Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

मछ्ट, गरिब र धनि साथमा यो शहर ![ कविता ]

गरिब मान्छे त के शब्द सँग पनि
हरेक चिजको अभाबै अभाब हुन्छ
भन्ने सम्झन्छन यहाँका मान्छेहरु !

तर गरिब भन्छ :-
म सँग न त शत्रुकै कमी छ
न त समस्याको नै कमी छ !
यो मानेमा म – सम्पन्न छु !
दु:ख त सम्झे/ माने मात्र
दु:ख छ जिन्दगी !


म सँग घर थिएन
म सँग प्रसस्त जमिन थिएन
पैसा थिएन  ...
समस्याहरुको कमी नै काहाँ थियो र ?
तर समस्याहरुको कमी महसुश नगरिकन
बाढी र पहिरोको पिडा पनि
यसै पालि उपहार सम्झेर स्वीकार्नु पर्यो !
तब याद आयो एक लाइन शब्दहरु  
‘जब उपरवाले देता हे ना .. छप्पर फाड्के देता हे’
अनि पत्यार लाग्यो !

धनहुनेहरु गफिदा :-
आफ्नो धेरै खेतीका कारण
आफ्नो धेरै व्यापारका कारण
आफ्नो धेरै चौपायहरुका कारण
आफ्नो धेरै कामहरु अफिसमा भएको कारण
फुर्सदै नमिल्ने भनेर फुक्नेहरु
म उनीहरु लाइ जहिले भेट्न जादा
उप्पर खुट्टी नै लाएर बसेको भेट्छु !

तर म सँग ति सब कुराहरु :-
धेरै खेती,धेरै व्यापार
धेरै चौपायहरु, धेरै कामहरु नहुदा पनि
व्यस्त छु भन्न पाएकै छुइन 

उनीहरु मलाइ जहिले भेट्न आउदा
फुसदिलो भएर उप्पर खुट्टी लाउन भ्याएकै हुन्न !
नत्र म पनि रहर नभएको मान्छे कहाँ हु र ?

लाग्छ धनीहरुले
अडर माथी अडर नथुपारे
मछटहरुले हरेक रात निन्द्रा नखोसे
पानि नपरे नि कुकुरहरुले खुट्टा उचालेर
विस्तारा नभिजाए !
जिन्दगी पहिरोले नसताए
म के प्रयत्न नै गर्थे होला र ?
सक्षम र समृद्र बन्नको लागी !

एउटा कुरा
अकालमै मृत्यु हुनु अर्कै कुरा हो
नत्र त धनिहरु भन्दा ...
गरिबहरु नै बढी बाच्छ्न – यो संसारमा !
समस्या र पिडा बढी खप्न हो या
समस्या र पीडाले
बढी अडिलो/ दह्रो  बनाएकोले हो #तथ्य कुरा !


आफुसंग भएको कुनै पनि चिज
कम भएको महसुश हुदा
उक्तकुरा थप मात्रामा मिल्यो भने !
मन खुसी नहुने कुरै हुदैन !

मेरो शत्रुको पनि के नै कमी थियो र !
तर मैले नै कमी महशुस नगरिकन  
म सुत्ने पेटीमा – एक ग्यांग मछेटहरु
हरेक रात – आउछन र राम्ररी सुत्नै दिदैन
मानौ त्यो पेटी पनि तिनकै बा’को हो !
अनि लाग्छ तिनले 
भर्जिनको बोतल झैँ देख्छन र
च्याप समाएर मलाइ -
पिउने चेष्टा गर्छन – मेरो रगत !
सुने’थे
बेतोडको नशा मिल्छ रे !
मछेटलाइ - गरिबको रगत पिउन पाउदा !
मान्छेलाई - गरिबको पसिना पिउन पाउदा !

त्यहि भएर त सदियौ देखि
शासकहरुले गरिबकै पसिना पिएर
आफ्नो बिरासत सजाएका छन
- यसकुराको इतिहास साक्षी छ !
गरिब र पशुको रगत पिएर  
मछ्टले आफ्नो जीवन चलाएको छ
- यसकुराको मछ्ट स्वयम् ज्ञाता छ !

हेप्ने र पेल्ने भनेकै साना र गरिबलाई 
– साना सम्झेर हो !
-निरिह ठानेर हो !
-निकम्बा मानेर हो !
सोच्दछु त्यो मछ्टले गरिबलाई
के सम्झेर, के ठानेर या के मानेर
हेपीरा’छ ??
गरिब पनि मान्छे नै हो !
बडेमानको हातीले पनि
आफु भन्दा ठुलो देख्ने – मान्छे !
मान्छे लाइ मान्छे भन्दा ठुलो ठान्ने
मान्छे !

हरेक दिन बसेर होइन, काम गरेर बित्छ जिन्दगी
हरेक रात सुतेर होइन, मछटको भजनमा बित्छ जिन्दगी
विहान – मिर्मिरेमै देखिन्छ
यो शहरको होडिंङ्ग बोर्डमा  
‘बिउझ, उठ, जग, - नौ जवान हो’

अनि मन मनै भन्छु :-
सुतेको भए पो, बिउझनु गरिबले
सुत्ने त यो शहरका धनिहरु मात्र हुन्
त्यसैले त ... यो पेटी संगै
यो शहर पुरै जिउदै छ

बस मरेका त यहाँका मान्छेहरु मात्र हुन !!!

फोटो : स्रोत : www.ddda.ie

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...