नेपालीहरुलाइ विश्वमा चिनाउने राम्रो अवसर हो ! त्यसैले यो पर्यटन वर्षलाइ सफल बनाउन हरेक नेपाली जनताको सकारात्मक पहल हुनु जरुरि रहेको छ ! हरेक देष, दण्ड ,राजनैतिक प्रयोजनका घटनाहरुलाई त्यागेर देशमा आर्थिक समृद्री, शान्ति र विकाशको लागी पर्यटन वर्ष २०११ लाइ सफल बनाउनु आबश्यक रहेको छ ! हाम्रो जीवनशैली र देशको कला सस्कृति, प्राकृतिक सम्पदाहरुलाई टेलीभिज र नेटमा मात्र होइन, त्यसलाई  प्रत्यक्ष्य देखाउने र अनुभव गराउने मौका पनि हो ,यो ! जसबाट Tourist हरुले हरेक किसिमले नेपाल र नेपालीको सामिप्यमा रहेको आभास पाउने छन् !

Save The Girl Child

आज नेटमा डुल्दै जादा sunfoundationindia ले तयार गरेको  Save The Girl Child भन्ने एउटा यस्तो भिडियोमा आखा पुग्यो कि जसको शब्द र भिडियो ले मेरो मनमा धेरै तरंग पैदा गराई दियो ! निकै सोच मग्न बनायो ! धेरै पटक दोह्राइ दोह्राइ निकै बेर सम्म हेरिरहे ! हेर्दैमा खेर जादैन जस्तो लाग्यो, अनि यो सबैले मनन गर्नु पर्ने कुरा पनि हो र त्यहि भिडियो यहा शेयर गर्ने जमर्को गरेको छु ! बाकी अरु कुरा मैले केही भनिन भिडियो हेरेर नै थाहा पाउनु हुने’छ   !! 



यो भिडियो तपाई लाइ पनि मनपर्यो भने कमेन्ट गर्न बिर्सनुस तर  अरुलाई शेर गर्नु नबिर्सनु है धन्यबाद !

मेरो गफ, प्रविधि र परिवर्तन


मैले धेरै ले भनेको सुनेको छु, ‘समय कति परिवर्तनशील छ तर मान्छे भने उस्तैअनि उतिनै पटक भनेको सुनेको छु धेरै को मुख बाट ,  ‘समय परिवर्तन भएको होइन, मान्छे परिवर्तन भएका छन्, मान्छेका सोचाइहरु परिवर्तन भएका हुन्’! खैर त्यो कुरा तिर म अहिले गइन ! म यहाँ कुरा गर्न खोज्दै छु - प्रविधि र सञ्चारको विकाशले समय र मान्छेहरु (म) मा भएको परिवर्तनको कुरा !

कुनै बेलाको समय थियो मित्रताको लागी रेडियो र प्रत्र पत्रिका मार्फत 'पत्रमित्रताकायम गर्ने ! अनि कुनै मिल्ने साथीहरुको याद र सम्झनाहरु संगालेर राख्न अटो भर्ने फेसन -स्कुल देखि कलेज सम्म ! जहाँ मित्रहरुको मनपर्ने /मन नपर्ने कुरा देखी केहि विचार भाव र भावनाहरु कोरिएका हुन्थे ! कति इभेन्टहरुको स्मृति सजाउन फोटाहरु भर्दै कति एल्बम -र्याकमा थन्क्याउने- समय ! हुन् त विगतका केहि घटना र कुराहरु यस्ता हुदा रहेछन जुन उतिबेला आफुलाई त्यति ठिक र राम्रो नलागे पनि अहिले वर्तमानमा त्यो घटना या कुराहरुको सम्झनाले आफुमा कस्तो अनौठो र मज्जाको अनुभूति दिदो रहेछ ! अनि उक्त कुरा सम्झेर घरि घरि हासो लाग्दो रहेछ ! साच्ची कस्तो यो मन पनि ? अहिले आएर यसो सोच्छु -त्यो पत्रमित्रता,अटो र फोटो एल्बम ...sss !

