Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

Sketch of Hiking !

गएको शनिबार 27 July 2013 ... विना कुनै पुर्व योजना र तयारी बिना नै म ... केहि भाइ बैनीहरुसँग हाइकिंगमा निस्केको थिए ! इलामको धार्मिक स्थलको रुपमा परिचित रहेको सतासी धाम अनि त्यसमाथि रहेको झरना हेर्दै ... त्यहि माथिको पाहाड चढेका थियौ ! त्यो पनि खालि खुट्टा ! झर्नाबाट आएको पानि बग्ने एउटा सानो खोल्सो हुदै जानु पर्ने साघुरो बाटो रहेछ ... जाहाँ जुत्ता, चप्पल लगाएर हिड्नै अप्ठेरो हुने ! निक्कै बिजोगले हामी हिडेका थियौ तर नि रमाइलै महसुस भयो अनि दिन पनि निकै  सितल रहेको थियो !  दु:खको कुरा खाने कुरा हामी सँग केहि पनि थिएन सिवाय झर्नाको पानि देखि बाहेक ! न त सतासी धामको नजिक कुनै होटल या राम्रो पसलनै थियो ! अनि अमिले जादा केहि पनि बोकेर गएका थिएनौ !
सामुहिक तस्विर खिचाउदै !




 ( सहभागीहरु : इसाक, संजोक, अनिस, शिभ, याम, रबिन, स्नेहा, ममता, स्मृति र म ! )

तिम्रो नाममा !


फोटो Via dribbble.com
 के रे ... ? Me … Hero …. ME !
अब केटोले एना फुटाउने भो
हेरेको हेरै गरेर :P
तिम्ले  जस्तै !

हिरो भन्दे’सी
कोसरी निन्द्रा आउछ !
अब कोल्टे फेर्दै उज्यालो हुने भो ...... :)

अनि - म हिरो भए
अब देखि – सलमान, आर्यनका मात्र होइनन
क्याट्रीना, दिपिका, रेखाका पनि दिन गए
किनकी तिनीहरु नि ... रिप्लेस हुदैछन तिम्रो नाममा :) 

Give Blood and Save Life!

गन्तव्य विहिन भएर हिडेको यो जिन्दगीसँग न त समस्या छ न समाधान नै अनि उस्तरी नै न जिज्ञासा छ न त उतर नै ! छ त स्रिफ गन्तव्य विहिन यात्रा ! पेन्डुलम घडीको घण्टा जस्तो अस्थिर भै ... ओल्लो छेउ र पल्लो छेउ हुदै हल्ली रहने ! के पाउदा खुसि होइन्छ र के पाउदा दु:खी ...?? (सोच्नै पर्छ :) ) यो जिन्दगीको आफ्नै रफ्तार छ ... कुनै पनि ट्रेनको लिक समाएर नसक्ने हिड्न ! यो यात्रा खै कहाँ सम्मको हो कुन्नि ? आफुलाई आफ्नै किसिमको हतारो छ ... खै कुन्नि कुन काम सक्नु छ ...अनि के पाउनु छ थाहा छैन तर नि हतारो छ ... चौपटैको ! मान्छेहरुले फेसबुकका स्टाटस र फोटा अपलोड गरे जतिकै हतार र व्यस्त छु ...  कहि पनि रोकियौ जस्तो त लागेको छैन ! ... खै जिन्दगीका किनारै किनार हिड्दै जादा कति झोक्का हावाहरुले हिर्काएर गए पत्तै छैन न त झरिहरुले रुझाएर गएको नै पत्तो छ ! यसरी जिन्दगीका किनारहरुको धार समाएर हिडेको थुप्रै भै सके ... कहिले काही छालहरू आएर पैताला भरि झस्काउछन ... बस तव मात्र थाहा हुन्छ ... म गन्तव्य विहिन यात्राको यात्री हुँ भनेर !

HTML Course Tutorial - Part 2

This is second part of HTML Digital Note Book on this blog .  I hope that it's useful to readers .... you can leave your queries, suggestion to me as a comment and you can save this  notebook on your computer..... if it is useful for you - Thanks. 
 
  HTML is easy to learn - You will enjoy with it. 

देशका नेता जस्तै !!

खुसि गूगल भए म प्लस गर्ने’थे !
टुइटर हौ भने तिमि म फलो गर्ने’थे !
अनि मेरो माउसको क्लिकले मात्रै भए’नि
इनबक्समा मेसेजहरुको गर्व रहने थियो
जन्मन्थे त ‘गूगल प्लस’ हरु !!
हुर्किन्थे त ‘टुइट’हरु ...
बैसालु भएर फक्रिने थिए फेसबुकहरु ...

चुडिएको मन !

मेरो साथीले भन्दै थ्यो :-
राम्रो र असल काम मात्र कसैले गर्दै छ भने
सम्झनु उ मर्न लागेको समय छ !
(पृथिवीमा असल मान्छेहरुको लागी ठाउ छैन रे, जसरी स्वर्गमा पापीहरुका लागी हुन्न ! )

सानामा झगडा गरे  - साथीलाई बचाउन
रेस्टिकेट भए स्कुलबाट !
बढी गफ दिने – गफाडी हुन्छन रे !
सान्त रहे अनि :- आपे, ज्वाजे’को दर्जामा
सेलेक्ट गरे साथीभाईले !
क्षण भरमै हिट बनाइ दिए
... स्कुल भरि, गाउ भरि

जवानी मेरो तिम्रो लागी !



मुख फोर्न नसक्नेहरु
हावाको झोक्का भएर
स्पर्स गर्न आइ पुग्छन रे !
उसो'भा म हावा हुँ  ....
उडाएर लैजान आइपुग्छु  - तिम्लाई ! !

कहिले काही त् लाग्छ
बर्खे झरी बनेर बर्षीयौ – तिमीमा !
त्यसैले त मलाइ डाहा लाग्छ -
ति पानीका थोपा देखी  
जसले तिम्लाई वेप्रबाह रुझाई रहेका हुन्छ ! !

हात्ती छाप चप्पल !



मेरा हातको
जेठो औलाको लम्बाई जतिकै मोटो
एक बित्ता भन्दा अलिक बढी
ठ्याक्कै मेरो पैताला भरिको लम्बाई भएको -
फ्याट फ्याटे चप्पल लाइ
मेरो लुइरे ज्यानले
किचिक्क कुल्चदा
म जस्तो
मतवाली छोरोको नाक
अनुहारमै लिप्पिक टासिएको झैँ
चप्पल भुइँसँग लपक्क टासिन्थ्यो  !

लाग्थ्यो मो पनि
मोयासँग उसरी नै लपक्क तास्सिने गरी
अघिल्लो सिटमा राखेर
चौधरी साइकलमा सरर र र ...
बजार घुम्न पा ....
क्या मज्जा हुन्थ्यो !

Related Posts Plugin for WordPress, Blogger...