Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

भोजपुरको यात्रा

आज को पोस्टमा ताजा कुरा भन्दा पुरानो कुरा लाइ लिएर आएको छु  !   यसपालाको तिन महिने विदा काट्न नेपाल गएको बेला पुर्वी नेपाल को सुन्दर ठाउँ भोजपुर डुल्न गएको थिए ! हो त्यहि यात्रा को थोरै कुरा सहित केहि सुन्दर फोटोहरु सजाउदै छु आज को पोस्टमा !
१४ आश्विन –२०६६ ( सन् 30 sept 2009) का दिन ओम र मेरो सल्ला अनुसार - हामि दुवै ले आ-आफ्नो ममी  लाइ (ममीको माइत - यानी हाम्रो मामा घर ) घुमाउन संगै हिडेका थिम !  हामि दुबै हिड्न घुम्न भने पछी हरुकै - त्यसमा पनि ओम लाइ फोटो खिच्न कसले भेट्ने ! धरान , धनकुट्टा ,भेडेटार , हिले को रमणीय दृश्य अवलोकन गदै - ठाउ ठाउ मा फोटो खिच्दै र रमाउदै , गफिदै अघि बढीम - हामी | यस पोस्टमा ओमका फोटोहरु धेरै पोस्ट भएका छन् - फोटोग्राफर ओम लाइ - फोटा का लागि धन्यबाद !
ओम र ओम को ममी अनि म र मेरो ममी - लेगुवाघाट बाट छुटिम, जानु पर्ने एउटै ठाउ
- भोजपुर नै भए पनि - किन भने उनीहरुलाई सिधै अरुण को तिरै तिर जानु सजिलो थियो भने हामीलाई - अरुण पारि जरायो टार हुदै  पुग्नु सजिलो अनि पारि बाट पनि ट्याक्सीहरु जाने गर्छ भन्ने सुनेर हामि आमा छोरा बिहान को ४: ४५ बजे (लेगुवा बाट ) नै लेगुवाघाट को झोलुङ्गे पुल ( नेपाल को सबै भन्दा लामो झोलुङ्गे पुल ) बाट पार भाइम !
खुसीको कुरा त्यस्तो विकट ठाउमा पनि ग्राभेल सडक थिए ! सोचे कति कठिन भो होला , कति मिहनेत लाग्यो होला ! सडक बनाउन ! तै पनि - मोटर मा गुड्न पाइने भो | अपशोस ! दशैँको समय र त्यहा भएको काण्ड ( केहि दिन आघि मात्र प्याउली मा - एउटा बसमा केहि मानिसहरुले आगो लगाउने प्रयास गरेका थिए रे ! ) ले गर्दै फाटफुट केहि ट्याक्सीहरु मात्र चलेका रहेछन ! त्यसैले हामीले गाडी पाएनौ , तै पनि बिहान को ९ बजे सम्म जरायोटार भन्ने ठाउमा गाडी चढ्न पाउने आश ले निकै बेर बस कुरेर बसिम ! अब ! ११ नम्बार को दुइ खुट्टे आफ्नै गाडी ( आफै) नचलाई सुखै मिलेन !
मैले पहाड डुल्न/ हेर्न जति रमाइलो र खुसि लाग्छ भन्ने मन मा सोचेको थिए त्यो भन्दा हदै कष्ट भोगे झैँ लाग्यो - उकालो कहिलै नसकिने , हैन कति वटा डाडाहरु (पहाड ) पारगर्नु पर्छ | अनि जंगल को बाटो कति भयानक १/२ घण्टा सम्म हिड्दा पनि एउटै गाउ नआउने, एउटै घर देखा नपर्ने ! बेला बेलामा बाटामा हिड्ने (यानी प्याउलि जाने - हामि जाने तिर नै ) बटुवाहरु नभेटिने होइन तर के गर्ने उनीहरु संग हामि काहा हिड्न सकिदो रहेछ ! मलाइ त हरेक ३० / ४० मिनेट हिडे पछी बस्नु पर्ने , त्यो नाकै छुने उकालोमा ! दिउसो को घामले उस्तै पोल्या’छ (गल्फ मा जस्तो चाही होइन है ) राता माटो सट, पेन्ट भरि लागेर…….. - जेहोस हेर्न लाइक को भएको थिए !
धेरै हिड्नु पर्छ भने म त जान्न है ! ‘हैन अहिले त मोटर उही सम्म पुग्छ ‘, त्यस्तै बढीमा १ / २ घण्टा जति पर्छ ! “ यहि सुनेकाले म - भोजपुर यात्रा मा हानिएको थिए ! रमेश दाइ , प्रकाश दाइ अनि राम भान्जा पनि त्यसै भन्दै थिए म त एकै दिनमा मोटर मै उही पुगेको ! तर साध्ये छैन मैले कति हिड्नु पर्यो कति …विहान बेलुका (आलातुल) ! यो मेरो छुट्टै अनुभव भो नेपाल बसाइ को ! कता कता सोचेको थिए अब त झुकिएर नि जान्न ! तर अहिले लाग्छ - हैन पुन : जाने छु बेसरी डुल्ने गरि ! फेरी अब ३/४ बर्ष पछी जादा त मोटर गाडी मामा घरैमा पुग्ला नि !