Brazil Vs Argentina को ग्याम हेर्दा

Brazil र Argentina को मैत्रीपूर्ण खेल 17 November 2010 का दिन कतारको दोहामा भएको थियो ! त्यहि समय लाइ सदुपयोग गर्दै उक्त खेलहेर्न हामी कतारको नेशनल स्टेडिएमको रुपमा रहेको Khalifa International Stadium पुगेका थियौ ! आज त्यही खिचिएको केहि झलकहरु पोस्ट गर्ने जमर्को गरेको छु !
CIMG0279

भोकाएको पेट अघाएको जिन्दगी

thinking more
थुइया s s s ! गुनासोहरुले भरिएको साला जिन्दगी ! कति गर्नु आफ्नो गुनासो आफै सँग ! हुने जे छ त्यहि हो तर गुनासो कहिले नी सकिदैन ! आत्म असन्तुष्टी या भलै आफ्नो चित चाही कहिले नी नबुझ्ने भन्या ! कहिले यस्तो भएन , उस्तो भएन ! आज यो छैन भोलि उ त्यो हुन्न ! सोच्दा नी रना चल्छ ! नसोची बसौ भन्दा पनि यो खाली मगज शैतानको बास भन्छन ! भेल आएको जस्तो कुरा पनि कति आउने कति !


साइनटिस्ट हुन् नसके नी यस्तो माइन ठिस बनाएर सोची हेर्छु ! लाइफ पनि कस्तो ? कसरी जिउदा ठिक हुन्छ भनेर आफैले आफैलाई प्रयोग गर्न पनि नमिल्ने ! यदि प्रयोग नै गरि हाल्ने हो भने पनि , आफ्नो जीवनलाई एउटा प्रयोग देखि अर्को प्रयोगमा ल्याउन नै नमिल्ने ! किनभने एउटै प्रयोगले जिन्दगी पुरै वित्दो रहेछ ! अहिलेको जसरी जिविका नचल्ने  भन्न ठानेर  अर्कै तरिकाले जिउनु पर्ने भो भनि अब अर्को प्रयोग गरौ भन्दा पनि समय भन्दा आफ्नो उमेर (age) नै नहुने  ! यो उमेर पनि नोन स्टप बस जस्तो डाडा काटी हाल्ने भन्या !

कुरा दशैँको


Dashain Swing
Image by izahorsky via Flickr
ए ! गाठे , दशैँ त झ्याप्पै लागे छ नी ! जता ततै –दशैँ, नै दशैँको कुरा चल्या’छ ! कतिको मनमा र जीवनमा दशैँ आओस नआओस तर फेसबुको वाल भरी दशै आएको छ ! ब्लगको पेज भरी अनि मेसेन्जरको अफलाइन बक्स भरी, मोबाइलको इनबक्स भरी ……..दशैको रौनक चलेको छ ! मेसेज र शुभ कामना पनि कस्तो कस्तो आउने ! भनी साध्य छैन …. कतिपय त पढ्न नै आफैलाई अप्ठेरो लाग्ने अनि अति रमाइला, कति सकारात्मक त कति ब्यंग्यात्मक ! यो प्रविधि संगै पर्वहरुको नी प्रवृति फेरिदै गएको छ ! विकृति भनौ या सस्कृति जेहोस … चल्दैछ !







हेर्नुस न त …मलाइ ट्याग गरिएका केहि फोटो , मेसेजहरु :

निन्द्रा हराएको –रात

जबर्जस्त सुत्ने प्रयास
आज विगत बल्झेर निकै सताइ रहेछ ! थाहा छैन कुन्नि किन ? विछ्यानमा आखा चिम्लिएर घन्टौ बस्दा’नी ! पटकै दिन्द्रा पर्या होइन ! पुरै आखा खोलेर बसे झै भएको छ ! खै कस्तो उत्साह र उकुस मुकुस रहेको छ मन भित्र –थाहा छैन ! पल्टेको पल्टै छु, कसै गर्दा’नी भा’छैन ! हैन कहिले काही पनि के हुन्छ ? निदाउन नी यति गाह्रो ? मान्छेहरु भन्ने गर्छन,’खान र सुत्न’ त कति आनन्दको काम अनि कति सजिलो अनि निकै मज्जाको कुरा पनि ! तर मलाइ त्यस्तो लागेन ! सबै भन्दा गाह्रो काम त – सुत्नु पो रहेछ जस्तो लाग्यो !  

