Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

बाल दिएको कुरा वाल सम्म !


देशमै तिघ्रा हल्लाएर बसुन्जेल देशको माया, देश भक्ति विकाश भन्ने कुरा ... बुढाहरुले दिने कर्कसे उपदेश झैँ लाग्थ्यो ! ह्या , खान छैन ,गोजामा सुक्को बेरोजगारी संगै लापता भएको छ ... बन्द, हड्ताल भएर स्कुल, कलेज ठ्याप्पै भए’छी पढाई पनि सप्पै स्टप भएको कुरा गर्दै ठिक्क थियो (आफुलाई पढ्ने मन नभए’छी वहाना जे बनाए पनि भै गो नि ! मनै भए’त केहि नहुनेले पनि पढेर प्रगती गरेको उदाहरण नै खोज्ने हो भने कति छन् कति J )   ! अनि विदेश पलायन भएको भोलि पल्ट देखिनै आफुले बाल दिएको कुरा फेसबुकको वाल सम्म ह्वाल ह्वालती लेख्यो ....’देश बिगार्ने सब चोर नेता हुन्’, ‘नेपालको राजनीति ...i hate it’, ‘ I love nepal’, ‘great nepal’, ‘I missing my motherland’, अनि मैले सम्झे बुद्ध हाम्रा हुन् भनेर, सगरमाथा नेपालमै पर्छ भन्ने उद्घोस पनि गरे ! त्यति मात्र कहाँ हो र कस्ता कस्ता फोटामा टाउका जोडेर निकै खिल्ली पनि उडाइयो (नेताका/अभिनेताका) ...(आफ्नो फोतालाई चाही अरुले त्यस्तो गर्दा आफुलाई कस्तो हुन्थ्यो ख्यालै गरिएन !) ...वालमा भेल्नै आएको ! ‘अब देश बनाउनु पर्छ, हाम्रो देश राम्रो देश’ भन्ने नारा पनि यो किबोर्डमा टाइप गर्न भ्याएको भन्या  (विचारा कुनै दिन मैले मेरा कितावमा मात्र पढेको थिए ... आज आफैले लेख्न सक्ने भएछु ...जस्तो लाग्यो J ) ! इन्टरनेटका सोसिएल नेटवर्क मात्र काहा हो र - रेडियो, एफ.एमका प्रोग्रामहरुमा कति फोन गरेर देश सुधार्ने, आफु सुध्रिने धेरै उपायहरु कति भने कति ! (देशमा बसेर केहि गर्न नसकेर ...भाग्ने, भगुवाले लेख्न र भन्न सक्ने त्यति नै त हो नि – जो चोर उसैको ठुलो स्वर भने झैँ J )

