Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

आफ्नै मिहनेत [ फुर्सदका कुरा ]

bed nath blog
फुर्सदको समय प्राय: म कसरी बिताउन मन पराउछु भनौ या यो वर्ष यसरी फुर्सदको समय विताइयो भनौ न ! आफ्नै घरको बगैंचामा आफैले मिहनेत गरेर यति मजाको फुल फुलाउन सकेर गमक्क परेर आफैले त्यसको फोटो खिचेर आफैले आफ्नो ब्लगमा पोस्ट गर्नुको मज्जा नै बेग्लै हुने रहेछ :-) तर खुसी भन्ने कुरा यस्तै साना साना कुराहरु बाट पनि प्राप्त हुदो रहेछ ! एक पटक यस्तै साना तिना कुराहरुमा तपाईहरु पनि रमाउने गरि हेर्नुस त ... जिन्दगी थोरै भए'नि खुसि र मिठो मुस्कान न हो !

See you next Year [ Happy New year 2015 ]

It's not been a great year !
सम्झन लायक नभए'नी विर्सन नसकिने बर्ष भएर वित्यो २०१४
के नै फरक पर्दो रहेछ र ...
हामी सँग जतिनै सम्पति - घर खेत,
र साथिभाइहरु भए पनि
आखिर ... खानु पर्ने त भरपेट दुइ गाँस न रहेछ !
अनि
जिउनु पर्ने एकै जिन्दगी न हो !!
तर फरक तब पर्दछ कि
जब हामीले कति नै समय खुसी ले वितायौ
कति मान्छेहरु हाम्रो कारणले खुसिले बाच्न सके ... भन्ने कुराले गर्व गर्न सकिने दिन आउछ !
सत्य के हो थाहा छैन
तर हामी सबै
मर्नको लागी लाइनमा पालो कुरेर बसेका मान्छे हौ
हामी त्यो लाइनमा बस्ने त्यस्ता मान्छे हौ
जो चुपचाप खडा रहेर कुर्ने धर्य गर्न जान्दैनौ/सक्दैनौ
बस त्यही लाइनमा उभिदा गरिने गतिविधि रहेछ जिन्दगी
... नत्र त ..
ढिलो चाडो मात्र हो
पालो सबैको आउदो रहेछ !
~ यो सत्य हो, त्यति थाहा भो !
Anyway Thanks for being a part of it.
वर्षमा 2/2 पटक जन्म दिन (ओरिजिनल+सोसल नेटवर्कको) र नयाँ बर्ष मनाउन पाउछौ .. त्यही भएर हामी नेपाली धन्य छौ !
मेरा ब्लग रिडर्स र पेज भ्युयर्स सबै लाइ यो आउदै गरेको अंग्रेजी नयाँ बर्षको लागी अग्रिम शुभकामना व्यक्त गर्द'छु !
खुसी र सुखी रहनुस ... चिन्ता मेरो होइन आफ्नो पनि नगर्नु रमेर बाच्नुस अरुलाई बचाउन सक्नु हुन्न भने ... मार्ने पनि प्रयत्न नगर्नुस ! किनकी कसैको सड्यन्त्र विना पनि मान्छे मर्छन ... अनि किन तपाइँ आफ्नो समय धेरै भए जस्तो गरेर अरु लाइ मर्ने प्रयत्नमा खेर फाल्नु हुन्छ !


Life ends when yuh stop dreaming,
Hope ends when yuh stop believing,
And Love ends when yuh stop caring...
So ...keep with yuh Dream, believe & Caring ...
it can makes life #BeautifuL  
 hoPpY nEw year 2015 ... my smiles ( ) r my gift ...to  0LL of yuh 


You can watch it ...original post at Facebook also.

परिभाषामा अट्दैन जिन्दगी [ कविता ]

मान्छेहरु आफुले
जस्तो देख्छन यो संसार लाइ
त्यस्तै परिभाषा बन्दो रहेछन ~ संसारको
मान्छेहरु आफुले
जसरी भोग्छन जिन्दगी लाइ
त्यस्तै परिभाषा हुदो रहेछन ~ जिन्दगीको !
त्यसैले पो
त्यो परिभाषा सँग
वेमेल भएको रहेछ ~ मेरो संसार, मेरो जिन्दगी !

तिम्रो लागी
बेढंङ्गको कुरूप ठानिएछु म
त्यसैले पो ~ तिम्रो लागी कुरूप र धराप रहेछ ~ यो संसार !
तर तिमी
मेरो लागी उमंगले भरिएको रहर मान्छु ~ म
त्यसैले पो : ~
मेरो लागी सुन्दर ऋतु हो ~ यो जिन्दगी !

Related Posts Plugin for WordPress, Blogger...