Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

दमक एक्सप्रेस : [ माया, प्रेम र बिबाह ]

.... समसामयिक परिस्थिति र बर्तमान समाज प्रति थोरै व्यंग गर्दै लेख्ने जमर्को गर्दैछु यो  ‘दमक एक्सप्रेस : पोस्टमा ! सबैको हौसला, सुझाब को अपेक्षा गर्दछु ! हुन् त फेसबुकको टाइम लाइन देखि टुइतर को टुइट सम्म रमाउने जमात ले यत्रो लामो लेखोट ज्याउ नै लाग्ला तर पनि ... आफ्नो प्रयास ... जारी रहन्छ एउटा भारी को लागी ! नत्र त धेरै कुरा भन्न सक्षम हुन्छ एउटा #Instagram को फोटो क्याप्सन पनि ! 
टाइटल :  [ माया, प्रेम र बिबाह ]

माया, प्रेम र बिबाह भन्ने कुरा पनि बडो अचम्मको छ ... यसै बिषयलाइ लिएर ‘फलाना तेरो ब्वाई फ्रेन्ड्स, गर्ल फ्रेन्ड्स’ के भन्दिनु मात्रै पर्छ ... ब्वाई फ्रेन्ड्स, गर्ल फ्रेन्ड्स र बिबाह नै के हो भनेर छुट्याउन नसक्ने कलिला नानिहरु देखि बृद्, बृदा भै सकेकाहरु पनि ... आफ्ना गालाका छाला चाउरी पार्न उत्सुक हुन्छन र गोरु, राँगाले झैँ आफ्ना भए - नभएका किच्च दांत प्रदशन गर्दै मस्किएको यही चार आँखा (चस्मा सहित ) ले देख्या हु क्या रे ! अझ उमेरकाहरुको त कुरा गरेर सध्यौ छैन :) 
हुन  हजुर'बा भन्नु हुन्थ्यो : तिमीहरु प्रेम गरे'छी विबाह गर्नु पर्छ भन्छौ तर मलाइ विबाह गरे पछी प्रेम भो ! जुन अझै सम्म जिउदै छ !! मैले  पढ्या थिए एक प्रसिद लेखक  जर्ज बर्नाड शाले आफ्नो पुस्तकमा लेखेका थिए, ‘विबाह एक सामाजिक, कानुनी बेश्या वृति हो !’ भनेर तर अरु जे सुकै भए नि म भन्छु ‘मागी विबाह भनेको अरु कसैको प्रेमलाइ खोसेर आफ्नो बनाउने प्रयत्न गर्नु हो !’ अहिलेको परिवेशमा !
त्यसैले त आफुलाई क्रान्तिकारी भनाउदाहरुको नारामा भन्दा रहेछन त, ‘...मागेर होइन खोसेर लिनु पर्छ’  ! तर अहिलेका ठिटा-ठिटीहरुमा टिन एज लाग्दाको स्कुले जीवन देखी नै अंकुराउदै जाने ... देखासिकी र रहरको माया प्रेम ! कलेज ...देश, प्रदेश ... ठाउँ र उमेर अनुसार फरक र कम दिगो हुन् थालेको छ ! जमाना नै चाइनिज सामानको फेसन चलेको न पर्यो .... उहिले जस्तो एउटा मोबाइल सेटमा एउटा सिम मात्र लगाउन मिल्ने जमाना रहेन अब , अब त एउटै सेटमा दुई / तिन ओटा सिम घुसार्न मिल्ने भा छ ! सामानहरुमा कम्पनीहरुले दिने ग्यारेन्टी / वारेन्टी जस्तै मोयामा गरिने बाचा, कसम सब मिथ्या हुन् थालेको छ .... जसरी कम्पनीहरुले समान विकाउन ग्यारेन्टी / वारेन्टीको गफ दिएर कस्टमरलाइ लोभ्याउछन त्यसरी नै  क्षणिक माया विकाउन गरिने कुरा हो भनेर भन्न थालेका छन् ... कुरकुरे मायामा गरिने बाचा, कसम ! नयाँ नेपालका सब युवा क्रान्तिकारी भएका छन् ... सब एक से एक (नारि न पुरुष)  प्रगतिशिल  भएका छन् ... यथास्थितिबाद ... भनेको रुढीबाढी समाजको अंश हो रे ! त्यसैले नयाँ नेपालमा, सधै नयाँ ब्वाई फ्रेन्ड्स, नयाँ गर्ल फ्रेन्ड्स राख्न पाउनु भनेको क्रान्तिको धार समाउनु हो रे .... स्वतन्त्रताको उपभोग गर्नु रे ! तेसका बाजे ! बिबाह गर्नु दुई आत्माको मिलन / संगम हो ! बन्धन हो ! अनि कुनै बन्धन खुकुलो भयो भने त ... फुस्कि हाल्छ नि कट्टुको इझार झैँ ....सर्लकै :) ... देखिन्छ लाज अनि लाज पचाई नसकेको यो समाजले आफ्नो इज्जत गएको देख्यो भने / थाहा पायो भने अर्को बित्यास ! त्यसमा दुवै पक्षले केहि न  केही सेक्रीफाई त गर्ने पर्छ नि ... ‘गिभ एण्ड टेक’को रुललाइ आत्मसाथ गरेर ! अब बिबाहमा पनि मनोमानिको स्वतन्त्रता खोज्ने र झन्झट नचाहने साथै हल्का सेक्रिफाई पनि (दुबैले) गर्न नचाहने हो भने ... सेक्स ट्रोय सँग बिहे गरे भै गो नि ! नो कमेन्ट नो डिमाण्ड ! वान टाइम इन्भेस्टमेन्ट ....हो , किन मान्छे संग गर्नु ! नत्र त !

.................
फोटो स्रोत: नेपाल कुवेत डट कम 

2 comments:

  1. Nice article
    visit
    Money on Internet
    to learn and earn more money.

    ReplyDelete
  2. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...