       अनि यसरी ‘दुरी बढे पछी मुरी बढ्छ’ भन्थे मुलाई पनि उस्तै भयो ....नेपालमा हुदा बा ले, आमाले खाए खाएन बाल भएन, सन्चो छ विसन्चो छ बाल भएन –बरालिदै ठिक्क थियो तर परदेशिएको दिन देखि सबै कुराको फिकर छ ! घरको यादले निकै सतायो ...माया ह्वातै बढेर गयो .... अरु त अरु घरै छेउको सानीको पनि कत्ति याद आएको J! कलेज पढ्दाताका नेप्टीले एक दुइ पटक हाइ / हल्लो गरेर के मस्के की मात्र थि ... के को नाता ले त्यो त थाहा भएन तर घाटी मै अड्के जसरी उनको यादले मस्त सताउन पनि थाल्दो रहेछ ! उवेला मुख प्वाक्क खोल्ननी हिम्मत हुन्न थियो तर त्यो दुरी बढेपछि भने हिम्मत उसै बढेर आउने रै’छ भन्या ! लाग्छ कलेज टुर कहिल्यै विर्सन सक्दिन ! स्कुल कलेजको जिन्दगी नै सबै भन्दा मस्तीको जिन्दगी थियो जस्तो लाग्छ तर वास्तवमा मलाइ त्यो बेला स्कुल कलेजको लाइफ देखि दिक्क लागेर आउदथ्यो ... जहिले नि होमवोर्कको , एक्जामको प्रेसर ... मामा घर जान नि नपाइने , चाडपर्वमा पनि मस्तले मान्न नपाइने ..सधै पढाइकै प्रेसरमा रहनु पर्ने ! वेलुका भए पछी या फुर्सदको समयमा अरुले जस्तो फिलिम हेरेर, गफिएर, बस्न या डुलेर, खेलेर बस्न नि नपाइने ! तर मलाई अचम्म लागेको कुरा पहिला त्यहि जीवनशैली मन नपर्ने मलाइ विदेशिए पछी भने राम्रो लाग्न थाल्यो, मन पर्न थाल्यो, अतित भनेर बल्झियो, सम्झनाका तरेली भएर सतायो, कास ! ति दिन फर्केर आउने भए भन्ने झैँ भयो  – खै किन हो कुन्नि?  राजकुमार हिरानिद्रारा निर्देशित हिन्दी फिलिम 3idiot मा भने झैँ –‘साथि फेल भयो भने यो मन दु:खी हुन्छ, साथि फस्ट भयो भने झन डबल दु:खी हुन्छ !’ यो हुमन बिह्याभ रे ! सायद त्यहि हुनु पर्छ ! यो हुमन बिह्याभ अचम्म अचम्म नै हुदो रहेछ, सोच देखि बाहिरको कुरा हुदो रैछ !
विदेशमा रहुन्जेल एन आर एन भन्यो, प्रवासी एकता मंच, समुह भन्यो निक्कै कुदियो, साथीहरुलाई पनि कुदाइयो ! अब हामी जस्ता युवा विदेशमा धेरै बस्नु हुन्न देशमै गएर केहि गर्नु पर्छ ( देशमा हुन्जेल सम्म केहि गर्ने हुत्ति नभएर परदेशिनेले बिदेशीए पछी भने देशमा केहि देखेछ ... J) अब देशमा गएर उदाहरणीय काम गर्ने भनी योजना सहित विदेशको खटपट सहन नसकेर देश फिर्तीमा हतार गरियो जसरी पहिला देशमा हुदा –अब नेपालमा टिक्नै नसकिने भो भनेर विदेशिएको थिए ! अल्छिका बल्झिने बाहाना धेरै भने झैँ ... देशको महंगी के साह्रो, अझै देशमा शान्ति आ’छैन ...बन्द उस्तै छ ! भुस बेच्न र जुस किन्न मात्र होइन ढुस खेल्न पनि घुस दिनु पर्छ ! ठेक्का लिनु पर्यो, पसल खोल्नु पर्यो ...फाइट देखि केटी सँग साइट खेल्नु पर्यो भने पनि कि त मावोबादी, लिम्बुवान, ताम्सालिंङ्ग, या त फोरमको धोरम केही न केही लगाउनै पर्छ नत्र उपाय नास्ती ! अनि म बबुरो ले के नै लछार पाटो लाउनु र ? मेरो संगत त्यस्तो केही सँग रहेन ! देश फर्किएको गोडा चारेक बर्ष वितिसके यतिका दिन सम्म पनि केही गर्न सक्या होइन भनौ या गर्या केही होइन ...साथीहरुको –‘हेल्लो ! के छ ? हैन, अचेल के गरिदै छ, हौ?’ , भन्नेको उत्तर ... ‘विचार गर्दैछु ,हैन केही न केही त गर्ने पर्छ ! हेरम अब के हुन्छ !’ –यो उत्तर कति लाइ कति पटक भने उति साह्रो हेक्का पनि छैन – अब त !
