Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

# iPhone Ringtone & JailBreak #



आज कुरा गरौ iPhone कोiPhone अहिलेको युवा पिढीमा मात्र नभएर प्राय सबै मोबाइल प्रयोग कर्ताहरु विच निकै लोकप्रिय हुदै गइ रहेको छ ! Steve Jobs को निर्देशनमा Apple Incले उत्पादन गरेको आइफोनले गर्दा पछिलो समयमा अन्य मोबाइल कम्पनिहरुको मार्केट घटेको समाचारहरु नआएको पनि होइन ! त्यसैले अरु कम्पनीहरुले पनि Apple Inc को आइफोन जस्तो विशेषता र एप्लिकेशन भएको आइफोन बजारमा ल्याउन थालेका छन् ! जस्तो Nokia को E7 Samsung को Galaxy , LG को  Voyager आदि त्यसका उदाहरणहरु हुन् ! Apple ले iPhone, iPhone 3G, iPhone 3GS हुदै iPhone 4 निकालेको छ र अब चाडै नै यहि September 2011 तिर iPhone 5 पनि रिलिज गर्न गइ रहेको जानकारी गराएको छ ! र iPhone 5 - 64 GB सम्मको को हुने छ !


शब्द अनि मेरो मौनता !

shabd
आज भोलि !
शब्दहरु - निकै कन्जुस भएको छ !
हरपल क्षणहरु सिंगार्न !
भावहरुलाई गुञ्ज दिन !
मन देखि मनसँग सञ्चार गराउन !
म मेरा मस्तिष्कमा
वटुल्ने प्रयत्न गरिरहेछु !
ति शब्दहरु !!

किन बाटो विराए तिनले – अचेल ?
ठ्याक्कै चुम्बक झैँ,
समान धुर्व भए पनि विकर्षण भै'रहेछ !
‘शब्द' जसले ध्वनि उत्पन्न गराउछ !
जब, शब्दको अभाव रहन्छ !
तब सबै  चिज रहन्छ त - शान्त नै !
ए, हजुर …!
न त सिस्टमनै म्युट छ !
न त स्पिकरनै खराब छ !
छ त : खालि शब्दहरुको अनिकाल !

Sealine Beach को रात्रि भोज !

गत बिहिबारको साँझ अच्चमै भो ! हाम्रो कम्पनी ( Al khaleejiya )को जेनेरल मेनेजर मोहमद इदले अचानक एउटा पाटी (रात्रि भोज) को आयोजना गरेको देख्दा, फेरी विना जानकारी त्यो पनि सिलाइन विचको वगरमा - छक्क नपर्ने कुरै थिएन, अनि नाइँ/ हुन्न भन्ने कुरै भएन ! उक्त पाटीमा अफिसियली स्टाफ मात्र सामेल भएका थियौ ! किन भने होटल/ रेस्टुरा लाइनमा एकै दिन सबैको छुट्टी मिलाउन सम्भव नै हुदैन !
Sealine Beach - Doha Qatar -Bed Nath Blog
AL Khaleejiy को जेनेरल म्यानेजर मोहमद इद (इजिप्ट), एच. आर. म्यानेजर मेडम हायत (मोरक्को), चिफ एकाउन्टेन्ट मोहमद आन्तर (इजिप्ट), मंदुक हसबल्ला मोहम्मद (सुडान), स्टोर इन्चार्ज टिना गार्सिया (फिलिपिन्स)   Al Mandara Restaurant को फादी (इजिप्ट), Soy Restaurant को एकाउन्टेन्ट इयान (फिलिपिन्स), एकाउन्टेन्ट लिजा (फिलिपिन्स),  Tajine Restaurant म्यानेजर अब्दुल (मोरक्को), एकाउन्टेन्ट रविन्द्र शाह (नेपाल) र लेखापाल म गरि ११ जना रहेका थियौ !

Art Center of Souq Waquif @ Photo Slideshow


म निकै समय अघि देखि ब्लगमा काम चलाउ पोस्टहरु मात्र पोस्ट गर्दै आइरहेको छु ! विविध कारण बस भनौ या यो एउटा बाहाना मात्रै हो भनौ, यसो उसो गर्दै पोस्ट चाही गरि रहेको छु ! हो, आज पनि उस्तै गर्दै छु भन्नु पर्ला ! मिहनेत गर्नै छाडीएछ जस्तो भएको छ ! त्यसैले आज कुराहरु पनि बढी गर्ने कोसिस गरिन है ! निकै अघि Doha (Qatar) को इरानी मार्केट एरिया भित्र रहेको एउटा आर्ट सेन्टर छिरेको थिए ! उति वेलै लिएको केहि पोटाहरुलाई TripAdvisor को सहयोग लिएर एउटा Slideshow तयार गरेर पोस्ट गरेको छु ! यो पनि एउटा अल्छे ब्लगर भएको नमुना नै मान्नु पर्ला - आफैले मिहनेत गरेर भिडियो एडिटिङ गरे पनि हुने हो …
Related Posts Plugin for WordPress, Blogger...