Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

कन्ट्रयाक्टमा चलेको जिन्दगी !

केहि सोची रहन सकेको छुइन ! काम कहिले’नि सकिदैन –सधै हतारै हतार मात्र हुन्छ ! भरै , भोलि त फुर्सद निकाल्न भ्याउला नि ! अह ! फुसद चाहेर नि निकाल्न सकिएन बरु अझ बढी हतार , व्यस्त, तर उपलब्धि जेरो जस्तो लाग्छ ! ट्रेन जस्तो सधै उही रफ्तारमा दौडिया’या छ एउटै लिक समाएर ! भनौ गन्तब्य पुगिदैन या यात्रा अविरल छ ! देशमा मान्छे लाइ कयौ नौटंकी जात्रहरु गर्न फुर्सद छ , इभन देश चलाउने ठुला बडाहरु लाइ पनि !
कहिले काही यसो समय मिलाएर साथि भाइसंग मिल्ने मेसो मिलायो , विदाको दिन पारेर (शुक्रबार) ! भेट्न जान रेडी भयो –त्यतिकैमा फोन आउछ अनि भन्नु पर्छ –“ओके, आइ विल बि ब्याक“ ! अनि साथि संग फोन बाट “सरि म आउन सकिन” भनेर पुन: काममा जानु पर्ने हुन्छ  ! मलाइ थाह छ , त्यो सरि भन्ने शब्द सुन्नु पर्दा सुन्ने लाइ कति नमज्जा हुन्छ भनेर , किन कि मैले नि भोग्या छु ! अनि अझ सरि भन्ने लाइ कस्तो  होला ! बेफुर्सदिलो मान्छे ! त्यसैले मेरो नम्नर ‘’छ जेरो जेरो छैन जेरो जेरो” मा कल गर्ने कोसिस नगर्नु होला , यो सधै सुइच अफ हुन्छ किन कि म संग पर्याप्त रिचार्ज काड किन्ने मनग्ये स्रोत छैन ! मलाइ मेरो देश ले नजन्मदै बोकाएको ऋणको भारिले थिच्या छ , मलाइ मेरो परिवारको खुसीले बाधेको छ ! अनि खोक्रो आदर्श र इजतले रोक्या छ !



आज विदाको दिन – कतै गएको छैन ! फुर्सदिलो भनुम भने गर्न केहि भ्याएको होइन ! रुम पनि अस्तव्यस्त नै छ –यो जिन्दगी जस्तै ! बेडका कपडाहरु मिलाइएको छैन ! हप्ता दिन भरिको कपडाहरु धुन निकालिएको छ , अझै धुएको छैन ! मलाइ नै हेर्दै हासिरा’छ ! कान्तिपुर र राजधानी साप्ताहिक पेपर त्यतिकै छरिएर रहेको छ – देशको खबर कतै ठिक छैन, बाबरमा भने जस्तो “Crime Never Dies, It Just Changes Faces ! समस्या कहिले नि सकिएर नजादो रहेछ ! एक पछी अर्को त आइनै रहदो रहेछ !
कोठामा -कुनै पनि सामानहरुको राम्रो निगरानी छैन ! सबै लापरबाही जस्तो छ! किताबहरु मेरो सिरानी नेर नै रहेको छ “Pearls of Wisdom” by Harry Millner, कृष्ण धारावासीको “शरणाथी”, मत्स्येन्द्र प्रधानको “आरोहण” पढी सक्न बाकी नै छन ! हैन यो उडुस र कोक्रोज (सांग्ला) ले कति सताएको – बेला बेलामा म Pif Paf स्प्रे गर्दै बसी रहेछु ! मारेरै नसकिने ! हिजो राति Rahul Dholakia द्रारा निर्देशित हिन्दी फिलिम “Lamhaa” हेरेर अवेर सुतेकोले आखा विजाइ रहेको छ ... अझै ब्रसगर्ने / मुख धुने दैनिकी थाति राखेको छु ! बेड छाड्नै गाह्रो लागेको छ ... (अलिछी को भारि न परे !) ! बरु कम्पुटर खोलि सकेको छु र कुनै मिठो गित सुन्ने मुडले बसेको छु अनि सुस्तरी यी हातहरु किबोर्डमा उफार्दै छु, बेडमा घोप्टो परेर सिरानी छातीमा राखी बेला बेला खुट्टाहरु नि हल्लाइ रहेछु ! मेल मेसेजहरु को पनि रिप्लाई गर्न भ्याएको छुइन ... केहि लेख्न बसे रहेछु ... जे आउदै छ त्यहि लेखि रहेछु , यसरि .... ..... ... !!
आफुलाई सक्रिय देखाउन - कुनै कुनै संघ सस्थाको सानो तिनो भेला , बैठकहरुमा नि धाउने गर्या छु ! तिनीहरुमा पनि कुनैमा महिनाको पहिलो हप्ता / कुनैमा हरेक महिनाको दोश्रो हप्ता या आन्तिम हप्ता भेला हुने नियम हुन्छ ! त्यसैले कहिले सनैया, कहिले ओक्रा,कहीले अलखोर या तरवार गेट ! तिनले के के गरे / के के गर्ने हुन् मलाइ थाह छैन ! अनि म बबुरो को विजोग – उसै त फुर्सद छैन ! यस्तै हो यस्तै हो जिन्दगि भन्दै , मन मनै आफै लाइ सम्झाउछु ! व्यस्त मान्छेको अस्तव्यस्थ जिन्दगी ! (नाप्यो नाप्यो ! हेर्न ठुला कुरा गर्या !)