 केही गर्न नसके पनि जागिर खाउन त भन्दा ... घरमा पाकेको खाना पस्किएर खाने मति नहुने म –विना टेस्ट (स्वाद)को जागिर कसरी, कति खाने थाहै भएन ! जागिरका लागि सोर्स, फोर्स संगै कोर्ष (स्टडी) चाहिने रै’च – म मुठे औला भरी (१० कक्षा) पढ्या न परे नमस्ते गर्न मात्र पुग्छ अनि कसैले नमस्तेका भरमा जागिर नखुवाउदो रहेछ J! जागिर खान लाइ अर्को खुवी पनि चाहिने रै,छ त्यो हो प्रसंसा गर्न जान्नु ! म बबुरो आफुलाई मन परेको केटीको अघि पुगे पछी ‘तिमी कति राम्री’ भन्ने सुध्दी त हराउछु भने हरेक कुरामा फुर्सद (पैसा) माग्ने, उसले भनेका सही / बेठिक सबै कुरामा आखा चिम्लिएर सही थप्नु पर्ने त्यस्ता मुन्छेको प्रसंशा म कसरी गर्न सक्छु –त्यो पनि जागिर खानकै लागि ! यो खुवी पनि म मा रहेन ....अनि त १०० % वेरोजगारी परियो !
रोजगारी, स्वरोजगारी केही पनि नभए पछी वेरोजगारी भैइदो रै’च ...अनि यो मुलुकामा वेरोजगारीलाई तलव/ भत्ता दिने चलन छैन अनि यस्तो नभए’छी म बबुरोको कन्तविजोग ! अवस्था कस्तो छ भन्दा निश्चल बस्नेतको नेपाली फिलिम ‘लुट’ मा भने झैँ ...’घण्टा ! गोजामा कण्डम किन्ने पैसा छैन –के राम्रो के नराम्रो छुट्याएर बस्छस!’ ! बेक्कामे मलाई कल त परै जाओस मिस कल सम्म आउदैन ... आफैले फोन गर्यो भने मात्र तर मोबाइलमा अरुलाई मिस कल सम्म गर्ने ब्यालेन्स हुदैन !  फोन वितरण गर्ने NCELL भन्छ – ‘NCELL सँग सबै दंग’ अनि म मात्र किन दंग नहुने महिनामा एक पटक भए पनि ब्यालेन्स हाल्यो –फेसबुकमा कति कमेन्ट आयो भनेर नेट युज गर्न खोज्यो – एक दुइ पटक च्याट गर्दा र एउटा साइट ओपन गर्दै ब्यालेन्स च्वाट ... अनि ! साइबर बस्यो भने प्रति घण्टा २०/३० तिर्नु पर्छ तर फोनबाट नेट युज गर्दा प्रति घण्टा १०० पुग्दैन ! अनि अरु जस्तै म पनि NCELL सँग दंग छु ...बा J!
मेरो अवस्थाले मलाइ के सोच्न बाध्य बनायो भने –‘म र मेरो देशको नेताको हाल एकै छ !’ ...म यो समाजको या देशको एक नागरिक भनाउदो प्रतिनिधि –अनि म जस्ता तोरी लाहुरेहरुले भरिएको यो समाज ! यही समाजबाट छानिएर गएको हो नेता पनि ! भन्नुको मतलव म जस्ताकै जमातबाट ..म जस्तै मान्छे नेता हुन् पुगेको रै’छ ...उसको पनि जीवनमा उसका योजनाहरुले मेरो जस्तै फेल खाएका होलान ! रहर थियो डाक्टर बन्ने, ब्यापारी भन्ने या कुनै फिलिमको हिरो भन्ने तर झुक्किएर नेता हुन् पुग्यो फरक यति हो उ र म मा ... म -मैले चाहेको केही पनि बन्न सकिन तर पनि यो देशको नागरिक भए –बुढ्या र बच्चा सँग बस्दा गर्व गर्छु ...उ –उसले चाहेको केही पनि हुन् सकेन तर बाध्यताले उ यो देशको नेता भयो- कुर्सि र मन्चमा बस्दा गर्व गर्छ ! अनि सम्झन्छु उसले (नेताले) बनाउने देश विकाश, संचालनको योजना ... म विदेशबाट आउदा मैले बनाएको योजना जस्तै रहेछ ...(मुसुक्क हास्छु ..) ...यो देशको हालत देखेर म भन्ने गर्थे, - ‘...साला चुत्या नेता ..देशको अवस्था बिगारेर खतम गरे’, तर म पनि नेता भन्दा कम रहेन छु ! अहिले सम्म नेताको योजनाले देशमा न त संविधान नै आयो न त विकाश नै ...इलेक्ट्रिसिटीको समस्या जनसंख्या संगै बढ्दो छ ! करप्शन र वेरोजगारीको लेखा जोखा राख्ने नै को छ र ? अनि मेरो योजनाले ...मलाइ कहाँ नै पुर्यायो र ? बास ! चालिस बाट पैतालिस पुर्यायो J! एउटै कुराले ‘म’लाइ नेता बानायो अनि ‘नेता’लाइ म जस्तो समान बनायो त्यो हो ..’यो देशको /आफ्नो विकास गर्न खोज्ने -भयो / अवरोध आएन भने ठिकै छ गर्दै जाउला नत्र बालै भो J ! एनीहाउ गर्ने पर्छ भन्ने मनास्तिथि नै कहिल्यै आएन !’, भने पछी म पनि नेतै भएछु अर्थात् म जस्ता सबै यो समाज/ देशका नेता भए ... यो देश आम नागरिक भन्दा पुरै नेताले भरि भराउ भएछ  ...गर्न नसके नि योजना बनाउन,भन्न र मिठा मिठा नारा सजाउन जान्ने भए’छी ! नेता बढी नगारिक कम अर्थात गर्ने भन्दा गराउने (अडर दिने) धेरै भए’छी प्रगती र विकास पनी सुस्त हुनु या थोरै हुनु ठिकै हो नि , कि कसो ? J !!

1 comment:

Related Posts Plugin for WordPress, Blogger...