दशै अनि तिहारलाई सम्झंदा

भखरै दशैँले विदा लिएर गयो ! अब एक बर्ष सम्म उसको छुट्टी हुन्न रे ! त्यसैले बर्ष दिन पछी मात्र आउने बाचा गरेर गैच ! हुन् त यो परदेशीलाइ के दशैँ, के को तिहार अनि  के उत्सब ! सधै हतार र व्यस्तताले च्याप्न छाड्ने होइन ! सधै व्यस्त लाइफ, कती दु:ख, पिर र बिरहको कुरा मात्र गर्ने भन्ठानेर यस पटक छुट्टी नभए पनि यसो समय एडजस्ट गरेर दशैँ मनाउने सल्लाह भएको थियो - कम्पनीको साथीहरु सँग ! त्यहि अनुरुप सबै कुराहरु जोडजाम गरियो ! दुइ तिन हप्ता अघि देखि नै तडक झडक गरियो ! घोर्ले खसी देखी अलुमुनियम फोइलमा बलौटे माटो राखेर जमेरा राख्न नी भ्याइयो ! सबैमा रहर र उत्साह पनि निकै राम्रो थियो - यो मरुभूमिमा पनि कानमा जमरा र निधार भरि रातो टीका अनि मिठो भोज खादै रमाउन पाइने भो भन्दै ! ‘चार पाच बर्ष भो टीका नलगाएको’, ‘ठ्याकै आठ बर्ष भएछ -कहिले'नी दशैको टीका लगाउन जुरेन’, ‘मेरो नी निकै भो टीका नलागाएको’ ….. यस्तै यस्तै भन्दै हुनु हुन्थो साथीहरुले !
नभन्दै दशैँले समय र साइतमै पाइला राख्यो हाम्रो कम्पनीको क्याप भित्र पनि ! मंसाहरिको लागि खसीको तातो मिठो परिकार अनि साहाकरिको लागि पुलाउका साथै केहि ड्रिंक र आफैले तयार गरेका जाड पनि रेडी थियो ! तर एउटा हास उठ्दो र मन खिन्न हुने कुरा के थियो भने ! जमेरा राखिएको थियो तर त्यसले उम्रिन जानेन या सकेन ! त्यत्रो दिन हुदा पनि टुसाएको पनि होइन ! जमेरा पनि मैले नै राखेको, सायद ढंग पनि पुगेन की जस्तो लाग्यो ! कहिले परेको भए पो थाहा होस  ! यो त यसो रहर पलाएर पो तरखर गरेको थिए ! या त …मकै नै त्यस्तो भएर हो कुन्नी ? त्यसैले जमराको खड्को पर्यो अनि फुल पनि हामी सँग थिएन

म, पाहुना र भोज

निकै दिन भै सके’छ ब्लगमा अपडेटको मेसो नगरेको ! त्यसैले  आज पुराना आफ्नै कुराहरुको  गन्थन मन्थन गर्न मन लाग्यो !  कुरा ५१ , ५२ साल तिरको हुदो हो ! म बाबा सँग भोजपुर गएको थिए ! त्यहि समयमा एक दिन म मामा घरको पाहुना हुन् पुगेको थिए (पहिलो पटक ) ! त्यस दिन बेसीमा रोपाइँ चल्दै थियो ! अनि त्यहि बाट दिउसो तिर शिरको टोपी नै झर्ने गरिको उकालो चढ्दै मामा घर लागे - बाबाको पछी पछी ! मैले कहिले पनि देख्दै नदेखेको मामा, माइजु , हजुरबा, हजूर आमा  सबै सँग भेटघाट गर्न पाए, खुसि लाग्यो ! अनि किताबमा चाडपर्वमा मामा घर जाने कथा पढेको सम्झे - कता कता मन चंगा झैँ भो !
केहि बेरको कुरा कानी पछी ,छ्यामाले नानि खाजा खान आउ भन्दै एक अम्खरा पानि दिनु भो ! अनि खाजा भने पछी -मन खुसी भो ! आफुलाई भने  दिउसो घाममा हिड्दाको थकान र भोकले संगै सताइ रहेको थियो ! मस्तले (राम्ररी) हात धोए र एक घुड्की चिसो पानि पिएर भान्सा भित्र पसे - टन्न खाने सोचले !  झमक्कै  साझ परि नसकेको भए’नी - हल्का अध्यारो देखिन्थ्यो, त्यो भान्सा  ! बाबा र हजुरीहरु मगर भाषामै के के कुराकानीहरु गर्दै हुनु हुन्थ्यो ! म ज्ञानी नाति जस्तो भएर चुप चाप पिरामा पलेटी कसेर बसे - अगाडी माने डबुकामा हान (जाड) , सिंकीको अचार अनि एउटा कचौरामा भूटेको भटमास र मकै !

