Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

आफ्नै मिहनेत [ फुर्सदका कुरा ]

bed nath blog
फुर्सदको समय प्राय: म कसरी बिताउन मन पराउछु भनौ या यो वर्ष यसरी फुर्सदको समय विताइयो भनौ न ! आफ्नै घरको बगैंचामा आफैले मिहनेत गरेर यति मजाको फुल फुलाउन सकेर गमक्क परेर आफैले त्यसको फोटो खिचेर आफैले आफ्नो ब्लगमा पोस्ट गर्नुको मज्जा नै बेग्लै हुने रहेछ :-) तर खुसी भन्ने कुरा यस्तै साना साना कुराहरु बाट पनि प्राप्त हुदो रहेछ ! एक पटक यस्तै साना तिना कुराहरुमा तपाईहरु पनि रमाउने गरि हेर्नुस त ... जिन्दगी थोरै भए'नि खुसि र मिठो मुस्कान न हो !

See you next Year [ Happy New year 2015 ]

It's not been a great year !
सम्झन लायक नभए'नी विर्सन नसकिने बर्ष भएर वित्यो २०१४
के नै फरक पर्दो रहेछ र ...
हामी सँग जतिनै सम्पति - घर खेत,
र साथिभाइहरु भए पनि
आखिर ... खानु पर्ने त भरपेट दुइ गाँस न रहेछ !
अनि
जिउनु पर्ने एकै जिन्दगी न हो !!
तर फरक तब पर्दछ कि
जब हामीले कति नै समय खुसी ले वितायौ
कति मान्छेहरु हाम्रो कारणले खुसिले बाच्न सके ... भन्ने कुराले गर्व गर्न सकिने दिन आउछ !
सत्य के हो थाहा छैन
तर हामी सबै
मर्नको लागी लाइनमा पालो कुरेर बसेका मान्छे हौ
हामी त्यो लाइनमा बस्ने त्यस्ता मान्छे हौ
जो चुपचाप खडा रहेर कुर्ने धर्य गर्न जान्दैनौ/सक्दैनौ
बस त्यही लाइनमा उभिदा गरिने गतिविधि रहेछ जिन्दगी
... नत्र त ..
ढिलो चाडो मात्र हो
पालो सबैको आउदो रहेछ !
~ यो सत्य हो, त्यति थाहा भो !
Anyway Thanks for being a part of it.
वर्षमा 2/2 पटक जन्म दिन (ओरिजिनल+सोसल नेटवर्कको) र नयाँ बर्ष मनाउन पाउछौ .. त्यही भएर हामी नेपाली धन्य छौ !
मेरा ब्लग रिडर्स र पेज भ्युयर्स सबै लाइ यो आउदै गरेको अंग्रेजी नयाँ बर्षको लागी अग्रिम शुभकामना व्यक्त गर्द'छु !
खुसी र सुखी रहनुस ... चिन्ता मेरो होइन आफ्नो पनि नगर्नु रमेर बाच्नुस अरुलाई बचाउन सक्नु हुन्न भने ... मार्ने पनि प्रयत्न नगर्नुस ! किनकी कसैको सड्यन्त्र विना पनि मान्छे मर्छन ... अनि किन तपाइँ आफ्नो समय धेरै भए जस्तो गरेर अरु लाइ मर्ने प्रयत्नमा खेर फाल्नु हुन्छ !


Life ends when yuh stop dreaming,
Hope ends when yuh stop believing,
And Love ends when yuh stop caring...
So ...keep with yuh Dream, believe & Caring ...
it can makes life #BeautifuL  
 hoPpY nEw year 2015 ... my smiles ( ) r my gift ...to  0LL of yuh 


You can watch it ...original post at Facebook also.

परिभाषामा अट्दैन जिन्दगी [ कविता ]

मान्छेहरु आफुले
जस्तो देख्छन यो संसार लाइ
त्यस्तै परिभाषा बन्दो रहेछन ~ संसारको
मान्छेहरु आफुले
जसरी भोग्छन जिन्दगी लाइ
त्यस्तै परिभाषा हुदो रहेछन ~ जिन्दगीको !
त्यसैले पो
त्यो परिभाषा सँग
वेमेल भएको रहेछ ~ मेरो संसार, मेरो जिन्दगी !

