Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

दोहाको कर्नेस र एउटा संयोग

on_the_Cornicheमेरो दोहा बसाइको क्रममा एउटा ठाउ निकै परिचित, प्यारो र यादकर रहेर, मेरो दिल जितेर बसेको छ ! प्राय : म मेरो छुट्टी र फुर्सदको समय त्यहि गएर विताउने गर्दछु ! सायद दोहा त्यो ठाउको नजिक भएर हो  या त त्यो ठाउ दोहाको नजिक भएर हो, जे भए पनि मलाइ त्यो ठाउ औधी प्यारो र आनन्ददायी लाग्छ !  हप्ताभरिको कामको बोझ हल्का भएको महशुस गराउदछ , जसले आफ्नो ठाउको यादहरु दिलाउदछ ! हुन त परदेशमा हरेक ठाउ र त्यहाँको घटनाहरुले अनि कसैको मुहारले प्रतेक पटक आफ्नो ठाउको, आफ्नो मान्छेको र आफु सँग घटित घटनाको झल्को दिलाउदो रहेछ ! हो त्यस्तै दोहा छेउको सामुन्द्रिक किनारा यानी कर्नेशले मेरो ठाउको याद दिलाउद्छ ! इस्लामिक संग्राहलय देखि सेराटोन सम्म फिजारिएको सितलता अनि त्यसमा साझको प्रज्वलित वतिहरुले आफुलाई स्वर्गमै स्वागत गरे जस्तो भान हुन्छ ! सायद कमै होला छुट्टीका दिन (यानी शुक्रबार) मेरो पद चाप यो कर्नेसमा नपरेको दिन -औलामा गन्न सकिन्छ ! मित्र ओमले सबै भन्दा पहिला छुट्टीकै दिन पारेर, यो ठाउँ सँग  परिचित गराएका थिए मलाइ ! जहिले देखि यो ठाउलाई मैले चिने अनि पहिलाए तब देखि -गोधुलीमा दमकको रतुवा पुलमा साथीहरु सँग गफिदै हिडेको ! घर छेउकै महादेव खाडीको पोखरीको किनारमा  अबेर सम्म -चन्द्रमाको उज्यालोमा बसेको, सब !
सदा झै यो शुक्रबार ! बर्षकै अन्तिम साझ ! अशोक प्रकाश रेग्मी सर र म ! विविध कुराहरु गर्दै एउटा अनौठो आनन्द मान्दै हिडिरहेका थियौ -दोहाको अर्नेस एरियामा  ! शुक्रबार फ्यामिली डे ! हामी जस्ता एकल युवा लाइ दिउसो तिर -त्यहाँ प्रवेश (हिडडुल गर्न) मनाही छ , त्यसैले म यो ठाउ घुम्न साँझ पार्ने गर्छु ! सबै आ-आफ्नो सुर र तालमा रमाई रहेका थिए ! कोही इभिनिंग वाल्क त केहि जोडीहरु कुनै कुनामा बसेर गफी'रा थिए,  कतै पुरै फ्यामिली नै बसेर केटाकेटीहरु सँग रमाई रहेका थिए ! कोही भने हामी झैँ गफ गर्दै सुस्तरी हिडी रहेका थिए !