मेरा आफनै सोचाईहरु

1) "मलाई पनी त नवीन सोच सहितको नौलो जीवन लिएर बाच्ने रहर छ , मलाई पनी त एउटा उद्देश्य लिएर , एउटा संसार सिंगार्दै धेरै सपना सजाउने रहर छ ..........मेरो एउटा सद्दिच्छा छ की मैले पनी यो विश्व मानव संसारको , यो समाजमा  महत्वपूण र जीम्वेवारी पुर्णको असाधारण कार्य गर्न पाउ ....... "

2) "जो कोहिले मेरो देहान्तलाई यस धर्तिमा वा धर्तिलाई मेरो आवश्यकता छैन या पूर्ण भयो अथवा आवश्यकता रहन छाड्यो भनेर भुझिदिनुहोला - नत्र त यस समाजमा मेरो खाँचो रहून्जेल सम्म बाच्ने छु र जिउने छु ...... "

मेरो आफ्नै सोचाईहरू

.... धर्म वा देवताको बारेमा मैले जती नै कटुता पोखिरहेको हुन्छु, त्यति नै धर्ममा विश्वाश गरिराख्या हुन्छु, त्यसैले त म अर्थात कसैको आलोचना गर्नु पनी उसलाई सम्झनु हो वा उसलाई राम्रो भएको देखन ( हेर्न ) वा सुन्न चाहानु हो !

गजल

Love you bed nath blog
मिठा मिठा शब्द संगै, यो दिल नै सारा हजुरको !
बोल्दा मात्र ठिक्क पार्ने, यो कस्तो पारा हजुरको !!

संगै जाउ घुम्न डुल्न, कती गरियो अनुरोध !
टार्ने कुरा हुन्छ सधै, यो कस्तो झारा हजुरको !!

नाटक

desert-travel-walk
मंचन गरिएको स्थान :-
परदेश !
दृश्य :-
बहादुर स्वाभिमान
शिर झुकाइ -
नतमस्तक रहेको छ !
पसिनाले शिर देखि पैताला सम्म रुझेको छ !
हातभरि उठेका ठेला हासिरा’छ !

सुनसान बगर !
प्रचण्ड तापक्रम मरुभूमिको !
एक तमासले
उराठलाग्दो चैतको तातो हावा झैँ
बतासिएको छ , धेरै सपनाहरु उडाउने गरी !
निर्देशन :-




गजल

Bed Nath
आ’एको कुरा भन्दिए, जानेको त्यति हो !
मि’लेको कुरा मिलाए, छानेको त्यति हो !!

ल’ड्नेहरु लडेकै छन्, आखिर के भो र ?
बु’झ्न ढिला भएको छ, मानेको त्यति हो !!

Museum of Islamic Art

Museum of Islamic Art -Bednath (Doha) (3)

Museum of Islamc Art समुन्द्र भित्र रहेको एउटा अद्भुत, ऐतिहासिक र कलात्मक कुराहरुले भरिएको कतारको ठुलो र  राम्रो संग्राहालय हो !  विशेषत: अरबिक सभ्यतालाई जगेर्ना गर्ने उद्देश्यले बनाइएको यो Museum दोहाको Corniche मा अबस्थित छ ! December 2008 देखि सर्बसाधारणको लागि खुल्ला गरिएपछि भने ,यहाँ आउनेहरुको निकै घुइचो बढेको छ !
करिब १ बर्ष अघि म पनि केहि साथीहरु सँग (1 September,2009 मा) घुमफिर गर्न गएको थिए ! म लगाएत केहि मित्रहरु विदा बनाउन घर फर्कने तरखरमा थिम सोहि समयमा यसो केहि  घुमफिर गरौ भनेर हामि हाम्रै कम्पनिको गाडी लिएर Museum of Islamic Art पुगेका थियौ ! हाम्रो गाडी पार्किंगमा रोकिएको केहि बेरमै एउटा सानो ६ चक्के गाडी आयो -हामि लाइ लिन ! पर्यटकहरुलाई चर्को घाम बाट बचाउन त्यो गाडीको व्यवस्था गरिएको रहेछ ! उक्त गाडीले museum जाने लिफ्ट सम्म लगेर छाडिदियो ! मनमनै सोचे कस्तो राम्रो सुविधाहरु उपलब्ध गराएको अनि पाउनाहरुको निकै ख्याल गरिदो रहेछ ! त्यहाँ बाट corniche हेर्दा म कुनै मरुभूमिमा आएको छु भन्ने कुरा नै विर्सिएछु ! सबै तिर हरियाली र सुन्दर दृश्यहरु !

म एउटा असल मान्छे !