मैले त पासपोट बनाएको दिन देखि नै एउटा कन्ट्रयाक्टको थालनी गरेको थिए अनि विदेश जान साहु संग ऋण लिदा अर्को कन्ट्रयाक्ट थपियो ! त्यस पछी त पुरै जिन्दगी नै कन्ट्रयाक्टमा नाच्न थाल्यो ! अहिले त हरेक दुइ बर्षमा कन्ट्रयाक्ट थपिन्छ ! जसले मलाइ फुर्सदिलो हुन् दिदैन ! स्वतन्त्र भएको महशुस गराउदैं ! कन्ट्रयाक्ट पनि सहि /उचित भए त ठिकै थियो तर ........... !

म कतार आएको वेला नेपालीको न्युनतम तलब ६ सय कतारी रियल हुनु पर्थ्यो अनि मात्र श्रम मन्त्रालयले यहाँ आउने अनुमति पत्र दिन्थ्यो ! तर पनि त्यो समयमा यहाँ अधिकांश नेपालीको ब्यासिक तलब ४ सय रहेको थियो अनि अहिले त्यो रेट नेपाल सरकारले ८ सय बनाएको सुनेको छु ! अझै यहाँ ब्यासिक ५/६ सय कतारी रियल भन्दा बढी लिने नेपाली निकै कमि रहेका छन ८ सय त ओभर टाइम गर्दा नि कतिको पुग्दैन ! यो चाही कुन कन्ट्रयाक्ट अन्तर्गत पर्छ मलाइ थाह भएन !!
यदि कम्पनिले वास्ता नगरेको अबस्थामा त – विरामी हुदा उपचार गर्न , अनि दुर्घटना विमा यानी इनसुरेन्स पाउन, जेल पर्दा ! पाउने सास्थी त सोची नसक्नु छ ! मैले विथामा पढेछु “मानब अधिकार”को कुरा, जस्तो लाग्ने – यदि मानव अधिकारको कुरा थाह नपाएको भए मैले आफु (नेपालि भएर ) हेपिएको महासुत गर्न सक्ने थिन ! कुनै पनि क्यामको रुम भित्र धेरैलाइ राख्न (सुत्न/खान ) नपाउने नियम रहेको छ तर यहाँ ७/८ देखि २५/२५ जना सम्म एउटै कोठामा कोचेको पाइछ  ! नपत्याए कुनै ठुला र राम्रा कम्पनी भनाउदाको Accommodation मा जानुस ! सबैमा नभए नी –अधिकांश ठाउमा यस्तो पाउनु हुन्छ, अनि कति फोहोर हुन्छ ! जुन मैले देखेको कुरा हो ! अझ जेलमा त ४० /६० जना एउटै कोठामा राख्ने गर्दछन (विशेष त नेपालीलाइ) , अनि एउटै खाटमा ४/६ जना सुत्न दिने ! उफ !! कल्पना नी गर्न सक्दिन ! अर्को नराम्रो कुरा सबारी चालक लाइ रहेको छ – फाइन यानी जरिवाना ! सिंग्नल ५ देखि ६ हजार / २० हजार सम्मको रहेको छ ! विशेष त पार्किंगमा ट्राफिक प्रहरीहरुले सताउने गर्छन ... जो अरबी बोल्न जान्दैन उलाई त सिधै केहि गल्ति देखाएर जरिवाना को स्टिकर टसाइ हाल्छ !

यो सबको चासो कसले गर्ने ? नेपाली दुताबास, संघ सस्था र पत्र पत्रिकाहरुले नी त्यस्ती गरे जस्तो लाग्दैन ! किन कि शेखहरुको कम्पनि भने पछी अलिक हच्कने गर्छन ! हुन् त लेबर कोट नभएको नी होइन ! दोहामा धेरै कार्यक्रमहरु हुन्छन तर कामदारको लागि सचेतना जागाउने कार्यक्रमहरु विरलै रहेका छन् ! जस्तो कन्ट्रयाक्ट अनुसार काम/तलब नपाउदा, लामो समय सम्म तलब नपाउदा ,कम्पनिले बोनस / लिभ सेलरी उपलब्ध नगराउदा , विरामी पर्दा उपचार नपाउदा , दुर्घटना विमा नपाउदा , कन्ट्रयाक्ट सकिएर घर जादा प्लेन टिकट नपाउदा , आदि जस्ता कुराहरुमा के कसो गर्न सकिन्छ , कस्तो उपचार प्राप्त गर्न सकिन्छ भन्ने विसयमा सञ्चार प्रभा गराउन सक्नु पर्थ्यो ! जस्तो पत्रपत्रिकामा स्वास्थ्यको लागि प्रश्न /उतार स्तम्भ राखे जस्तै यी माथिका विषयमा कुनै स्तम्भ संचालान भए राम्रो हुन्थ्यो ... तर दोष कसलाई दिने – म संग त्यो हिम्मत नी छैन ! यहाँ यति समस्या हुदा हुदै पनि म नचाहेरै भए’नी पुन: अर्को करार सम्मको लागि अर्को कन्ट्रयाक्ट गर्न मन्जुर छु / विवस छु !

