Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

निन्द्रा हराएको –रात

जबर्जस्त सुत्ने प्रयास
आज विगत बल्झेर निकै सताइ रहेछ ! थाहा छैन कुन्नि किन ? विछ्यानमा आखा चिम्लिएर घन्टौ बस्दा’नी ! पटकै दिन्द्रा पर्या होइन ! पुरै आखा खोलेर बसे झै भएको छ ! खै कस्तो उत्साह र उकुस मुकुस रहेको छ मन भित्र –थाहा छैन ! पल्टेको पल्टै छु, कसै गर्दा’नी भा’छैन ! हैन कहिले काही पनि के हुन्छ ? निदाउन नी यति गाह्रो ? मान्छेहरु भन्ने गर्छन,’खान र सुत्न’ त कति आनन्दको काम अनि कति सजिलो अनि निकै मज्जाको कुरा पनि ! तर मलाइ त्यस्तो लागेन ! सबै भन्दा गाह्रो काम त – सुत्नु पो रहेछ जस्तो लाग्यो !  
भोलि काममा जानु छ ! सबेरै उठ्नु’छ ! यत्रो अबेर भइ सक्यो ! भो अब त जसरि नी सुत्नु पर्छ ! भोलि सबेरै उठ्नको लागि मैले मोवाइलमा आलाराम पनि लगाएर राखेको छु, अबेर सम्म भुसुकै सुतिएला भन्ने डरले ! अब चाही मनमा कुनै कुरा नखेलाई सुत्ने कोसिस गर्छु भनेर , पुरै ब्लांकेटले मुख छोपेर कोल्टे फेर्छु तर नी केहि हुन्न ! अन्धाकार कोठा म पुरै उज्यालो जस्तो देख्छु ! मेरो आखामा केहि टलक आइरहेछ –त्यसले गर्दा सुत्न सकी’रा छुइन ! मानसपटलम एकासी ठेलामठेल हरेक कुराहरु घुमिरहेछ ! ओह ! त्यो भिड , त्यो कोलाहलले गर्दा म सुत्न सकेको छैन ! धेरै जसो त उनको यादले सताइ रहेछ ! अनि कल्पी रहेछु हरेक कुरा ! सम्झन्छु घर फोन गर्दा भनेका कुरा – यस पाली निकै पानि परेको छ – खोलाले नी गैरी खेत लादैछ, मखन खाडीमा रतुवा पसी सक्यो , अब त घरै उठिबास लगाउछ होला ! अलिकता खर्च नी चाहिएको थियो –चाडपर्वले आगन टेकी सके ! मान्नै पर्छ, टार्नै पर्छ ! चलेको चलन ! यसरि एका एक धेरै कुराहरुले थिच्दै जान्छ अनि सम्झन्छु अनि पुकार्छु, ‘हे ! सुकुना माहादेव भगवान रक्षा गर ! भर तिम्रै हो’ ! फेरी कोल्टे फेर्छु ! मुख सुकी सकेको रहेछ – एक घुड्की बोतलको पानि स्वाट पर्छु ! अब चाही केहि नसोची सुत्छु !
......... (एक छिन पछी )... देशको गति देख्दा नी दु:खै मात्र लाग्छ ! थुक्क साले नेताहरु ! देशलाई कति अन्योलमा मात्र राखेका होलान ! हेर दलित / पिछडिएका वर्ग अनि मधेसी र जनजातिहरुलाई संघियता प्रदान गर्ने भनेर उनीहरुकै नाममा हामीले राजनैती गरेका हौ भनि उनीहरुलाई नै पेलाएर धुर्त्याई गरि रहेछ ! हैन जनताहरु नी कति भेडा हुन् ! हिजो धोका खाएर नी आज उनीहरुकै पछी पछी दौडी रहेका छन ! यो सब ‘स्याल गोरुको पछी पछी हिडे जस्तो’ मात्र हो ! लास्टमा उही हो ! हैन तिन लाइ कति कुरा गर्न आ’को , अनि कति सजिलै कुरा फेर्न नी ! चुत्या नेताहरुलाई ड्यामका ड्याम मार्नु जस्तो ! खालि चुनाब मात्र गर्न जान्दछन ! हुन त उनीहरुलाई पद र सप्तामा पुर्याउने भनेकै चुनाब हो – अनि चुनाब कै लागि मरिमेट्छन कहाँ जनताका लागि मर्नु नी ! नेताले जनतालाई दिन निकै सजिलो कुरा भनेको –‘आश्वासन’ रहेछ ! अनि हरेक पटकका भाषणमा त्यहि दिई रा’छन ! अरु थोक त सजिलो छैन अनि के गर्नु ? हैन म पनि के के सोची’रा ! भए भरका कुरा चाही आजै आउनु पर्ने ! भो भोलि सोचौला ! अह हुदै  हुदैन कता कता बाट के के कुराहरु आइ हाल्छ - यो मनमा ! मैले त सुत्नु पो पर्छ ! हत्तेरिका !!
मलाई थाहा छैन म किन आजको रात हारी रहेछु – निन्द्रासँग ! किन  निन्द्रा मेरो बसमा रहेको छैन ! आज किन फरक रात भएको छ ! सदा आफु निदाएको थाहा नै नपाउने –म, अनि अच्चम्म मान्दथे सबै कुराको जानकारी राख्न सक्कने मान्छे किन आफु कति खेर निदाए भनेर थाहा पाउन सकिदैन भन्ने कुरामा ! तर आज पुन: अच्चम्म मान्नु पर्ने भएको छ , म किन निदाउन सकिन भनेर ! घरि घरि हास पनि उठ्छ अनि रिस पनि ! हैन कहिले काही त के हुन्छ कुन्नि ? के भएको हो यो ? कसै गरे’नी नभए’छि मलाइ निकै झर्को लाग्छ आफै देखि ! फेरी एक घुड्की पानि पिउछु र कम्पुटरमा मधुर संगित लगाएर, हेडफोन कानमा भिरेर सुत्ने कोसिस गर्छु ! यसो सोच्छु आज मैले फेसबुकमा राखेको स्टाट्समा कसले कमेन्ट स्वरुप के के लेखे होलान ! मैले त फलानाको फोटोमा त्यस्तो लेखिदिएको थिए (मनमनै गद्गद् हुदै ..हल्का मन्दरुपमा हास्छु ) ! हैन कति मनमा कुरा मात्र खेल्न सक्या होला ! नसोची बस्न सकिदैन कि क्या हो ? फुसुक्क निदाई हाल्नु नी ! कस्तो ! आज किन सबै कुरा थाहा भइ रहेछ ! हेर यत्रो बेर बसेर ब्लग लेखेको भए कति कुरा फुरेर एउटा टासो भएनी थपी सक्ने थिए ! विथामा ! छाड्दिम यस्ता कुरा ! अब चाही पक्का सुत्छु !
हैन सानामा पो भोलि मामा घर जानु छ भने पछी रात भर यसरि नै सुत्न सक्दिन’थे ! हुन् त स्कुल पढ्दा नी एउटा काली लाइ प्रपोज गर्ने निर्णय गरेको रात सुत्न सकेको थिन ! यस्तरी उस्तरी , यस्तो भन्छु उस्तो भन्छु भन्ने ना-नाभातिका कुराहरु सोचेर ! तर आज त त्यो अवस्था पनि होइन अनि भोलि मेरो लागि त्यस्तो केहि स्पेसल पनि छैन ! तर किन आज म निदाउन सकी’रा छुइन ! कति कोल्टे फेर्नु / कति पटक पानि पिउदै बस्नु –निद आ’को होइन क्यारे ! यसो अध्यारोमा मोवाइल अनलक गरेर समय हेर्छु बिहानको उठ्ने बेला हुन् लागि सकेको रहेछ ! हत्तेरिका अब त एक छिन भए’नी निदाउनु पर्छ ! नत्र भोलि कसरि १२ घण्टाको काम भ्याउनु – डिउटी समयमा टिक्नै गाह्रो पर्छ ! ४/५ पटक त भित्र बाहिर (कोठाको) पनि गरि सके अनि कयौ पटक निदाउने कोसिस !