तिम्रो लागी
बेढंङ्गको कुरूप ठानिएछु म
त्यसैले पो ~ तिम्रो लागी कुरूप र धराप रहेछ ~ यो संसार !
तर तिमी
मेरो लागी उमंगले भरिएको रहर मान्छु ~ म
त्यसैले पो : ~
मेरो लागी सुन्दर ऋतु हो ~ यो जिन्दगी !

पढ्नै पर्ने केहि कुराहरु

              मान्छेहरु सोच्दा हुन् किन त्यत्रो विधिकुराहरु लेख्छ यो, तिनलाइ के थाहा म अरुको लागी हैन आफ्नै खुसीको लागी र त्यो पल र अनुभुती लाइ आफ्नै लागी सजाएर राख्न चाहन्छु ताकी वर्तमानमा पतित भएका कुराहरुको आनन्द पछी पनि लिन सकौ ! जस्तो बाल्यकालको सम्झनाहरु समझदा पनि अहिल्यै यो मन कति फुरुंङ्ग हुन्छ .. हो त्यस्तै !
             तर सधै ब्लगमा आफ्नै कुरा मात्र कति सुनाउने या भन्ने ठानेर आफुलाई मनपरेको र सबै लाइ निक्कै उपयोगी हुने ठानेर आज रबिन्द्र समीर दाइले फेसबुक वालमा शेएर गर्नु भएको कुरा लाइ पोस्ट गर्न गै रहेको छु ! आशा छ फुर्सदमा पढ्दा तपाइको समय खेर गएको महशुस गर्नु हुने छैन !
            एकपटक यी ४० बटा टिप्स पढ्नुहोला ! यसले यहाँहरुको जीवनलाई स्वस्थ, सुखी एबम दिर्घायु बनाउनेछ !
1.    Take a 10-30 minutes walk every day. And while you ...walk, smile.
2. Sit in silence for at least 10 minutes each day.
3. Sleep for 7 hours.
4. Live with the 3 E's -- Energy, Enthusiasm, and Empathy.
5. Play more games.
6. Read more books.
7. Make time to practice meditation and prayer. They provide us
with daily fuel for our busy lives.
8. Spend time with people over the age of 70 & under the age of 6
9. Dream more while you are awake.
10. Eat more foods that grow on trees and plants and eat less food that is manufactured in plants.
11. Drink plenty of water.
12. Try to make at least three people smile each day.

जीवन रहस्य हो, समस्या होइन

(रामकृष्ण परमहंस र उनका चेला स्वामी विवेकानन्दका बीचको यो संवाद 'कबाडखाना' नामक एक हिन्दी ब्लगबाट लिइएको हो । जुन कान्तिपुर दैनिकमा पनि प्रकाशित भएको थियो प्रकाशित मिति: २०७१ कार्तिक १५  - मैले चाही निक्कै मन परेको हुनाले इकान्तिपुर बाट साभार गरेर यहाँ पोस्ट गरेको छु !) 

स्वामी विवेकानन्द : समय निकाल्नै गाह्रो हुने, यता उता दौडधुप गर्दैमा फुर्सद नपाइने !
रामकृष्ण परमहंस : गतिविधिहरूले तिमीलाई व्यस्त राख्छन्, उत्पादकर्ताले स्वतन्त्र बनाउँछ ।

स्वामी विवेकानन्द : आज जीवन यति जटिल किन छ ?
रामकृष्ण परमहंस : जीवनलाई विश्लेषण गर्न बन्द गरिदेऊ । यसले जीवनलाई झन् जटिल बनाउँछ, जीवनलाई मात्र जिऊ व्याख्या नगर ।

स्वामी विवेकानन्द : हामी सधैं किन दु:खी हुन्छौं ?
Swami Vivekananda and Sukarat

मछ्ट, गरिब र धनि साथमा यो शहर ![ कविता ]

गरिब मान्छे त के शब्द सँग पनि
हरेक चिजको अभाबै अभाब हुन्छ
भन्ने सम्झन्छन यहाँका मान्छेहरु !

तर गरिब भन्छ :-
म सँग न त शत्रुकै कमी छ
न त समस्याको नै कमी छ !
यो मानेमा म – सम्पन्न छु !
दु:ख त सम्झे/ माने मात्र
दु:ख छ जिन्दगी !