केहि पर एउटा कतारीले दुइ जना केटाहरुलाई पाखुरामा समाएर के के भन्दै थियो ! सायद इन्डिएन या श्रीलंके हुनु पर्छ ! हामीले त्यता खासै ख्यालै गरेनौ ! आफ्नै सुरमा गफिदै हिडिरहेका थियौ ! चिसो बढ्दै गएकाले साँझ अझै ढल्दै गएको छ भन्ने बुझ्न हामीलाइ गाह्रो थिएन ! मलाइ अलिक कफ जमे जस्तो भएको ले, ख्वाक …ख्वाक गरेर, प्याच थुक्न के मात्र भ्याएको थिए ! उक्त कतारीले मेरो हात समाएर (तान्दै), त्यहि दुइ केटाहरु भएको तिर लगेर चर्को स्वरमा कराउन थाल्यो ! “कर्नेश एरिया भनेको स्पेसल ठाउ हो , फोहोर गर्नु हुन्न, जतापायो त्यतै थुक्नु हुन्न !” ति दुइलाई अघि देखि त्यहि थुकेको निहुमा कराइ रहेको रहेछ ! अनि मलाइ पनि मेरो गल्तिको महशुस भयो र उसको चर्को स्वरको डर भन्दा पनि उसले लापर्बाही तरिकाले थुकेको निहुमा मलाइ सबै माझ सार्बजनिक गर्दैछ भन्ने कुराको सरम लाग्यो ! “सरि, मेरो गल्ति भो ! अब उप्रान्त यस्तो हुने छैन र गर्ने छैन ! कसैले यस्तो गर्नु हुन्न, सबैले ध्यान दिनु पर्छ !” भन्न भ्याए ! तर पनि छाड्ने कुरो गर्दैन, कतारी न पर्यो ! अझै कराउदै थियो ! “ डस्टविन के का लागी हो ?, थाहा छ पुरै यो कर्नेशमा प्रतेक १० मिटरमा एउटा डस्टविन राखिदिएको छ ! तिमीहरु घर किन साफ गर्छौ र सफा राख्छौ ? यो (कर्नेश) पनि एउटा घर नै हो -हाम्रो लागी –विशेषत: छुट्टी मनाउन आउने फ्यामिलीहरुको लागी ! थाहा छ तिमीहरु जस्तो लफुंगाहरुलाई किन प्रवेश अनुमति दिइन्न ? हो, यस्तै फोहर गर्छौ र कुनै पनि कुराको केयर गर्दैनौ , डिष्ट्रब मात्र गर्दछौ अनि किन स्पेशल ठाउँहरुमा प्रवेश गर्न दिनु ! अनि आज तिमीहरु जस्तो लाइ प्रवेश निषेधित ठाउँ हो यो ,किन यहाँ आएको ? सफाई हुन् र गर्न पनि जान्दैनौ ? केयर गर्न सिक !” ननस्टप भटभटायो विच विचमा रेग्मी सर ‘हो ,हो ‘त्यत्रो डस्टविन राखिएको छ, काहाँ फोहर जता ततै गर्नु हुन्छ र ?, हुन्न !’ भन्दै हुनु हुन्थ्यो ! ति दुइ तै चुप मै चुप भएर उभिरहेका थिए ! म भने ‘सरि सर ,यस्तो अब कहिल्यौ हुदैन !” मात्र भन्दै थिए ! उक्त कतारी निकै सभ्य भाषामा इंग्लिश मै (पर्फेक्ट रुपमा) सम्झाउदै गाली गरी रह्यो !
बलबल त्यहा बाट उम्के पछी भने केहि मनमा राहात मिल्यो ! अनि ढुक्क को स्वास फेरे ! कस्तो ख्यालै नगरिने भन्या यस्ता साना तिनाकुराहरुमा ! मलाइ पनि थाहा थिएन म कति लापरवाही तरिकाले कति खेर देखि जतापायो त्यतै थुक्दै हिड्दै थिए भनेर ! त्यति खेर मलाइ म आफु हुनुमा यति सरम लाग्यो कि ! मलाइ आफैले आफ्नो ब्यजत गरे झैँ लाग्यो ! अनि निकै घिन लागेर आयो म भित्र हुर्कदै गरेको लापर्वाहीपन देखि ! कसैले आज मेरो गल्ति औलाएको थियो ! फोहोर जता ततै गर्नु हुन्न भन्ने कुरा ममी बाबा र स्कुले गुरुमा देखि बाहेक आज यो उमेरमा अरु कुनै विदेशीले पुन: मलाई सिकाउनु पर्यो ! अनि धिकार लाग्यो परिक्षा पास गर्न मात्र मैले पढेका नैतिक शिक्षाहरू देखी ! त्यो साँझ, बर्षकै अन्तिम साँझ थियो, वरिपरी र बाहिरि उमंग र चहलपल निकै उन्मादले छाएको थियो तर मेरो भित्री मनमा भने एउटा पिडा गढेर बस्यो –ग्लानिको ! म पनि थोत्रा आदर्श र सभ्य जीवनशैलीको वकालत मात्र गर्ने निम्छरा युवाको दर्जामा परेको रहेछु ! हुन् त मलाइ उसले शारिरी रुपमा केही गरेन तर एउटा अपरिचित व्यक्तिले सभ्य तरिकाले सम्झाउदा यती हिनतावोध भयो कि त्यो गल्ति एहसासले आज सम्म पिरोली रहेको छ ! जुन कुरा मलाइ सम्झाइ रहनु आवश्यक नै थिएन त्यो त म आफुले नै बुझ्नु पर्ने कुरा थियो ! अहिले मेरो मन हालका पार्न भए पनि यो कुरा तपाइँ हरुलाई सुनाइ रहेछु !
