Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

TimeLine Post ~ Four

व्यस्त जिन्द गीमा कति छिटो दिनहरु वित्छ पत्तै हुदैन ! एक छिन फुर्सद भयो भने मात्र एक्लोपन महशुस हुन्छ नत्र त आफैलाई बिर्सन सकिन्छ काममा ... त्यहि भएर हो क्यारे अक्सर श्रमजिवी मान्छेहरु फुर्सदिलो जीवन भन्दा व्यस्त जिन्दगी एसेप्ट गर्न तयार हुदा रहेछन ... ताकी यो भिडमा फेरी एलोन फिलिङ्गस नहोस भनेर ! — feeling नै त लेख्या हो नि ... अझै कति फिलिंङ्गस् भनेर सोध्छ यो ??
bed nath blog
यदि हाम्रो हेर्ने आँखा र बुझ्ने मन राम्रो भैदियो भने
हाम्लाई यो दुनिया सँग प्यार हुन्छ l
तर हाम्रो वोली र कर्म राम्रो भैदिए
दुनियालाइ प्यार हुन्छ हामी सँग रे ll

दमक एक्सप्रेस : [ माया, प्रेम र बिबाह ]

.... समसामयिक परिस्थिति र बर्तमान समाज प्रति थोरै व्यंग गर्दै लेख्ने जमर्को गर्दैछु यो  ‘दमक एक्सप्रेस : पोस्टमा ! सबैको हौसला, सुझाब को अपेक्षा गर्दछु ! हुन् त फेसबुकको टाइम लाइन देखि टुइतर को टुइट सम्म रमाउने जमात ले यत्रो लामो लेखोट ज्याउ नै लाग्ला तर पनि ... आफ्नो प्रयास ... जारी रहन्छ एउटा भारी को लागी ! नत्र त धेरै कुरा भन्न सक्षम हुन्छ एउटा #Instagram को फोटो क्याप्सन पनि ! 
टाइटल :  [ माया, प्रेम र बिबाह ]

माया, प्रेम र बिबाह भन्ने कुरा पनि बडो अचम्मको छ ... यसै बिषयलाइ लिएर ‘फलाना तेरो ब्वाई फ्रेन्ड्स, गर्ल फ्रेन्ड्स’ के भन्दिनु मात्रै पर्छ ... ब्वाई फ्रेन्ड्स, गर्ल फ्रेन्ड्स र बिबाह नै के हो भनेर छुट्याउन नसक्ने कलिला नानिहरु देखि बृद्, बृदा भै सकेकाहरु पनि ... आफ्ना गालाका छाला चाउरी पार्न उत्सुक हुन्छन र गोरु, राँगाले झैँ आफ्ना भए - नभएका किच्च दांत प्रदशन गर्दै मस्किएको यही चार आँखा (चस्मा सहित ) ले देख्या हु क्या रे ! अझ उमेरकाहरुको त कुरा गरेर सध्यौ छैन :) 
हुन  हजुर'बा भन्नु हुन्थ्यो : तिमीहरु प्रेम गरे'छी विबाह गर्नु पर्छ भन्छौ तर मलाइ विबाह गरे पछी प्रेम भो ! जुन अझै सम्म जिउदै छ !! मैले  पढ्या थिए एक प्रसिद लेखक  जर्ज बर्नाड शाले आफ्नो पुस्तकमा लेखेका थिए, ‘विबाह एक सामाजिक, कानुनी बेश्या वृति हो !’ भनेर तर अरु जे सुकै भए नि म भन्छु ‘मागी विबाह भनेको अरु कसैको प्रेमलाइ खोसेर आफ्नो बनाउने प्रयत्न गर्नु हो !’ अहिलेको परिवेशमा !

TimeLine Post ~ Three

bed nath blog16
फूलले मात्र हो आफु सगँ सुगन्ध छ भनेर कहिल्यै भन्दैन तर त्यसको खबर बतासले चारै तिर फैलाउछ रे ! हो ! त्यसैले त फुल हुने रहर जागेको छ !

TimeLine Post ~ Two

bed nath blog9
फुल जस्तो भएर जिन्दगी न जिउनु रहेछ
जुन दिन फुलिन्छ ... भोलि पल्टै देखि ओइलिन शुरु हुने !
जिउनु छ त ढुंगा भएर रहेछ ..
जुन दिन देखि हल्लिन नि सकिदैन
हो, त्यहि दिन देखी सदियौ सम्म
देउता भएर पुजिदो रहेछ !

TimeLine Post ~ One

bed nath blog1
ए जिन्दगी !
बनाउने नै भए
मलाइ शुन्य बनाइदे
ताकी म कसैमा जोडिन पुगे भने
~ उसको खुशी दश गुणा होस !
Via : at Facebook.
Related Posts Plugin for WordPress, Blogger...