जब सन् 1825 को सुगौली सन्धि (कन्ट्रयाक्ट) भयो , यो त्यहि देखि नेपालिहरु हरेक समय / परिस्थितिमा कुनै न कुनै कन्ट्रयाक्ट अनुसार घुडा टेकेर दब्न विवश छन ! सुगौली सन्धि देखि नेपालीले भारत , वेलाएतसंग कन्ट्रयाक्टमा विक्नु पर्यो ! २००७ साल , २०४६ साल र अहिले आएको गणतन्त्र पनि कन्ट्रयाक्ट मै आएको हो – जसले गर्दा कुनै ठुलो आमुल परिवर्तन हुन् सकी रहेको छैन ! नत्र त यस्तो जात्र नै हुदैन थियो !अनि विदेश पलाएन पनि एउटा कन्ट्रयाक्ट हो ! जब सम्म नेपाली एउटा कन्ट्रयाक्टमा जीवन बेच्नु पर्ने समस्या रही रहन्छ तब सम्म इतिहास दोहोरि रहन्छ ! अनि कहिले सम्म हामिले कतार , इजराएल, मलेशिया, साउदी जस्ता देशमा श्रम बेची रहनु पर्ने हो ? हुन् त देश चलाउनेहरु एउटा कन्ट्रयाक्टमा सचेत बर्गलाइ विदेश पठाएर आफु बलेको आगो ताप्न खोज्छ, जसले भखरै इराकको भिजा खुल्ला गरेर त्यसको 
उदाहरण पेस गरेको छ !

मैले करिव २०५९ साल तिर कवी अरुण कमलको एउटा कविता पढेको थिए – जुन आज सम्झन लाएक ठाने / अनि निकै घत लागेर मनमा गढी रह्यो ........

“मैले ध्यान दिएर हेरे
अनि थाहा पाए -
राष्ट्रका प्रधानको ,जीवनमा निन्द्रा छैन
मन्त्रिमण्डलको बैठक सधै राति ढिलो ढिलोसम्म ,
हरेक जरुरि निर्णय आधि आधि रात पछी मात्र
फौजी तैनाथीको हुकुम साढे दुइ बजे तिर
विरोधीहरुको नजर बन्दीको आदेश पौने तिन बजे –
हत्याराहरुसंग मन्त्रणा कुनै पनि क्षण
जीवनमा निन्द्रा छैन ... त्यसैले ,
म यो देशको नागरिक,
यसै क्षण के घोषणा गर्न चाहन्छु भने
मलाइ राष्ट्रको सर्वोच्च पद भन्दा प्यारो छ –निन्द्रा !!” !

6 comments:

  1. एकदमै घतलाग्दो लेख !!!!!

    ReplyDelete
  2. सहि धारमा बग्यो बेद जी हजुरको तिखो कलम आजपनि । म त्यहिँ(कन्ट्रयाक्ट) को न परे, मन निकै बेर घोरियो।

    ReplyDelete
  3. यस्तै हो बेद जी जिन्दगी सबैको छ जिरो जिरो छैन जिरो जिरो
    देश तिर फर्की हेर्यो नेता भनेर चुनेका सबै नै रहेछन किरै किरो ।।

    बेद जी वास्तविक कुरा लेख्नु भयो साच्चै रमाइलो लाग्यो लेख । पढ्दै गए समै मेरै कहानी हुन जस्तै लाग्यो । यहाको कलम यसरी नै सधै चलि रहोस । शुभकामना ।

    ReplyDelete
  4. आफूले देखे भोगेको यथार्थताको सग्लो प्रस्तुती लाग्यो | यसो हुँदा सबै समस्या समाधान हुन नसके पनि निजीरूपमा मन हलुङ्गो अबस्य हुन्छ | पोस्ट लामो भएपनि पढ्दा रुचीपूर्ण छ | अरू अनुभव र जानकारी एवं सूचनाको प्रतिक्षामा !

    ReplyDelete
  5. तितो यथार्थ बोकेको गहन लेख !!!

    ReplyDelete
  6. राम्रो लग्यो, दोहा कतारमा नेपालीहरुको जीवनलाई धेरै हद सम्म समेट्नु भएको छ .... र प्राय नेपालीहरुको पिडालाई प्रतिनिधिपात्र बनेर पस्कनु भएकोमा धन्यबाद |

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...