Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

Some Tips for Computer ( Part-1)

# Some Tips for Microsoft Word :
“Customize Ribbon”
Microsoft word मा Main Tabs र Tools Tabs हरु बनाउन ( थप्न )  र त्यसको नाम परिवर्तन अनि कुनै पनि Main Tabs वा Tools Tabs हरुलाइ लुकाउन/ हटाउन (hide) साथै Order मिलाएर राख्नको लागि यसको प्रयोग गर्न सकिन्छ !
सर्ब प्रथम Microsoft Word 2010 खोल्नुहोस !
1. File मा Click गर्नुस >> Options >>> Customize Ribbon
word options
2. पिक्चरमा देखिएको २ नम्बर नेर Customize the Ribbon भन्ने ठाउबाट ‘Main Tabs’ or ‘Tools Tabs’ कुनै एक छान्नु होस् (जुन आफुलाई आवश्यक छ !)

3. त्यस पछी उक्त आफुले छानेको ‘Main Tabs’ अथवा ‘Tools Tabs’ लाइ तपाइले आफुले चाहे अनुसारको भाषामा आफ्नै नयाँ नाम दिन सक्नु हुन्छ !
साथै कुनै पनि ‘Main Tabs’ or ‘Tools Tabs’ हरु बनाउन र त्यसको नाम परिवर्तन गर्नु सक्नु हुन्छ साथै  कुनै पनि ‘Main Tabs’ हरुलाई आघि पछी मिलाउन सक्नु हुन्छ !
यसरी आबश्यक कुराहरु गरि सकेपछी >>>Ok >>> मा Click गर्नु होस !
यहाँ मैले केहि परिवर्तन गरेर : एउटा उदाहरण पेश गरेको छु, तलको पिक्चरमा हरियो घेरा भित्र हेर्नुहोस !
fine picture
>> यदि तपाइले पुन पहिला कै जस्तै बनाउनु परेमा त्यो setting लाइ Reset गर्न सक्नु हुन्छ !
त्यसको लागि Click on >>File >> Options >>> Customize Ribbon (picture no.1) को नम्बर ३ नेर हेर्नुस त त्यहाँ Reset हुन्छ हो त्यहाँ एक पटक Click गरेर Ok  गर्नुस !
Note : यो कुरा Microsoft word 2003 र त्यो भन्दा अघिकोमा तपाइँ ले word को Tools मेनु को Customize मा गएर Drag & Drop तरिकाले गर्न सक्नु हुन्छ !
# Extra Tips:About Microsoft Word
(आफै गर्नुस अनि के हुन्छ हेर्नुस र थाहा पाउनुस )

1. टाइप गरि हेर्नुस त “ =Rand(12,20) “ र Enter थिच्नुस !
जहाँ 12 भन्नाले Paragraph लाइ बुझाउछ र 22 भन्नाले sentence  लाइ बुझाउछ ! जस्तो =rand(Paragraph,sentence ) Enter हुन्छ !
2.टाइप गरि हेर्नुस त “ === “ र Enter थिच्नुस !
3.टाइप गरि हेर्नुस त “ ---“ र Enter थिच्नुस !
4.टाइप गरि हेर्नुस त “~~~ “ र Enter थिच्नुस !
5.टाइप गरि हेर्नुस त "+===+=======+====+" र Enter थिच्नुस ! अनि Keyboard मा भएको Tab कि ३/४ पटक थिच्नुस !
6.टाइप गरि हेर्नुस त “*** “ र Enter थिच्नुस !
7.4.टाइप गरि हेर्नुस त “### “ र Enter थिच्नुस !
# ON Screen Keyboard:
1. On Screen Keyboard: - प्रयोगको लागि
>>Run मा जानुस र “OSK” टाइप गर्नुस र Okगर्नुस ! यो सम्झन निकै सजिलो छ ! OK सम्झनुस पुग्छ ! पछी विचमा S थपिदिनुस भै हाल्छ ! OSK कस्तो लाग्यो होइन र ?
# SYSKEY :
Syskey यानी Securing the Windows Account Database यो एकपटक आफ्नो कम्प्युटर मा enable गरे पछी त्यसलाई Disable गर्न नसकिए पनि फेरी Password (syskey) लगाउनु नपर्ने भने बनाउन सकिन्छ ! आफ्नो कम्प्युटरमा भएको डाटाहरुलाई बढी सुरक्षित गराउनको लागी यसको प्रयोग गरिन्छ ! यसलाइ आफ्नो कम्प्युटर enable गरे पछी भने कम्प्युटर खोल्ने समयमा आफ्नो युजर पासवर्ड (User Password) लागएर Log On हुनु भन्दा पहिला अर्को  syskey (password) लगाएर मात्र आफ्नो कम्प्युटर खोल्न सकिन्छ !
>> यसको लागि Run मा ‘syskey’ लेखेर ok मा Click गर्नुस अनि ‘yes’ गर्नुस !
त्यसपछी यस्तो पिक्चर देख्नु हुनेछ !
SYSKEY
>> ‘Update’ मा जानुस
syskey l
>> Passward Startup (1) र System Generated Password (2) गरेर त्यहा दुइ पार्ट हुन्छ !
Password Startup को ठाउमा ‘Password’ र ‘Confirm’ मा आफ्नो आवश्यक Password Type गर्नुहोस ! साबधान ! Password Type गर्दा ध्यान दिएर Type गर्नुहोस् नत्र तपाइले पछी आफ्नो कम्प्युटर खोल्न सक्नु हुने छैन !

>> अब Ok गर्नुस र पुन: फेरी
111
>>Windows Startup Password मा पहिला कै आफ्नो password टाइप गर्नुस र ओके गर्नुस !
>>अब आफ्नो कम्प्युटर Restart गरेर हेर्नुस ! अब तपाइले कम्प्युटर खोल्नको लागि पहिला syskey लगाउनु पर्ने हुन्छ !

Note: यदि तपाइँ फेरी syskey लगाउनु नपर्ने बनाउन चाहानु हुन्छ भने -
फेरी Run मा गएर ‘syskey” type र  ‘ok’ अनि yes गर्नुस त्यस पछी देखिएको विन्डोजको  ‘System Generated Password’ को मुनी ‘Store startup key Locally’ छानेर ओके गर्नुहोस ! र पुन : Windows Startup Password मा आफ्नो syskey टाइप गर्नुस र ओके गर्नुस ! बस काम तमाम !
>>>>>अब तपाइँले आफ्नो कम्प्युटर Restart गरेर चेक गर्न सक्नु हुन्छ !
Note : यो syskey तपाइले Windows XP/ VISTA र Windows 7 सबैमा यसरी नै प्रयोग गर्न सक्नु हुन्छ !
धन्यबाद ! शुभ समय / शुभ दिन !

3 comments:

  1. अती उत्तम उयोगी गुरू । धन्यवाद है । सबैका लागी साह्रै उपयोगी टिप्स दिनु भो । भाग २ को प्रतिक्षामा छु है गुरू ।

    ReplyDelete
  2. dherai nai upayogi kura , thanks brother..

    ReplyDelete
  3. The above tips are very helpful.I just liked the tips.Thanks for sharing this.I have also one techno blog.To visit that blog CLICK HERE

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...