मुलुकाको अवस्था एउटा दीर्घ रोगीको जस्तो देखेर निकै चिन्ता लागेर आयो अनि कता कता कसै कसै प्रति रिस पनि ! तर मैले किन बिथाको चिन्ता लिनु, न त्यसले निकाश नै ल्याउन सक्छ न मेरो स्थितिमा परिवर्तन नै बरु आफ्नै स्वास्थ्य खराब हुने सम्भाबना भने पक्कै छ ! अनि रिस कसलाई देखाउने ?? समाचार हेर्ने हुन्न - ३६५ दिन नै गाइजात्र भएको थाहा हुन् आउछ ! संबिधान बनाउन भनेर बर्ष दिने म्याद थपेको पुरा हुने बेला भो … त्यसको थालनी सम्म गरेका होइनन – नेताहरुले ! अहिलेको उनीहरुको रबाफ हेर्दा यस्तो लाग्छ संबिधान होइन सरकार बनाउन र भाता पचाउन पो म्याद थप्या रहेछन ! हेर्नुस न अहिलेको प्रमको चुनाब पनि हामीले सानामा खेल्ने जोक जस्तो छ - त्यस्तो चुनाब पटक पटक लड्ने पनि को भन्दा कुनै बेला देशका आदर्श मानिएका लिडर रे ! मलाइ त नाम सम्म लिन नी सरम लाग्छ !

धुम धामको घुमघाम

धेरै दिन पछी आज पुन: घुम घामको मेसो मिल्यो ! मौका , समय र साथीभाई मिले पछी अरु के  चाहियो र - डुल्नको लागि ! विहान ‘मार्खिया’ बाट शुरु भएको यो यात्रा  -‘दोहा’ , ‘मतार कदिम’ अनि सोझै ….. नोन्न स्टप ‘समाल’ (कतारको -इरान र बहराइनको सिमा छेउ ) हानिएको थियो  !   ५२ डिग्री सेल्सियस तापक्रमको तापमान कम गराउन ‘समाल’ बाट ‘अल्खोर’ गइ पौडी खेल्नु परेको थियो ! 
Bed Nath Pulami (13)
Live Life One Day at a Time………

गजल

gazal bed nath
कहिले रिसाउने,कहिले खुसाउने, तिम्रो मुडको चाल भो !
तिमिसंगै डुल्न खेल्न पाउदा, अरु सबै कुरा बाल भो !!

फुर्सदका कुरा

के गर्ने कसो गर्ने ! (सोच्दै छु ), हुन् त भर नभएको मान्छेको टुंगो नी नहुने ! जति खेर फोन आउछ उतिखेरै उतै कुदौला भन्ठानेर कम्पुटर मै घोत्लिएर बसे - त्यो पनि फेस बुकमा ! त्यति कै मा झट्ट सम्झे साथीहरुले आफ्नो फोटोहरुलाइ केहि गीतहरु राखेर भिडियो बनाइदिनु भन्नु भएको थियो , जुन नेपाल फर्कने गाउघरका साथीहरु संग हाता लागाएर घरमा पठाउनु छ ! अनि राम्रो गीतको कलेक्सन भए २/४ सिडी र डिभिडी पनि बनाइदिनु है - भनेका थिए ! विदाको दिन मस्तले हेर्दै बस्नु (मज्जा लिनको लागि ) को लागि !

तेश्रो बर्ष तिर लम्कदा

समय वितेको पतै नहुने , आज भनो भोलि भनो - अनबरत रुपमा बहिरहेछ ! घर छाडेको नी निकै भएछ , देश संकट ग्रस्त भएको नी धेरै भएछ , मुलुकमा शान्ति आउछ अनि घर फर्केर केहि दिगो हुने उधम गरौला भन्ने आशा गरेको’नी निकै भएछ ! हिजो हो जस्तो लाग्छ नाङ्गो खुट्टा लिएर / सिगाने भएर धुलोमा खेलेको अनि झुम्रे बल लाइ लातले हानेको ! अनि अहिले ति सब - हेर्दा हेर्दै / समझदा सम्झदै एउटा अतित भएर बसेछ , एका देशको कथा भएछ !
bed nath blog (6)

कन्ट्रयाक्टमा चलेको जिन्दगी !

