Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

प्रेम, विश्वास र मान्छे [ कविता ]

Believe_in_Love
























प्रेम र विश्वासले नै हो
मान्छे मान्छे भएको 
अनि ढुंगा पनि देउता भएको !

स्केचमा आफैलाई खोज्दा ! [ फोटो फिचर ]

              शुरुका दिनहरुमा प्राय: मैले यो ब्लगमा फोटो अपलोड गर्दै ब्लगीङ्ग शुरु गर्दै सिकेको थिए तर धेरै भए'थ्यो यो ब्लगमा पुन आफै लाइ प्रदशन नगरेको :पी ! आज धेरै पछी आफै लाइ प्रस्तुत गर्दै छु यहाँहरु समक्ष : यो पोस्ट सँगै !
2014-08-05-1934  
                 झापा , कोहबरा -४, महादेवस्थान - बाबाको ४५ दिने कार्य समापनको दिन हामी सबै जना मूलघरमा भेला भएका थियौ ! सोहि अवसरको भोलि पल्ट सोहि गाउँको महादेव मन्दिर पश्चिम रहेको रतुवा खोलामा बगरमा म दि, बुनु, भान्जी अनि भान्जाको छोरा - नाती सँग डुल्न जादा  लिइएको केहि स्न्याप्सहरु एउटा अतित लाइ संगालेर राख्न गै’रहेछु !
दिनेश दाइ ले भन्नु भए' जस्तै :
"पानि वादल, वादल पानि हुन्छ
समय सँगै वर्तमान पनि काहानी हुन्छ”

यो शहरका मान्छेहरु [ कविता ]

यो शहरका मान्छेहरु 
कति जाति, कति सभ्य (छक्क पर्छु)
हरेक कुरा भनेको र लेखेको मात्र 
- बुझ्ने रहेछन !
अचम्मका’बा तिनीहरु त !

यहाँ थुक्न मनाही छ !
यहाँ फोहर फ्याल्नु होला !
ट्वाइलेट यो हो !
सोपिंङ्ग महल यो हो !
मोमो पसल यो हो !

मलाई पनि पढेलेखेको
यहि शहरको मान्छे हुनु छ !
अनि त म पनि
केहि लेखेर .... तिनले बुझ्ने गरी
केहि होडिंङ्ग बोर्ड थप्ने थिए :
यो सहरमा :-
“मेरो देश धर्म निरपेक्ष राज्य हो !”
“सडक जाम र हड्ताल गर्न मनाही’छ !”
“यो देश बन्द गर्न पाइदैन !”

यथार्थ यस्तो रहेछ [ कविता ]

यो संसारमा थोरै i'm with the Skateboard
सानो समुदायले नै
राज गरेको छ - धेरै लाइ !
किन कि राज गर्ने नै धेरै लाइ थोरैले नै हो !
न कि थोरैलाइ धेरैले राज गर्ने त
उचित नै हुदैन नि !
त्यसैले पो त,
यो संसार बनाउन
यो संसारमा राम्रा कुरा गर्न 
धेरै मान्छे लागी परेका छन्
तर सकी रहेका छैनन् !
त्यस्तै ....
थोरै मात्र मान्छे यो संसारमा
ध्वस्त वा विधम्स मचाउन
लागी परेका छन्
तर उनीहरु अधिक मात्रमा
यो संसारलाइ त्रासमा राख्न सक्षम रहेका छन् !
त्यसैले पो त यो संसारमा

एडभर्टाइज् गर्ने तरिकाले मन छोयो [ भिडियो एड ]

यहाँ मैले फेडेरल बैंक को एड गर्न खोज्या होइन .. तर उसले गर्ने क्रिएटिभ र पोजिटीभ सन्देश सहितको एडभर्टाइज् गर्ने तरिकाले मन छोयो .. त्यसैले त्यसको एउटा भिडियो यहाँ तपाइँ हरुको लागी शेयर गर्दै छु ! तपाइँ नि एक पटक हेर्नु हुन्छ कि ?
हेर्नुस न भिडियोमा प्रयोग गरिएको शब्द र स्टोरीमा कति मिठासपन छ ! हेरी रहू लाग्छ यस्ता भिडियोहरु !



Federal Bank को अरु पनि भिडियो एड हेर्न चाहनु हुन्छ भने यहाँ किल्लिक गर्नुस ! अनि तपाई लाइ नि त्यस्तै मन छुने एड या डकुमेन्ट्री छ भने मलाइ कमेन्टमा सजेस्ट गर्न नभुल्नु होला !

कहिल्यै सम्झी रहनु नपरोस ! [ कविता ]

सम्झीएन भनेर
गुनासो गर्नेहरु हो .... !

किन पो सम्झनु मैले
सम्झनलाइ त
विर्सनु पर्यो नि !

कि त
टाढा भएको ... पर भएको ठान्नु पर्यो
कि त माया मारेको हुनु पर्यो

- सम्झन लाइ !


त्यसैले भन्छु :
कहिल्यै सम्झी रहनु नपरोस - तिम्लाई !


प्रसंग: happy friendship day to all .....................................

Photo Via : bubblews.com 
Related Posts Plugin for WordPress, Blogger...