Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

म, पाहुना र भोज

निकै दिन भै सके’छ ब्लगमा अपडेटको मेसो नगरेको ! त्यसैले  आज पुराना आफ्नै कुराहरुको  गन्थन मन्थन गर्न मन लाग्यो !  कुरा ५१ , ५२ साल तिरको हुदो हो ! म बाबा सँग भोजपुर गएको थिए ! त्यहि समयमा एक दिन म मामा घरको पाहुना हुन् पुगेको थिए (पहिलो पटक ) ! त्यस दिन बेसीमा रोपाइँ चल्दै थियो ! अनि त्यहि बाट दिउसो तिर शिरको टोपी नै झर्ने गरिको उकालो चढ्दै मामा घर लागे - बाबाको पछी पछी ! मैले कहिले पनि देख्दै नदेखेको मामा, माइजु , हजुरबा, हजूर आमा  सबै सँग भेटघाट गर्न पाए, खुसि लाग्यो ! अनि किताबमा चाडपर्वमा मामा घर जाने कथा पढेको सम्झे - कता कता मन चंगा झैँ भो !
केहि बेरको कुरा कानी पछी ,छ्यामाले नानि खाजा खान आउ भन्दै एक अम्खरा पानि दिनु भो ! अनि खाजा भने पछी -मन खुसी भो ! आफुलाई भने  दिउसो घाममा हिड्दाको थकान र भोकले संगै सताइ रहेको थियो ! मस्तले (राम्ररी) हात धोए र एक घुड्की चिसो पानि पिएर भान्सा भित्र पसे - टन्न खाने सोचले !  झमक्कै  साझ परि नसकेको भए’नी - हल्का अध्यारो देखिन्थ्यो, त्यो भान्सा  ! बाबा र हजुरीहरु मगर भाषामै के के कुराकानीहरु गर्दै हुनु हुन्थ्यो ! म ज्ञानी नाति जस्तो भएर चुप चाप पिरामा पलेटी कसेर बसे - अगाडी माने डबुकामा हान (जाड) , सिंकीको अचार अनि एउटा कचौरामा भूटेको भटमास र मकै !
एक छिन तिन छक परे ! सम्झे भोको पेट ! अनि  घरमा ममिले बनाउनु हुने खाजा -भूटेको भात , खोले भात, आदि आदि टन्न खाने बानी अनि यो भोकाएको बेला त्यो जाड कसरि स्वाट पार्ने मलाइ थाहै भएन ! मगर परिवारकै भएकोले होला स्वाद र गन्ध भने थाहा थियो तर पिउने आदत थिएन ! त्यति खेर भटमास र मकै संगै चिसो पानीको घुड्की लिदै – म, भो  अघाइ सके भन्दै उठेको थिए ! (हाहा ..बल्बल मामा घर आएको …त्यो पनि ….)
साझमा निकै ठुलो भिडको जस्तो गफ र हासो सहितको गुन्जमान मेरो विस्तारा सम्म आउदै थियो ! हजूर’बा भन्दै हुनु हुन्थ्यो –“ हैन, नाति, त  ! कस्तो खालको रहेछ मासु पनि नखादो रहेछ !” फेरी मलाई औलाउदै अलिक जोडल भन्नु भो – “ ए ! सुन्त केटा , पछी बेहे गर्न , मगरको घर जालास नी ! खेदाउलान नी - मगर होइन भनेर ! मासु पनि खादैन ,  जाड पनि खादैन , मगर भाषा बोल्न पनि आउदैन ! धत् , आफ्नो भाषा बोल्न नजान्ने र जाड नखाने पनि मगरको छोरा हुन्छ ?” अरु पनि के के भन्दै हुनु हुन्थ्यो ! खै मैले के बुझे कुन्नि ! हल्का मन दबाएर हिहिहि … गर्दै हासेर …सुतेको थिए !
---------------------------
यस्तै मेरो आदतले गर्दा पाहुना भएर कुनै शुभ कार्य होस् या आफन्तकोमा ! अथवा कुनै पिक्निक , पाटीको भोजमा - म कागको बथानमा बकुल्ला जस्तो हुन् पुग्छु ! अरुलाई अप्ठ्यारोमा पार्छु या त म नै अप्ठ्यारोमा पर्छु - दुइमा एक त पक्कै ! एक पटक म - झापा मै, आफन्तकोमा बास बस्ने गरि गएको थिए -पाहुना भएर  ! जब साझ पर्यो -उक्त घरमा कुखुराहरु लखेट्दै समाउन थालियो ! यसलाई मैले कसरि लिए भने , एक, साझमा खोरमा राख्नको लागि पनि कुखुरा पक्रिन सकिन्छ  ! दोस्रो, पाहुना सत्कारको लागि पनि हुन् सक्छ ! अब बीचैमा मैले बाठो भएर - हैन म त साहाकारी (Vegetarian) परे , मासु (भाले ) चल्दैन  पनि भन्नु भएन किन भने त्यो मलाइ नै खुवाउनको लागि पकडेको नहुन पनि सक्छ ! हेर फसाद ! तै चुप मै चुप भएर बसे ! बेलुका निकै बेरको मिठो गफगाफ पछी खान बसियो ! मज्जाले हातसात धुएर , बडो पलेटी कसेर - पाहुना नै भएर बसियो ! आफ्नो अगाडी भेराइटी तरकारी , अचार ,खाना लोभ लाग्दो नै थियो ! जब खान भनेर मैले खाना खेलाउन थाले -मेरो नाकले सुइँको दि'हाल्यो –‘हेर केटा, विचार गर ! यो त नोन भेज हो  !’ अब वित्यास ! अन्कनाउदै भए पनि भन्न करै लाग्यो - मलाइ मासुको आइटम चल्दैन भनेर  ! ओहो ! उहा हरुलाई पनि सरम मलाइ पनि सरम नै लाग्यो ! अरु तरकारी केहि रहेन'छ ! भएको पनि डाडु पुन्यु लाटलुट भएकोले गर्दा चलेन ! त्यति खेर नी सोचे - हेर मुखको गास ! अनि दिनभर को भोक ! अनि त्यहि अचार सँग मात्र भए'नी खाना खाइयो, मिठो मानेर (हाहा..)  ! त्यहा मैले मोही ,दहि छैन भनेर सोध्ने हिम्मत पनि गरिन (सायद ! मोही नभए नी - जाड चाही थियो होला !) !
यी त केहि एक /दुइ उदाहरण मात्र हुन् ! म सँग भेजिटेरीएन हुदाको नौला नौला धेरै अनुभब रहेको छ ! यध्यपी मलाई कुनै बनभोज,  पाटि, बिबाह भोज, जान औधी मनपर्छ तर त्यहाँ हुने भोज सम्झंदा -आफैलाई बोझ  लाग्छ ! मासु विनाको भोज, रक्सि (अल्कोहल) बिनाको पाटि र साली बिनाको ससुराली -सब खल्लो हो रे ! अनि भन्नेहरु त भन्दछन -सबै भन्दा दामी भोज त ससुरालीको हो रे ! तर खै आफ्नो त त्यस्तो होला जस्तो लाग्दैन ! ( पाहुना भएर सबै कुराको अनुभव गरियो ..हाहाहा ) ! भोज सँग मेरो राम्रो मिलेमतो नै छैन, पाहुना म देखि टाढाको मान्छे ! सबका सब फरक ….भिन्न छ !
यो भोज ,पाहुना र म, विचको सबन्ध नी बडा गजबको छ, यार ! सधै पाहुना भएर खान पाउनु नी मज्जाको कुरा भन्छन तर मलाइ त त्यो भोज सम्झ्यो कि पाहुना हुन् नै मन लाग्दैन अनि पाहुना भयो कि म सुख्खा …….. भन्छन नी, “अगुल्ठाले हिर्काएको कुकुर, विजुली चम्कदा पनि डराउछ'” भनेर …. सोहि परि'भा छ !