केहि सोची रहन सकेको छुइन ! काम कहिले’नि सकिदैन –सधै हतारै हतार मात्र हुन्छ ! भरै , भोलि त फुर्सद निकाल्न भ्याउला नि ! अह ! फुसद चाहेर नि निकाल्न सकिएन बरु अझ बढी हतार , व्यस्त, तर उपलब्धि जेरो जस्तो लाग्छ ! ट्रेन जस्तो सधै उही रफ्तारमा दौडिया’या छ एउटै लिक समाएर ! भनौ गन्तब्य पुगिदैन या यात्रा अविरल छ ! देशमा मान्छे लाइ कयौ नौटंकी जात्रहरु गर्न फुर्सद छ , इभन देश चलाउने ठुला बडाहरु लाइ पनि !
कहिले काही यसो समय मिलाएर साथि भाइसंग मिल्ने मेसो मिलायो , विदाको दिन पारेर (शुक्रबार) ! भेट्न जान रेडी भयो –त्यतिकैमा फोन आउछ अनि भन्नु पर्छ –“ओके, आइ विल बि ब्याक“ ! अनि साथि संग फोन बाट “सरि म आउन सकिन” भनेर पुन: काममा जानु पर्ने हुन्छ  ! मलाइ थाह छ , त्यो सरि भन्ने शब्द सुन्नु पर्दा सुन्ने लाइ कति नमज्जा हुन्छ भनेर , किन कि मैले नि भोग्या छु ! अनि अझ सरि भन्ने लाइ कस्तो  होला ! बेफुर्सदिलो मान्छे ! त्यसैले मेरो नम्नर ‘’छ जेरो जेरो छैन जेरो जेरो” मा कल गर्ने कोसिस नगर्नु होला , यो सधै सुइच अफ हुन्छ किन कि म संग पर्याप्त रिचार्ज काड किन्ने मनग्ये स्रोत छैन ! मलाइ मेरो देश ले नजन्मदै बोकाएको ऋणको भारिले थिच्या छ , मलाइ मेरो परिवारको खुसीले बाधेको छ ! अनि खोक्रो आदर्श र इजतले रोक्या छ !



गजल

आपे, हाब्रे, गोक्ते, हाम्रा -उप नामको कुरा !
रम्ने,खेल्ने ,जिस्कने  - हाम्रा गामको कुरा !!

काम छैन ,फुर्सद छैन, दिनभरी डुल्ने !
लंगुर्बुजा,तास ,ढुस - हाम्रा कामको कुरा !!

गजल

हरपल तिम्रो याद आउने, मायाको मात कस्तो !
शब्दै पिच्छे चोट दिने, निष्ठुरीको बात कस्तो !!

पुरा जीवन संगै जिउने ,बाचा बन्धन थियो  !
यात्रा आधा  नगर्दै , छाडी जाने साथ कस्तो !!

गाउघरको सम्झनाहरु

लौ आज मेरो गाउको यात्रा गरौ न त ! जहाँका तस्विरहरुले मलाइ सधै बाल्यकालको झलकहरु  ताजा गराई रहन्छ ! तपाइँ लाइ कस्तो लाग्छ कुन्नि (सायद मन नपर्न पनि सक्छ !) तर मलाइ प्यारो र आत्मीय लाग्छ, सायद मेरो कुनै अंग नै हो -मेरो गाउ ! सुन्दर अनि स्वच्छ हावापानी , रमणीय अनि निश्चल जीवनशैली रहेको स्वर्ग झै लाग्छ  !
www.bednath.blogspot.com

यात्रा मरुभूमिको



ठ्याकै बर्ष दिन पछी पुन: Sea Line Beach को यात्रा गर्ने मौका जुरेको छ , सुक्रबार -२८ मे २०१० दिन !

सहमति

विरोधदेशमा हिजो !
प्रजातन्त्र ल्याउन नि !
देशबाट राजा फ्याल्न नि !
सबै एक भै अघि बढ्न नि !
भा'थ्यो हामि बिच - सहमती !!!

डायरीको पानाबाट

 चैत १२ गते , २०६० साल / 15 March 2004
मेरो एउटा समस्या छ , त्यो हो ऐठन (अइठन - यानी सुतेको समयमा श्वास फ्रेन गाह्रो हुनु- मेरो बुझाइमा / मैले सुने अनुसार ऐठन को अर्थ ) हुने ! जुन मलाइ सानै उमेर देखि नै हुदै आइरहेको छ ! दिउसो सुते भने विरलै रुपमा कहिले काही मात्र हुने गर्छ भने राति चाही प्राय: धेरै जस्तो हुने गर्दछ ! यस बारेमा मैले धेरै सोचे किन ? कसरि ? र के कारणले हुन्छ ? भनेर (सोच्नु सिवाय म संग त्यस्तो के नै ज्ञान छ र ! ) !

अस्वस्थ्य देश

कुनै वेला मैले पढ्याथ्ये
स्कुले पाठ्यक्रममा
- क्लास पास गर्नको लागि !
(मेरो -ज्ञानको लागि
पढ्ने हुत्ति नै कहा छ र ! )

स्वास्थ्य व्यक्तिमा हुनु पर्ने गुणहरु भनेर

नेपालीको सभ्यतालाई चिनाऔ

bednath blog
हप्ता दिनमा एक पटक छुट्टीका दिन आरामको अनुभूति गर्ने कतारमा बस्ने नेपालीहरु आज विहानै देखि ओक्रा सिटीको सामुन्द्रिक किनारमा देखिए ! उनीहरु देशमा भएका राजनैतिक गतिविधिहरुले गर्दा आफ्नो मुलुकको छवी धमिलिदै गएको अवस्थामा आफ्नो स्वाभिमान र सभ्यतालाई अशल देखाउन एक जुट भएका थिए !

