Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

गजल

हरपल तिम्रो याद आउने, मायाको मात कस्तो !
शब्दै पिच्छे चोट दिने, निष्ठुरीको बात कस्तो !!

पुरा जीवन संगै जिउने ,बाचा बन्धन थियो  !
यात्रा आधा  नगर्दै , छाडी जाने साथ कस्तो !!


जीवनका कुरा गरि , मशानघाट  ल्यायौ !
छुरा रोप्ने मुटुमा , मायाको हात कस्तो !!

धेरै विते अ'निदा  रातहरु, सम्झनामा तिम्रो !
पलपल तड्पाउने, मायालुको जात कस्तो !!

सधै कुरी बसे बाटाहरु , तिमि आउने जाने !
जिउदो लाश भए , यो बेद’को ‘नाथ' कस्तो !!

7 comments:

  1. उमेश जी सुन्दर गजल ।
    अन्तिम २ सेर चाहिँ माथिका सेर भन्दा अलिक बढी तानिएका हुन् की झैँ लाग्यो । "धेरै बिते अनिँदा रात, सम्झनामा तिम्रो" मात्र भन्दा वाचनमा सहज हुन्छ जस्तो लाग्यो है मलाई ।
    तखल्लुस को प्रयोग ले मादकता थपेको छ ।

    ReplyDelete
  2. सुन्दर गजल, सरमलाइ गजल लेख्ने तरीका त थाहा छ तर यसको लागी चाहीने ताल, गध्य अादी कुराहरू सर बाट सिक्नु पर्ला जस्तो छ,

    ReplyDelete
  3. मिठो छ आफै माथि प्रहार भएको यो गजल बेद जी

    ReplyDelete
  4. मीठो छ गजल वेद जी । त्यो वेदको नाथ रसिक खालको रहेछ । :)
    वर्णगत त्रुटिहरू छन केही, 'मुटु', 'अनिदा' बनाएर सच्याउनुहोला । अझै जाओस् सेरको वर्षात ।

    ReplyDelete
  5. सानदार गजल छ ।

    ReplyDelete
  6. सुन्दर सिर्जना!!

    धेरै विते अ’निधा रातहरु, सम्झनामा तिम्रो !
    पलपल तड्पाउने, मायालुको जात कस्तो !!

    ReplyDelete
  7. धन्यवाद रिजाल जी , सुर्य जी , धाइबा जी र रमेशमोहन जी लाइ !

    रिजाल जी र धाइबा जी ले औलाइदिनु भएको गल्ति र सुझाबको लागि पुन :मुरी मुरी धन्यबाद ! आउदा दिनहरुमा पनि यस्तै सुझाबहरु पाइरहु ...

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...