Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

गजल

Bed Nath
आ’एको कुरा भन्दिए, जानेको त्यति हो !
मि’लेको कुरा मिलाए, छानेको त्यति हो !!

ल’ड्नेहरु लडेकै छन्, आखिर के भो र ?
बु’झ्न ढिला भएको छ, मानेको त्यति हो !!


अ’त्याचार धेरै भयो, खबरदार खै ?
फु’ल्नेको भुडी फुल्याछ, खानेको त्यति हो !!

दे’शको अवस्था देखी, म रिसाउनु के?
ख’ल्लो भएको छ मन, झानेको त्यति हो !!

क’ति को गर्ने चाकरी, अन्धो झै भएर !
उ’र्लेछ विचारहरु, सानेको त्यति हो !!

आ’एको कुरा भन्दिए, जानेको त्यति हो !
मि’लेको कुरा मिलाए, छानेको त्यति हो !

4 comments:

  1. हुनेवाला के छ र ! जम्मा त्यत्ति हो | यथार्थता !!

    ReplyDelete
  2. आ’एको कुरा भन्दिए, जानेको त्यति हो !
    मि’लेको कुरा मिलाए, छानेको त्यति हो !
    -------
    बस यती पनि धेरै हो । यती पनि सरोकारवालाहरूले जान्द्या भा ... कती हुन्थ्यो होला ।
    राम्रो छ, तर यथार्थसंग गाँसिएको छ ।

    ReplyDelete
  3. गज़ल भावप्रधान छ, राम्रो लाग्यो ।

    ReplyDelete
  4. भावनात्मक रूपक गजल शसक्त छ !!

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...