तिम्रो सम्झनामा

bednath blogspot धेरै भो तिम्रो सम्झनामा
एकान्तमा
टोल्याएर नबसेको ...
धेरै भो तिम्रो नाममा
कलम नचलाएको ...
धेरै भो तिम्रो नाममा
दुई शब्द नखर्चेको ...
त्यसैले ,

केहि गफ गाफको कुरा

माघको जाडो ...त्यसमा सिमसिमे पानि परिरा'छ ..एकोहोरो तालमा..., खना खाएका जुठा भाडा बर्तन त्यतिकै ... लडीरा' मलाई नै हेर्दै ! आम हड्ताल भएका ले - आज बस गाडीहरुको हर्नले हैरान पार-या छैन - शान्त छ देश ( हामीले खोजेको जस्तै ) ! कलेज लागेन - पढाई बन्द ! पार्ट टाइम जब छैन अनि वेरोजगारी र फुर्सदिलो भएर गफियो ...हेर जागरूप युवाले समयको सदुपयोग गरेको ! मान्छेहरुले अफिस धाउनु परेन , अनि रमिते हुन् सडकमा निस्किए ... कति खेर , काहा , के हुने हो भनेर ? अनि भन्छन आज कति मज्जाको दिन भो !

मनकामना र केवुल कार

मुलुक'मा केवुल कार आएको उतिबेलै हो (अहिले त निकै भै सक्यो ) , ठ्याकै मिति भने थाह भएन ! तै पनि किताब र टेलिभिजनमा हेरेर त्यो के’बुल कार लाइ जान्या’थे , देख्या'थे ! मेरो विदाइको केहि समय (नेपालमा) बाकि रहेकै समय भएको ले गर्दा - अझै कतै डुल्ने मनस्थिति मै बसेको थिए ! अनि  ममीको …थिर्थाटन गर्ने धोको र मेरो केबुल कार चढ्ने – अनि त के चाहियो ! पशुपतिको जात्रा सिद्राको ब्यापार भने झै भयो !

होलि र भाङगको लड्डु

होली पर्व, रंगहरुको पर्व यानी रमाइलोमा तिहार पछिको दोस्रो लाग्छ - मलाई । तिहार रंगीचङ्गि बतिहरुको रौनकमा बित्छ भने होली सप्तरंगी रंग र लोलाह को उमंग्गमा जम्छ । यती खेर खूब गाउघरको याद आउछ - अनि टिनएजको  तमासा । होली भने पछि खूब बडेमानका दिनहरु- मेरो मानसपटलमा सलबलिएर आउछ कलरफुल हुदै .....।

Google Chrome Extensions

के तपाईलाई Google Chrome Extensions को बारेमा थाह छ ?
आज म त्यहि Google Chrome Extensions हरुको कुरा गर्दै छु ! के गर्ने आफु संग केहि छैन अनि अरुकै कुरा (गुगल कै ) भए पनि लिएर आएको छु ! मलाइ त यसको प्रयोग निकै राम्रो लाग्यो र सहज पनि त्यसैले - यो पोस्ट मा एउटा टासो को रुप मा थप्दै छु ! हन त St. Valentine को सम्झनामा भ्यालेन्टाइन स्पेसल को कुरा गर्नु पर्ने हो - १४ फेब्रुअरी नजिकी रहेको मौसम छ तर मैले ब्लग पोस्टमा यस पाला भने त्यसको कुरो उठाइन है ! दिपक जी ले एक पटक आफ्नो एउटा पोस्टमा - सरस्वती पुजा को टासो भन्दा Valentine Day को टासो लाइ नै बढी महत्व दिईन्छ भन्नु भा'थियो, उहा को कुरा सहि नै हो जस्तो लाग्छ  (प्रसंग बस कुरा मात्र निकालेको हु है दिपक जी - अन्यथा नलिनु होला )  ! अनि  बाकि Valentine Day को कुरा Facebook मै गरौला !