म एउटा लाठे , छोरो त गलेर हैरान थिए !  बुढी भै सक्नु भएको ममी लाइ कस्तो सास्ती होला भनेर बाटा मा म वेला वेला सोध्ने गर्थे - ममी गल्नु भएन ! कसरि पुग्ने ? ममी को साहसिलो बोलि आउथ्यो ‘आ ! भरै साझ सम्म त पुगी हालिन्छ नि ! नभए बास बस्दै जाउला नि !”
बाटा मा भेटिएका साथीहरु संग गफ गर्दै हिड्दा उनीहरु ठाउँ ठाउमा खाजा खाने भन्दै ',’डबुका भरि छ्यांग, (जाड) नखाई अब सकिन्न भन्दै सानो सानो होटल ( आफ्नै घरमै –खाना/ खाजा खाने व्यवस्था भएको ठाउ) मा थाकाइ मार्ने गर्द'थे !  आफु भने अल्टर परियो - चिकन सिकन , मटन , फुल फराई पनि नचल्ने अनि खाना पकाएर खाउन जेल - साथीहरुले पर्खिएर नबस्ने ! मिनिरल वाटर खादै हिडियो , त्यो पनि खोल्सा (जाहा ढुंगाको च्याप - जाहा बाट पानि आएको हुन्छ ) बाट भरेर !
धन्न एक ठाउँ (त्यो ठाउको नाम मलाइ अहिले याद भएन ) बाट एउटा ट्याक्सी भेटीम तर निकै हाउस फुल भएको तर निकै अनुरोध गरे पछी – मोटरा’मा सरर १ घण्टा पछी हामि प्याउली भन्ने ठाउ सम्म पुगिम अनि त्यहा बाट त फेरी ११ नम्बर …..  सिस्नेरी , Yanpang हुदै खानि गाउ - मेरो मामा घर ! नभन्दै साझ मा त पुगी हालिम नि !
हुन् त यो मेरो भोजपुरको बसाइ पहिलो भने होइन ! म सायद २०५१/२०५२ (१४/ १५ बर्ष पहिले)  तिर करिब एक महिना जति हिडेको थिए , डुलेको थिए ! तर त्यति वेला डुल्ने आदत थिएन - कामको सिलसिलामा बुबा (ड्याड) संग गएको थिए ! तर अहिले निकै फरक थियो , सबै तिर बाटाहरु बनाउने काम हुदै थियो ! विजुली पनि ठाउ ठाउमा पुगी सकेका थिए ! कतै कतै सोलार राखिएका घरहरु देखिन्थे ! निकै आत्मीय भाव भएका छर छिमेक र आफन्तहरु पाए ! तर  युबापिढीहरुमा केहि शहरिया बातावरणको प्रभाव देखिन्थ्यो (विशेष त लगाई खुवाई मा ) अनि  जाड रक्सि , गाजा अनि लंगुर बुर्जा (धाइस को ) लत देखे !
भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने  ) को विच मा लाग्ने  चम्पे बजार भर्नुको मज्जै अर्कै !
हावापानीको हेरफेर ले गर्दा - हल्का बिसन्चो भएकोले अलिक सोचे जति डुल्न सकिन ! बल बल मामा घर गएको त्यो पनि - सुतेर ढल्नु पर्दा भने अलिक नमज्जा लाग्यो !
फर्कदा हामि खानि गाउबाट सिधै पारि संखवासभा हुदै फर्किएका थियौ ! सातटारे आएर त्यहा पनि निकै अबेर सम्म मोटर कुरेर बस्यौ तर सिट फेला पार्न सकेनौ ! जतिनै गरे पनि पार चलेन ! म त जादै तर्सिएको थिए - त्यहाको उकालो ओरालोसंग बरु जतिनै भाडा (फिस ) तिर्नु परे पनि परोस तर कुरेरै जाने भनेर मैले ममी लाइ फकाए तर त्यहाँको अनौठो चलन ले - हिस्स पा-यो ! कुनै पनि गाडीले विचको प्यासेन्जर लाइ गाडीमा नचढाउदो रहेछ किन भने ! लेगुवाघाट - भोजपुर भने झैँ सबाय - लेगुवाघाट को डाइरेक्ट प्यासेन्जर ले पुरै गाडी भरिएको हुदो रहेछ अनि - विचकालाइ त चान्स नै भएन ( सायद - दशैँको टाइम भएर पनि होला ) !
म हारेर बसेको थिए - पछी एउटा ट्याक्टर आयो !  बरु त्यसै मा ममी लाइ राखे अनि म पनि चढे त्यसैमा –यहा बर्णन नगरु होला - ट्याक्टर चढ्दा कस्तो हुन्छ भनेर , त्यसमा पनि पहाडको ग्राभेल सडक मा ! उफ ! धुलो , त्यसको उफ्राइ ! ( नासम्झौ होला ) …. “कालो कालो रेल को धुवाले , म त कालो हजुर , छाता ओढ्दै नओढ्नाले .......”