   आज सम्म मेरो दिमागमा कतारिहरु मुर्ख अनि आफ्नै मात्र जिद्दी गर्ने अरुको कुरा नसुन्ने र कर्करे हन्छन भन्ने लागेको थियो ! अनि कतारीले आफ्नो टाउकामा (माइन्डमा) गोलो घुमाएर फेटा (जेरो) लगाउदछन यो यिनीहरुको सस्कार हो ! तर म यस अघि यसलाई यसरी अर्थ्याउथे,  ‘कतारीले टाउकामा गोलो बनाएर फेटा लगाउनु भनेको दिमाग शुन्य छ’ यानी माइन्ड जेरो छ भनेर देखाउनु हो’ ! र यसरी नै साथीहरुलाई हासाउथे ! मेरो गलत धारणाहरुले अनि व्यस्त जीवनशैलीले गर्दा मलाइ निकै वेहोसी बनाइदिएको रहेछ ! तर आपतमा नडगमगाउने, व्यस्ततामा पनि सामान्य रहन सक्ने अनि ठुलो भन्दा विशेषत: साना तिना कुराहरुमा बढी ध्यान दिन सके मान्छे ठुलो भन्दा पनि बढी ज्ञानी र समझदार हुन्छ भन्ने मेरा गुरुको स्कुले ज्ञानको कुराले आज मालाई बडो नमज्जाले लात मारेको छ !
~~~0~~~                                             ~~~0~~~                                              ~~~0~~~
अलिक पर पुगे पछी ! “किन सरी भनेर,माफ माग्नु भएको ? किन तिनीहरुको लफडा बाट छिट्टै बाहिर उम्कन हो ?” भनेर सोध्नु भो -मित्र रेग्मी जी ले ! म झसंग भए ! त्यो कतारीले त मैले प्याच थुकेको त देखेकै रहेन'छ / थाहा नै पाएको रहेन'छ ! उसले त हामीलाई साची राख्न र सुनाउन पो ति दुइ ठिटाहरुको नजिक लगेर, जतापाए त्यतै थुक्न र फोहर गर्न पाइदैन भन्दै हाम्रो सपोट पो खोजेको रहेछ ! म उल्लु भने आफुले गरेको गल्तिको लागी तत्कालै माफी मागेर त्यहाँ बाट उम्कन नै तल्लिन रहे ! मलाइ मेरो गल्तिको लाजले अन्धो बनाइदिएछ, उसको कुरा लाइ भन्दा मेरो कुरामात्र बढी हेक्का गरेछु ! त्यसैले  हामि दुइ धेरै बेर सम्म त्यहि कुरा सम्झदै आखा भरिला बनाउदै निकै हासेर त्यो साँझ दोहा-कर्नेसमा विताइयो ! यो एउटा संयोगको घटना भए पनि मैले गल्ति गरेकै थिए ! आफुले माया गर्ने ठाउको बेवास्था गरेर ! वेहोसी भएर !! नया बर्षको शुरुवातमै जीवन प्रतिको नया पाठ पढाएर गयो त्यो –घटना ! सामान्य एक सरो सट पेन्ट लगाएर हिडेको मलाई -त्यो साँझको छिपिदै गएको चिसो वतासले कति झोक्का हिर्काएर गयो, थाहै भएन !!

3 comments:

  1. मीठो अभिव्यक्ति । अन्तिम अनुच्छेद ले झनै रोचक बनायो पुरै लेखलाइ । म पनि व्यक्तिगत आचरणका कुरा लाइ राष्ट्रियता/देशवासी सँग जोडेर हेर्ने रोगले पिडित नै छु्। आफ्नो होस या अरुको गल्ती, ती बाट सिक्दै जानु त रहेछ ।

    ReplyDelete
  2. "दोहाको कर्नेस र एउटा संयोग" बडो गजबको सन्दर्भ बोकेर आएछ | यीं यस्तै कुराहरू त हुन् जसले मान्छेलाई हम्मेसा नयाँ कुरा अनुभूत गराई रहन्छन र मान्छे मान्छे हुनतिर निरन्तर अघि बढि रहन्छ | प्रकृतिमा त हामी सदैब साना छौ नै मानवीय सभ्यताका यस्ता कति कुरामा पनि अझै पुड्का छौं | जे होस् लेखकीय स्वीकारोक्ति ले सबै पाठकको मन खिचेको छ | यो लेखलाई सलाम छ बेदनाथजी !

    ReplyDelete
  3. गजब रमाइलो रहेछ यहाँको अनुभूति | मनको बाघले बनमै गएर कराएछ !

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...