Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

नाम अनि उप नामका कुरा !

5288286886_eeca614441_b
नाम अनि उप नामका कुरा गर्दा - उस्तै र एकै भए पनि तिनीहरुको प्रभाव फरक छ ! नाम होस् या उप नाम त्यसले जनाउछ त एकै लाइ ! उपनाम सामान्यतया नामको अघि या पछी जोडीए तापनि,  पहिला नाम हुन्छ अनि उप नाम तर कालान्तरमा ठिक विपरित हुन्छ ! पहिला उप नाम अनि पछी नाम आउछ -उसलाई चिनाउनको लागी  ! उप नामले एउटा नाम लाइ पहिचान दिन्छ ! तर त्यो उप नाम कहिले त्यसै पाइन्छ त कहिले केहि गरे पछी -मात्र ! तर जसरी उप नाम पाइए पनि त्यसले व्यक्ति लाइ राख्छ त चर्चामा नै वा यसरी भनौ – ‘उप नाम भएका मान्छे सधै भरि परिचित रहदा रहेछन ! कुनै उप नामले तपाईलाई सर्मिंदा गराउछ भने त कुनै उप नामले गौरवको अनुभूति तर जे भए पनि तपाइँ लाइ चर्चा -परि चर्चामै मै राख्दछ !
जस्तो कि ! इटालीका Florence Nightingale लाइ ‘Lady with the Lamp’ भनेर कसले नचिन्ला र ? त्यस्तै ब्राजिलका फुटबल खेलका माहा हस्ती Edison Arantes do Nascimento लाइ ‘Pele’ (पेले) भनेर नचिन्ने खेलकुद जगतमा सायद कोहि नहोला ! साहित्यकार वासुदेव लुइँटेलको उप नाम ‘भूतको भेनाजु' , तिलविक्रम नेम्वाङ लाइ ‘बैरागी काँइला’ आदि सबै लाइ नाम ले होइन उप नामले हामी माझ चिनायो ! त्यो उप नाम पाउने काम त आ-आफ्नो ठाउमा छदै छ ! मान्छे मात्र होइन देशहरु पनि उप नामले गर्दा नै चिनिएका छन जस्तो अष्ट्रेलियालाई Kangaroo को  देश भनेर चिन्छ भने अफ्रिकाको Botswana देश लाइ हातिको देश भनेर चिन्छ !

$ave the World !! Earth Day !

280px-Kellyposter1970
Each year, Earth Day -- April 22 -- marks the anniversary of what many consider the birth of the modern environmental movement in 1970.
The height of hippie and flower-child culture in the United States, 1970 brought the death of Jimi Hendrix, the last Beatles album, and Simon & Garfunkel’s “Bridge Over Troubled Water”. Protest was the order of the day, but saving the planet was not the cause. War raged in Vietnam, and students nationwide increasingly opposed it.
At the time, Americans were slurping leaded gas through massive V8 sedans. Industry belched out smoke and sludge with little fear of legal consequences or bad press. Air pollution was commonly accepted as the smell of prosperity. “Environment” was a word that appeared more often in spelling bees than on the evening news.  Although mainstream America remained oblivious to environmental concerns, the stage had been set for change by the publication of Rachel Carson's New York Times bestseller Silent Spring in 1962.  The book represented a watershed moment for the modern environmental movement, selling more than 500,000 copies in 24 countries and, up until that moment, more than any other person, Ms. Carson raised public awareness and concern for living organisms, the environment and public health.

# Photo & Caption @ Facebook

1
Today I'm going to publish some pictures on this post, which I had collected from Facebook. I won't write any things about those picture, it’s as like ‘picture speaks’. And others things  – Only we must live on the world then we will see what will happen. people haven't different mind but they thinks by different style.Some people have different thought & style.I liked all this pictures & captions. thanks for them whom whom created these all pictures.

प्रवास, बनभोज र नयाँ वर्ष

गएको शुक्रबार (1st April 2011)आउदै गरेको नव बर्ष २०६८ को उपलक्ष्यमा
‘नेपाल लोकतान्त्रिक मञ्च, दोहा- कतार'ले एक सौहार्दपूर्ण वातावरणमा एक आपसमा शुभ कामना आदान प्रदान गर्ने गराउने हेतुले ‘बनभोज कार्यक्रम' राखेको थियो !  त्यही निम्ता लाइ पहिल्याउदै म पनि उक्त बनभोज कार्यक्रम स्थल समाल (कतार ) को एक मजरामा दाइहरु कमल मणि गुरागाई, दिल किरण लिम्बु, दोर्ण बहादुर बस्नेत र दिनेश कुमार लुइंटेल दाइ सँगै त्यहाँ पुगेको थिए ! उक्त अवसरमा सबैले  हामी वैधानिक नेपाली हौ भनेर बाच्ने अधिकार संविधानले मात्र दिने भएको हुनाले त्यो संविधान तोकिएकै समयमा होस् भन्दै एक आपसमा शुभकामना  आदान प्रदान अनि केहि बेर नाच गान गरेर सम्पन्न भएको थियो !
म पनि यस अवसरमा मेरा ब्लगर मित्रहरु , फेसबुक मित्रहरु, पाठक तथा हितैसी मित्रहरु लगायत सम्पूर्ण नेपालीहरुमा नया वर्ष २०६८ को उपलक्ष्यमा पहिला नै मैले उल्लेख गरिसकेको थेगो दोहर्याए है –“भगवाने लोकमा केहि दिनु पर्दैन –बस ! सबैमा सद बुद्दी दिउन !” भन्ने सबैमा शुभ कामना व्यक्त गर्दछु ! 
Related Posts Plugin for WordPress, Blogger...