नाम बिर्सदा

लगातार घडीको आलम बजिरह्यो … टिरिंग2 ssssssssss ….। म ब्युझे ४: १५ भै सकेको रहेछ । मेरो आखा केहि बिजाई रहेकोले - निन्द्रा नपुगेको भान भो ,हुसुले पुरै शहर नै छोपेर राखेको रहेछ । चिसो सिरेटोले सिरक फाल्ने वितिकै मुटुमा धक्का दियो ।  हतपत उठेर नुहाउन लागे , मलाई थाह छ – हिउदामा धाराको चिसो पानिमा नुहाउनु कतिको गाह्रो हुन्छ भनेर ! ( के गर्ने सिउ सिउ गर्दै भए’नि नुहाए )

इलामको चियाबारी


घुम्न डुल्न भन्ने पछी कसलाई मन पर्दैन होला - जस्तो लाग्छ मलाइ | मेरो त मन नै फुरुंग हुन्छ , अझ सानामा म भोलि पिकनिक (बनभोज ) छ , या कतै नया ठाउमा कामले या अन्य कुरा कै लागि जानु छ है भने पछी - रात भर कोल्टे फेर्दै फुर्सद नहुने !  हैन निदाउन पनि कति गाह्रो हुने , कहिले बिहान हुन्छ र त्यो ठाउमा पुग्ने हो भन्ने उत्सुकताले गर्दा  - अनिदो ताल मै रात गुजारिन्थ्यो !  
 ilam2
यस्तो आतुरी हुन्थ्यो डुल्न घुम्न भने पछी ! धेरै त होइन केहि भए पनि  नेपाल र भारतको रमाइला ठाउहरु घुम्ने मौका पाएको छु - मैले  ! कतारको भने भ्रमण गर्न योग्य ठाउहरु सायदै सबै पुग्न भ्याए जस्तो लाग्छ ! 
डुल्ने सिलसिलामा - यसपटको नेपाल बसाइको क्रममा - कति आफु मात्र डुल्ने आफ्नो जस्तै परिवारमा हुनु हुने ममी ड्याडीहरुलाई पनि त घुम-घाम गर्न रहर लाग्दो हो अनि स-परिवार डुल्नु को मज्जा पनि अर्कै आउने भन्ठानेर - ७ नोभेम्बर २००९ मा , हामि पुरै फ्यामिली - इलामको रमाइलो चियाबारी हेर्न निस्कियौ !

भोजपुरको यात्रा

आज को पोस्टमा ताजा कुरा भन्दा पुरानो कुरा लाइ लिएर आएको छु  !   यसपालाको तिन महिने विदा काट्न नेपाल गएको बेला पुर्वी नेपाल को सुन्दर ठाउँ भोजपुर डुल्न गएको थिए ! हो त्यहि यात्रा को थोरै कुरा सहित केहि सुन्दर फोटोहरु सजाउदै छु आज को पोस्टमा !
१४ आश्विन –२०६६ ( सन् 30 sept 2009) का दिन ओम र मेरो सल्ला अनुसार - हामि दुवै ले आ-आफ्नो ममी  लाइ (ममीको माइत - यानी हाम्रो मामा घर ) घुमाउन संगै हिडेका थिम !  हामि दुबै हिड्न घुम्न भने पछी हरुकै - त्यसमा पनि ओम लाइ फोटो खिच्न कसले भेट्ने ! धरान , धनकुट्टा ,भेडेटार , हिले को रमणीय दृश्य अवलोकन गदै - ठाउ ठाउ मा फोटो खिच्दै र रमाउदै , गफिदै अघि बढीम - हामी | यस पोस्टमा ओमका फोटोहरु धेरै पोस्ट भएका छन् - फोटोग्राफर ओम लाइ - फोटा का लागि धन्यबाद !
ओम र ओम को ममी अनि म र मेरो ममी - लेगुवाघाट बाट छुटिम, जानु पर्ने एउटै ठाउ

Bed Nathको B'ज्ञान




हेरऔ न त Bed Nathको ‘विचार विज्ञान’ यानी B'ज्ञान, हल्कागफको थोरै ध्यान - यस्तै छ मेरो ज्ञान !!
अंग्रेजी सब्द को सेकेण्ड (दोस्रो) शब्द B बाट शुरू भएको Bednath (म) र सेकेण्डपटक लेख्न बसेको (खप्तड बाबा पछि ) 'विचार विज्ञान' ! B सेकेन्ड शब्द हो , यसलाई पनि आफ्नै विचार प्रयोग गरेर बुझ्ने हो भने – सेकेन्ड यानी दोश्रो भने पनि हुन्छ या सेकेन्ड यानी उल्लु भएर ग्वाजे तालले हेरेर बस्ने हुस्सु (सेकेन्ड) ! त्यो तपाई आफै ठम्याउनुस – आफ्नै विचार प्रयोग गरेर !
Related Posts Plugin for WordPress, Blogger...