लाइफ होस त वाइफ होस [ फन - मुक्तक ]

वाइफ आफ्नो यस्तो होस्
जसको राम्रो हाइट होस्

जिन्स चाही टाइट होस्
आँखा थोरै ब्राइट होस्

ओजन केहि लाइट होस्
उमेरमा डिफ्रेन्स स्लाइट होस्

दिनरमा क्यानडेल लाइट होस्
उसलाई देख्दै यो मन फलाइट होस्

सँगै हुदा उ क्वाइट होस्
यो दिल सधै डिलाइट होस्

सासुको सेवा गर्ने, उसको ख्वाइस होस्
भगवानको प्राथना उसको लाइफ होस

यो कविता पढ्ने भनुन सबै,
गुरु तपाइँ राइट होस् !

यस्तै आफ्नो लाइफ होस् !
यो पढ्दै मुसुक्क हास्ने एउटा आफ्नो वाइफ होस् !

[ कतै भेटेको दुइ लाइन लाइ - एडिट गरेर पूर्ण बनाइ हेरेको ...इट्स जस्ट फर फन .. हुप यु विल एन्जोए विथ इट ०_०  ]

अनौठो मित्रता [ कविता ]

उ याद नै गर्दैन
म भुल्नै सक्दिन 
उ हास्न सक्दैन
म रुवाउन सक्दिन
हाम्रो मित्रता यस्तो राम्रो छ की
उ भन्न सक्दैन
म देखाउन सक्दिन !

केहि मुक्तकहरु [ मुक्तक]

1
सपना धेरै छ, कथा धेरै छ !
परिक्षा जिन्दगीमा, आउन धेरै छ !!
जे मिलेकै छैन, त्यसको तारिफ के गर्नु !
खुसी रहन संसारमा, बहाना धेरै छ !!
2
आँखामा पर्दा पनि नम भै गए
कुराहको सिलसिला पनि कम भै गए
थाहा छैन गल्ति कसको ?
समय खराब हो या खराब म भै गए !

3
समयले मलाइ चुप रहन सिकायो
परिस्थितिले सब थोक सहन सिकायो
अब केहीको आश छैन जिन्दगीमा
आदतले एक्लै खुसि हुन् र जिउन सिकायो

प्रेम, विश्वास र मान्छे [ कविता ]

Believe_in_Love
























प्रेम र विश्वासले नै हो
मान्छे मान्छे भएको 
अनि ढुंगा पनि देउता भएको !

स्केचमा आफैलाई खोज्दा ! [ फोटो फिचर ]

              शुरुका दिनहरुमा प्राय: मैले यो ब्लगमा फोटो अपलोड गर्दै ब्लगीङ्ग शुरु गर्दै सिकेको थिए तर धेरै भए'थ्यो यो ब्लगमा पुन आफै लाइ प्रदशन नगरेको :पी ! आज धेरै पछी आफै लाइ प्रस्तुत गर्दै छु यहाँहरु समक्ष : यो पोस्ट सँगै !
2014-08-05-1934  
                 झापा , कोहबरा -४, महादेवस्थान - बाबाको ४५ दिने कार्य समापनको दिन हामी सबै जना मूलघरमा भेला भएका थियौ ! सोहि अवसरको भोलि पल्ट सोहि गाउँको महादेव मन्दिर पश्चिम रहेको रतुवा खोलामा बगरमा म दि, बुनु, भान्जी अनि भान्जाको छोरा - नाती सँग डुल्न जादा  लिइएको केहि स्न्याप्सहरु एउटा अतित लाइ संगालेर राख्न गै’रहेछु !
दिनेश दाइ ले भन्नु भए' जस्तै :
"पानि वादल, वादल पानि हुन्छ
समय सँगै वर्तमान पनि काहानी हुन्छ”

यो शहरका मान्छेहरु [ कविता ]

यो शहरका मान्छेहरु 
कति जाति, कति सभ्य (छक्क पर्छु)
हरेक कुरा भनेको र लेखेको मात्र 
- बुझ्ने रहेछन !
अचम्मका’बा तिनीहरु त !

यहाँ थुक्न मनाही छ !
यहाँ फोहर फ्याल्नु होला !
ट्वाइलेट यो हो !
सोपिंङ्ग महल यो हो !
मोमो पसल यो हो !