5 comments:

  1. भेजिटेरीएनले खाने भोज र 'जाँड नखालेनेले' गर्ने 'मोज' यस्तै हुन्छ सायद । म आफू भेजिटेरीएन नभए पनि 'जाँड नखाने' भने परेकोले मेरा पनि यस्तै खालका केही अनुभवहरू छन् ।

    निकै रमाइलो लाग्यो यो पोस्ट !

    ReplyDelete
  2. गजब लाग्यो मलाइ पनि। पहिलो अनुच्छेदको अन्तिममा "डबुका" भएछ बडका,बडुका होला की ? यहाँ पनि त्यस्तै छ - खसी, कुखुरा खाने बिफ, बियर नचल्ने भनेर आँखा तेर्साउँछन्। अझ भैँसीको दूध खाएर हुर्केको भन्दा पनि पत्याउँदैनन् कतिले त! कतिले खिस्सि गर्न खोज्छन् । नेदरल्यान्डमा गाइको दूध मात्र हुन्छ। ३ वर्ष बित्यो एउटा भैँसी देखेको छैन। त्यसैले पार्टी र Gathering को कमै हुन्छन्।

    ReplyDelete
  3. तपाईको अनुभव निकै रमाइलो रहेछ । मैले पनि यस्ता अनुभवहरु समेटेको छु खासगरी यात्राको क््रmममा !

    ReplyDelete
  4. दशैकै शन्दर्भ पारेर लेख्नु भएको यो पोष्ट रमाइलो लाग्यो ! वास्तवमा मगर समुदायमा मासु र जाड रक्सी नखाने मानिसहरुलाई यस्तै अप्ठेरो सधै र सवै ठाँउमा पर्छ होला । आजको एक्काइसौ सताव्दीमै पनि अझै सम्म मेरै गाउमा पनि यस्तो चलन छदैछ । मामली गाउ होस वा गाउ घर जादा जाड रक्सि नखाने हुदा खाजा नै केही भएन तलाई त अव के खान्छेस? बल्ल बल्ल आको मान्छेलाई त्यतिकै पठाउनु पर्यो कस्तो खल्लो भो भनेर गुनासो गर्नुहुने आफन्तजनहरु प्रसस्तै छन ।

    ReplyDelete
  5. बिचरा ! अब के भन्ने ! उम्म्म्मम्म्म ! एउटा आइडिया ! के भने , अब देखि तपाइँ कहिँ पाहुना हुन जादै हुनुहुन्छ भने मज्जाले पहिल्यै भनिदिनुस न ' म भेज ' हु भनेर , अनि त बहाह्हरुले तपाइको लागि कम्तिमा पनि ' पिरो पिरो अमिलो अमिलो हरियो धनियाकाटकुटगरि छर्दै फ्रेस पहाडी कागतीको रस राखेर साधेको आलु ,
    भटमास - गुन्द्रुक साधेको , आलु तामा बोडी को झोल तरकारी ,यस्तै यस्तै खाना तयार पारेर राख्नु हुन्छ नि . हेर्नुस ! खाने कुराको सबाल मा लाज मान्नु हुदैन .

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...