9 comments:

  1. भोजपुर भन्नेबित्तिकै मलाई पनि ५० सालतिर घरमा नभनी सुटुक्कै घुम्न हिंडेको घटना याद आउँछ । जीवनमा आनन्दका क्षणहरु सम्झनु पर्दा म पनि भोजपुर यात्रालाई सम्झने गर्छु , त्यो बेला भने निक्कै दुख पाएको थिएँ मैले पनि ।

    तपाईंले सचित्र भोजपुर यात्राको वर्णन गर्नुहुँदा पुरानो कुराहरु याद आए ।

    ReplyDelete
  2. निकै रमाईलो यात्रा विवरण रहेछ। यो पढेर फोटोहरु हेर्दा मलाई पनि एक पटक "जाउँ- जाउँ" भा' छ है !

    ReplyDelete
  3. एकदमै कुँदिएको लेखाई लाग्ने पढ्दा...आनन्द आउने । भोजपुर त पुगिएको छैन तर ओम अनि ओमको ममी;तपाई अनि तपाईको ममी अनि म पनि सँगै भएजस्तो लाग्यो । हा हा हा । शव्दमै पुगियो तपाईको ठाउँ । फोटाहरू पनि गज्जव लागे । जोरजामका लागि धन्यवाद ।

    ReplyDelete
  4. हा,,हा,हा, बेद जी सारै रमाइलो कुरा उठाउनु भएछ!खुसि लाग्यो सायद तपाई र मा केहि दिनको अन्तरालमा गईएछ!त्यो प्याउली स्कुल मास्तिरको बाटो छेउमा साईड लगाई डोरीले बानेर राखेको गाडीमा मा पनि सवार थिए!भाग्यबस बसमा भएको कुनै प्यासेंजर्लाई ठुलो घाउचोट लागेन!कारण गुरुलाई दशैँ लागेर हल्का खोयाबिर्के लागेको रहेछ!त्यहिँ भएर हो र केहि मित्रजनहरुले हल्का-फूलका दियो जलाईदिएछ् हामि त हिडीहालेउ!तपाईको यात्रा पनि सारै रमाईलो भएछ!!!!खुसि लाग्यो फोटो हरु देख्दा उही छु जस्तो लाग्यो मलाई पनि!

    ReplyDelete
  5. हा,,हा,हा, बेद जी सारै रमाइलो कुरा उठाउनु भएछ!खुसि लाग्यो सायद तपाई र मा केहि दिनको अन्तरालमा गईएछ!त्यो प्याउली स्कुल मास्तिरको बाटो छेउमा साईड लगाई डोरीले बानेर राखेको गाडीमा मा पनि सवार थिए!भाग्यबस बसमा भएको कुनै प्यासेंजर्लाई ठुलो घाउचोट लागेन!कारण गुरुलाई दशैँ लागेर हल्का खोयाबिर्के लागेको रहेछ!त्यहिँ भएर हो र केहि मित्रजनहरुले हल्का-फूलका दियो जलाईदिएछ् हामि त हिडीहालेउ!तपाईको यात्रा पनि सारै रमाईलो भएछ!!!!खुसि लाग्यो फोटो हरु देख्दा उही छु जस्तो लाग्यो मलाई पनि!

    ReplyDelete
  6. यात्रा कठिन भएपनि रमाइलो लाग्यो बेद जी! यसरी बिदाको समयलाई पनि मिठो यात्रामा परिणत गरी हामीलाई पनि घुमाउनु भएकोमा धन्यबाद !

    ReplyDelete
  7. प्रकृतिको यस्तै कुना कन्दरा मा छरिएको छ, लेख पढेर मलाइ पनि भोजपुर जाउँ जाउँ लाग्यो ।

    ReplyDelete
  8. हामीलाई पनि संगै यात्रा गराउनुभएकोमा धन्यबाद बेदनाथजी! भोजपुरजस्ता हाम्रो देशका धर्तीका स्वर्गहरुको सौन्दर्य नबिगारी आधुनिक सुविधाहरु कसरी लान सकिएला है? हामीले ती ठाऊँमा आधुनिक सुविधा पनि लानै पर्छ, तर ती ठाऊँको सौन्दर्य पनि जोगाउनैपर्छ। यो एउटा पेचिलो परिश्थिति हो तर रचनात्मक चिन्तन मिसिएको विकास-निर्माण हुने हो भने असम्भव बिल्कूलै होईन। हामी नेपालीको रचनात्मकताको सबैभन्दा ठूलो परीक्षानै यहि हो।

    मैले नेपाल अलि कमै घुमेको छु। साथीहरुका यस्ता टाँसा पढेपछि पूरै नेपाल घुम्ने रहर झन् बलियो भएर आऊँछ। एक दिन त कस्सो नआउला?!
    यस्तै संस्मरण अरु पनि पढ्न पाऊने आशा छ।

    ReplyDelete
  9. सारै राम्रो बर्णन र दृश्यहरु | जाउँ जाउँ लाग्ने गरि बर्णन गर्नु भएछ |

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...