Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

गजल

gazal bed nath
कहिले रिसाउने,कहिले खुसाउने, तिम्रो मुडको चाल भो !
तिमिसंगै डुल्न खेल्न पाउदा, अरु सबै कुरा बाल भो !!


दिन हैन, रात हैन, हरपल मेरो लागि सबै एकै भो !
यादमा तिम्रो डुबी रहे, कस्तो मेरो यो हाल भो !!

थाहा छैन मलाइ केहि , मन भरी खुल्दुली भो !
तिम्रो बोलाइ, तिम्रो हेराइ, माछिको झैँ जाल भो !!

गुन गुनाइ रहने, टोल्याइरहे, खै मलाइ के भो !
पाउदा साथ तिम्रो, मन खहरेको झै छाल भो !!

कहिले रिसाउने,कहिले खुसाउने, तिम्रो मुडको चाल भो !
तिमिसंगै डुल्न खेल्न पाउदा, अरु सबै कुरा बाल भो !!

4 comments:

  1. कैले रिसाउने र कैले खुसाउने त उनकै चाल भो
    गहन लेखाइ कला शैली बेदजि कै गजलको माल भो

    हे हे हे गजल लेख्नै पो नआउदो रहेछ मलाइ त ।
    राम्रो लाग्यो बेद जी तपाइको गजल यहाको सृजनालाइ सलाम फेरी फेरी लेख्दै गर्नु होला

    ReplyDelete
  2. यस्तै त हुँदो रहेछ नि बेदनाथजी ! यथार्थता छ तपाईंको गजलमा ! थोरै कुरा पढ्दा लयात्मकतामा अलि कमी देखिन्छ | अरु मेरो पनि कुरा यहि हो उनको बारेमा !

    ReplyDelete
  3. कल्पनामा डुबेर लेखेपछी सृजना नमिठो हुने कुरै छैन । सुन्दर गजल ।

    ReplyDelete
  4. म त यत्ति भन्छु बाल बाल मा 'बबाल ' छ है :)

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...