Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

यो शहरका मान्छेहरु [ कविता ]

यो शहरका मान्छेहरु 
कति जाति, कति सभ्य (छक्क पर्छु)
हरेक कुरा भनेको र लेखेको मात्र 
- बुझ्ने रहेछन !
अचम्मका’बा तिनीहरु त !

यहाँ थुक्न मनाही छ !
यहाँ फोहर फ्याल्नु होला !
ट्वाइलेट यो हो !
सोपिंङ्ग महल यो हो !
मोमो पसल यो हो !

मलाई पनि पढेलेखेको
यहि शहरको मान्छे हुनु छ !
अनि त म पनि
केहि लेखेर .... तिनले बुझ्ने गरी
केहि होडिंङ्ग बोर्ड थप्ने थिए :
यो सहरमा :-
“मेरो देश धर्म निरपेक्ष राज्य हो !”
“सडक जाम र हड्ताल गर्न मनाही’छ !”
“यो देश बन्द गर्न पाइदैन !”

तर
मान्छेहरुले
आफ्नो घरको पाइखानामा
‘यो ट्वाइलेट हो’ भनेर नलेख्नु
पुरुष शौचालय र महिला शौचालय
छुटाछुटै नबनाउनुको
पढाइ या आर्थिक कमीको कारण हो !
मैले अझै बुझ्नै सकेको छुइन !

अचम्मको कुरा
शहरको तरुनीहरुले
कतै मिटिंङ्गहरुमा भेटे भने सोध्छन :-
‘दा’ पिसाब फेर्ने ठाँउ देखाई दिनुस न !’
सोच्छु ! लाज पचेकाहरु ...
कति सजिलै सोध्न सकेका भनेर –
अनि भन्छु, “मलाई त सरम लाग्छ !
तिमी नै देखाउछौ भने देखाऊ
– म चाही सक्दिन !
भन्न पो नमिल्ने
हेर्ने कस्को मन हुदैन !"

अझ उनि च्याठिदै भन्छिन :-
“कस्तो मापाको मान्छे
– ट्वाइलेट पो सोधेको त !”
अनि मैले फेरी भने :
“पहिल्यै उस्तरी सोध्या भए हुने नि !
महिला शौचालय, पुरुष शौचालय
यो ट्वाइलेट हो भनेर कतै लेखेको हुदैन
तर नि ... हाम्रो गाम’मा त
हाम्रा छोरी चेली – कसैलाई नसोधी
सरक्क झाडी तिर जान्छन !

अनि यस्तरी शहरका छोरी चेली
हरेक कुरा सोधेर मात्र गर्छन
भन्ने कुरा मलाइ के थाहा ??
लेख्या कुराहरु त बुझ्छन भन्ने लागेको थियो”

भनेर के भनि भ्याएको थिए ...
तिनी त मलाइ ट्वाँ परेर हेरी रहिन ...
तर म उनले झैँ कहाँ ... ट्वाँ परेर हेरी रहन सक्छु र ...!!
मलाइ त लाज लाग्छ ...
अनि त आफु भने कुलेलाम ... !


यही शहरको एक वृद्र भन्दै'थे :
जब म सानामा स्कुल 
ट्वाइलेट पर्खाल पढ्थे 
'तपाइको भविष्य तपाइकै हातमा'छ' 
भन्ने कुरा लेखिएको हुन्थ्यो !
जब म ठुलो भए र अफिस जाने भए 
त्यहाको ट्वाइलेट पर्खाल पढ्थे 
'तपाइको देश तपाइकै हातमा छ'
भन्ने लेखिएको हुन्थ्यो ...
त्यति खेर त ति सब कुरा 
म पढ्न मात्र सक्थे 
तर अहिले आएर बुझ्दैछु 
... सही / सत्य कुराहरु कुदिएको रहेछ 
- त्यो भितामा भनेर !

त्यसैले त हेर्दै छु ....
यो शहरमा कहिले देखि :-

यो रामप्यारिको ड्याडी - ममी हो !
यो मुन्द्रेको बुढी हो !
सोनु, धुर्मुको विहे भएको छ !
कविताले वे गरेकी छैन !
रमिता राधे राधेको छोरी हुन् !
बाटामा लच्किदै, मस्किदै हिड्ने –
मोरीको नाम गोरी हो !

.. भन्ने जस्ता,
हरेकमा स्टिकर टाँसेर राख्ने हो भने
म पनि चिन्ने थिए यी शहरियाहरुलाई
अनि बुझ्ने थिए !

... अक्षर चिनेकै’छु
पढे –लेखेकोमा गन्नी हाल्थे !
यहि शहरको जस्तो सभ्य हुन् –
होडिंङ्ग बोर्डमा जे जे लेख्या हुन्छ
त्यहि त्यहि मात्र गर्न सकी हाल्ने’थे !
अनि त म पनि :-
सभ्य, भब्य मान्छे भै’हाल्थे !
- यही शहरको !

तर अर्को अच्चम्मको कुरा
यही शहरका मान्छेहरु
काही पनि ‘यो वेश्यालय हो’ भनेर लेखेको हुदैन
तर त्यो चाही कसरी चिन्छन, बुझ्छन
छक्क हैन तिन छक्क पर्छु’बा ... !!!

2 comments:

Related Posts Plugin for WordPress, Blogger...