कम्पनीको बोस पनि कस्तो झ्याउ ! कति किचकिच गरि रहन्छ ! समयमा तलब पनि दिन गाह्रो गर्छ ! क्यान्सिल नै जानु पर्ला जस्तो छ ! के आउनु यस्ताको देशमा , कति खानु यस्ताको गालि ! जाबो यति थोरै सेलरिमा ! हुन् त म जस्तो हुत्ति नभा’मान्छे , ले उ देशमा गएर के गर्नु ? त्यहाँ मेरा मास्टरले नी मेरो जति तलब थाप्न पाउदैनन ! हैन कति यस्ता कुरा सोचेर मात्र बस्या होला म पनि ! पुन: एक घुड्की पानि पिउछु ! आ’अब त सुत्नु पर्छ ! आखामा पट्कै निन्द्रा छैन , खै के भा’के भा ? म केहि भेउ पाउदिन ? सोच्दा सोच्दा नी वाक्क लागि सक्यो ! जिन्दगीका बारेमा सोच्यो बिरक्ता लागेर आउछ अनि खै कता कता कति आट र उत्साह पनि आउछ ! तर खै निन्द्रा चाही आएन !
हुन् त घरमा आगो लागि रहेछ, नेताहरुले देखाउने गाईजात्रामा बजाएको ढोलको आवाज मेरो कान सम्म आइरा’छ, अनि म संगै सुतेको साथीले मेरो सन्दुक खोल्ने समय पर्खिरहेछ ! छिमेकी – छिमेकी मेरो पाखा बारीको सिमा तासेर साघुराउने मेसो गर्दै छ अनि यो मरुभुमिको तातो बगरमा काहाँ म आनन्दले निदाउन सक्छु र –यो रात ! “टिरिंग...ङ् , ङ् ङ् ङ्...” मोवाइलको आलाराम बज्यो यसो हेरेको त ! स्क्रिनमा त यस्तो पो देखिन्छ त ... “It’s time to wake up”….. !
बिहान भै सकेछ ... आखा झिमिक्कै नगरिकन यो रात गयो ! अनि अब चाही कोल्टे फर्किएर ! भो अब म सुत्ने प्रयत्न गर्छु भन्ने नी सोचिन ! समय वितिसकेको छ ! सुत्न नसकेको सँग कम्पनि लाइ कुनै सरोकार छैन, बस काममा जानु छ ! विचारा !! म बबुरो के नै गर्न सक्थे र ? जुरुक्क उठेर तयार हुन् तिर लागे .... ..... ...... !!

4 comments:

  1. यकदमै वास्तविक कुराको राम्रो चित्रण गर्नु भो बेद जि यहाँको लेख हलुका भयपनी बास्तबिक जिबनका भोगाइ अनी प्रवासी जिबन र बाध्धता लाई प्रस्तुत गर्न सफल छ । हजुरले टाईपिङ मा अलिक ख्याल गर्नु होला।।हजुर को कलम निरन्तर चलुन धन्यबाद ..

    ReplyDelete
  2. देशको गति देख्दा दु:ख लागेको कुरा देखि स्कुल पढ्दा की कालीको प्रसङ्ग समेतको तानाबाना मज्जाले गर्नु भएछ ।

    रमाइलो लाग्यो यो पोस्ट ।

    ReplyDelete
  3. अहो बेद जी साच्चै रमाइलो लाग्यो तपाइको यो पोस्ट। यथार्थ चित्रण गरेको यो पोस्टले मेरो त मन नै छोयो । लेखाइको निरन्तरताको शुभकामना ।

    ReplyDelete
  4. होइन, यो दिन्द्रालाई पनि वशमा राख्न सक्ने केहि छैन भन्या ? निकै रोचक छ है निद्राको कथा |

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...