Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

HTML Course Tutorial - Part 1

From this post I'm going to Publish HTML Digital Note Book at partially on this blog as part -1, part 2 ... .. I hope that it's useful to readers .... you can leave your queries, suggestion to me as a comment and you can save this  notebook on your computer..... if it is useful for you - Thanks.
 HTML is easy to learn - You will enjoy with it. 

Twitter’s new security feature !



Twitter has added extra security measures for its accounts and now’s a good time to take a couple of minutes and cut your chances of falling victim to a Twitter hack.
The social network announced Wednesday  that it was joining the ranks of Google, Facebook, Microsoft and Apple by adding what’s called two-factor authentication, which requires users to put in a second code along with their username and password.

आकाश हासिरहेछ !

आहा !!
कति राम्री यार ! :) 
म त हेरेको हेर्यै ...
उ केहि भन्छे
म केहि पनि बुझ्दिन
अनि
म केहि भन्छु
उ केहि नबुझिकन मुस्कुराउछे !
याद छ अझै
अन्तिम पटक हात हल्लाएको क्षण
मेरो अघि मुस्कुराएको पल
उसको अघि आफ्नो खुसी पोख्न सकिन !
अनि पछी तिन बित्ता उफ्री हेरे !
पहाड जिते झैँ भयो – खुसी उम्लेर !

कथा मात्र होइन रहेछ - जिन्दगी !



कसैलाई सुनाउने
कथा मात्र होइन रहेछ
 जिन्दगी !
 मैले झेल्नु पर्ने

यथार्त पनि हो !
सुन्ने लाई त, सलल ... बगे जस्तो 
रमाइलो र एका देशको कथा झैँ लाग्ला !

जुन जस्तै यो घामको कुरा !

साझमा लुकामारी खेल्न आउने 
- जुन !
पन्ध्र दिन कृष्ण पक्ष भन्दै हराउने 
अनि अरु पन्ध्र दिन 
शुक्ल पक्ष भन्दै झुल्कने .... गर्थ्यो !
तर हिजो आज
हरेक दिन / हरेक बिहान 
सबेरै आउने गर्छ 
मेरो बिस्तारा सम्म ...

Life Goes On ...

“तिमीलाई रोजे, विश्वास गरे, मुट्टू झिकेर तिमीलाई सुम्पिदिए !
लत्कारी दियौ, फट्कारी दियौ, त्यहि सोक ले आज म रोगी भए !!
निष्ठुरीलाई माया गरि, आफैलाई रोगी बनाए !
माया साच्चै मोह रै’छ आफैलाई जोगी बनाए !!”

भनेको सुनेको थिए, ‘मान्छेहरु मायामा पागल हुन्छन’ ...वाइयात नै हो जस्तो लाग्थ्यो त्यो लाइन किनकी यतिका बर्ष सम्म मैले जति लाइ माया गरे या लिंकमा रहे ...त्यो अबस्थामा मनमा  केहि खुल्दुली त रहन्थ्यो नै अनि सम्बन्ध टुट्दा बिरक्तता पनि कमै हुन्थ्यो, हल्का मन खल्लो हुन्थ्यो ! तर खुट्टा भए जुत्ता कति कति भने झैँ अर्को कनेक्शन पनि भै हाल्थ्यो ! कसैलाई आफैंले love u भन्ने प्रयास नै गरियो त कतिले मलाइ नै ! अनि अहिले सम्मको लाइफमा साथीहरुले भने झैँ ... कतिको नितम्ब राम्रो लागेर नजिक भैइयो त कसैको पिडुला ! कसैको च्याप्प अंगालोमा मस्त कसौ जस्तो लाग्ने भि’बक्ष देखेरै पछी लागियो त, कसैको मस्त पार्ने ओठ, आँखा ...र हासो देखेर ! आम मानिस टिनेज देखि नै मस्त रहन चाहन्छ ...अनि रेडियो, टिभी ... पत्रपत्रिका र फिल्लिममा भने झैँ / देखे झैँ ... आफुलाई पनि जवानी लुटाउने तलाउको खोजीमा रहन्छ !
Related Posts Plugin for WordPress, Blogger...