मलाई पनि पढेलेखेको
यहि शहरको मान्छे हुनु छ !
अनि त म पनि
केहि लेखेर .... तिनले बुझ्ने गरी
केहि होडिंङ्ग बोर्ड थप्ने थिए :
यो सहरमा :-
“मेरो देश धर्म निरपेक्ष राज्य हो !”
“सडक जाम र हड्ताल गर्न मनाही’छ !”
“यो देश बन्द गर्न पाइदैन !”

यथार्थ यस्तो रहेछ [ कविता ]

यो संसारमा थोरै i'm with the Skateboard
सानो समुदायले नै
राज गरेको छ - धेरै लाइ !
किन कि राज गर्ने नै धेरै लाइ थोरैले नै हो !
न कि थोरैलाइ धेरैले राज गर्ने त
उचित नै हुदैन नि !
त्यसैले पो त,
यो संसार बनाउन
यो संसारमा राम्रा कुरा गर्न 
धेरै मान्छे लागी परेका छन्
तर सकी रहेका छैनन् !
त्यस्तै ....
थोरै मात्र मान्छे यो संसारमा
ध्वस्त वा विधम्स मचाउन
लागी परेका छन्
तर उनीहरु अधिक मात्रमा
यो संसारलाइ त्रासमा राख्न सक्षम रहेका छन् !
त्यसैले पो त यो संसारमा

एडभर्टाइज् गर्ने तरिकाले मन छोयो [ भिडियो एड ]

यहाँ मैले फेडेरल बैंक को एड गर्न खोज्या होइन .. तर उसले गर्ने क्रिएटिभ र पोजिटीभ सन्देश सहितको एडभर्टाइज् गर्ने तरिकाले मन छोयो .. त्यसैले त्यसको एउटा भिडियो यहाँ तपाइँ हरुको लागी शेयर गर्दै छु ! तपाइँ नि एक पटक हेर्नु हुन्छ कि ?
हेर्नुस न भिडियोमा प्रयोग गरिएको शब्द र स्टोरीमा कति मिठासपन छ ! हेरी रहू लाग्छ यस्ता भिडियोहरु !



Federal Bank को अरु पनि भिडियो एड हेर्न चाहनु हुन्छ भने यहाँ किल्लिक गर्नुस ! अनि तपाई लाइ नि त्यस्तै मन छुने एड या डकुमेन्ट्री छ भने मलाइ कमेन्टमा सजेस्ट गर्न नभुल्नु होला !

कहिल्यै सम्झी रहनु नपरोस ! [ कविता ]

सम्झीएन भनेर
गुनासो गर्नेहरु हो .... !

किन पो सम्झनु मैले
सम्झनलाइ त
विर्सनु पर्यो नि !

कि त
टाढा भएको ... पर भएको ठान्नु पर्यो
कि त माया मारेको हुनु पर्यो

- सम्झन लाइ !


त्यसैले भन्छु :
कहिल्यै सम्झी रहनु नपरोस - तिम्लाई !


प्रसंग: happy friendship day to all .....................................

Photo Via : bubblews.com 

नेपाल भारत विधुत व्यापार सम्झौता (पिटिए) हुनु एक दम जरुरी छ !

धेरै लामो समय पछी भारतले उच्च स्तरको राजनैतिक तहबाट नेपाल भारतको आन्तरिक सम्बन्धको बारेमा कुरा गर्न लागेको छ, जुन धेरै राम्रो पक्ष हो - त्यस अनुरुप नेपालको तयारी नहुनु हाम्रो कमजोरी हो !
नेपाल भारत विधुत व्यापार सम्झौता (पिटिए) हुनु एक दम जरुरी छ ! भारतको अधिनमा नेपालको पानी रहने भयो भन्ने कुरा जहाँ सम्म छ, त्यो त उसको प्रस्ताब हो ... कसैले पनि कुनै पनि कुरा आफुलाई फाइदा नहुने त गर्दै गर्दै, अझ झन्न त्यसमा आफ्नो लगानी हुने कुरो जस्तोमा !
प्रमुख कुरा त कसरी उक्त प्रपोजललाइ आफ्नो अनुकुल बनाएर सहमती गराउने भन्ने कुरा ठुलो हो ! नत्र बादरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन भन्ने उखान जस्तै हुन्छ !
जस्तो : तपाई एउटा पसलमा रु. २५० लाइ पर्ने १ केजी स्याउ लाइ रु. १००भन्दा , मेरो सामानको मुल्य घटाउछ्स भनेर पसलेले तपाई लाइ झम्टेर पिट्ने कुरा सहि नहुन सक्छ ! त्यसमा ब्यापारी र कस्टमरको बार्गेर्निंङ्ग भएर अन्तमा सहमतिमा हुन्छ - किनबेच .. हो त्यस्तै हो यो नेपाल भारत विधुत व्यापार सम्झौता (पिटिए) पनि ! भारतले प्रस्ताब राख्यो भन्दैमा विना सित्तिमै हल्लाको भरमा लागेर त्यसको विरोध गरेर ... आफ्नै ब्याजत गर्नु सिवाय केहि पनि होइन ! सबै लाइ चेतना भएस !

जन्म दिन र उत्सव [ Birth Day - साउन १० ]

 साउन १०,शनिबार - २०७१  - दमक रेड क्रस हल (झापा)
मान्छेको जन्म भने कै
शब्द ध्वनि – संगीतको जन्म हो रे
त्यसैले पो,
मान्छे आफ्नो जन्ममा
सकी नसकि रुदै भएनी
शब्द, ध्वनि निकाल्दो रहेछन,
तव मात्र हास्दै स्वागत गर्दा रहेछन
यहाँका अरु मान्छेहरूले  …… त्यहि भएर पो अहिले नि संसारका हरेक कुनाका मान्छेहरु र तिनको सस्कारहरुमा आफु सँग या आफ्नो नजिक आउने मान्छेहरु लाइ हाँसेरै स्वागत गर्ने परम्परा जिउदै रहेछ !

हर रात झुल्किने तारा बन्नु भयो - मेरा'बा [सम्झना ]

केहि कुराहरु हुदा रहेछन, जुन सत्य भए नि पत्यार नलाग्ने ! खै कुन्नि किन हो आफ्नै आँखा अघि, आफ्नै सामुन्नेमा भएको घटना तर नि अह विश्वास नै हुदैन ! जबरजस्त विश्वास गर्नु परेको छ यो सत्यता लाइ ! गीतमा योगेश्वर अमात्य भन्नु हुन्छ -लोग्ने मान्छे भएर, रुनु हुन् ...’  तर त्यस्तो साहस बटुल्न नै सकिन मैले ! सम्झी सम्झी रुन मन लाग्ने ! लोग्ने मान्छेको मन चाहि कहाँ ढुंगाको हुदो रहेछ र ? मनै त हो ! सत्य अनि आफ्नै सामु भएको घटना लाइ विश्वास गर्न / पत्याउन नसके पछी ... मन त्यसै भाच्चिएर भक्कानिदो रहेछ ... नसुक्ने हिम नदि झैँ घरि घरि नयन देखि शयन सम्म रुझ्ने आशुको दलिन भेल भै आइदिदो रहेछ आफैले थाहै नपाइ !

वैंश र मंसिरका कुरा [ कविता ]


हुन त :-
अंकमा नापिने
जिन्दगी र प्रेम व्यर्थ हो रे !
वैशले प्रेम नाप्नेहरुको भिड छ यहाँ
जमाना जति सुकै डिजिटलाइज भएनी ...
किन कि ..
वैशको रोग हो रे यो - प्रेम !

नारा सहि छ पारा जस्तो भए'नी [ शहिद सप्ताहको कुरा ] [कविता]

भिड हेर्ने रहरले, झुक्किएर
त्यो लाइनमा उभिन पुगेको

हुल / दङ्गा भएको देखेर
भाग्दा भाग्दै .. बाच्न नसकेको - म
पाटी कार्यकर्ताको दबाबमा
अनि
तिनीहरुको सडको तनाव
सहन नसकेर सरकाले
लाचार र बाध्यता बस
उल्लेख गरेको मेरो नामको लिस्ट
सायद,
शहिदको परिभाषा बदलिएको रहेछ ...
सायद,
यही नै मात्र होला
हाम्रा महान नेताका
महान उपलब्धी

यो महान उपलब्धिमा मख्ख पर्ने
महान नेपाली जनता हुन् पाएकोमा
- हामी धन्य छम :-)

#माहान सहिद #अमर शहिद :-)
हाम्रो नारा सहि छ
पारा जस्तो भए'नी :-)

#शहिद सप्ताहको कुरा :-)

फोटो : Via गुगल !
Related Posts Plugin for WordPress, Blogger...