Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

फूलले गर्छ चाडपर्वको स्वागत

फुल भए ..जिन्दगी, देउतालाइ चढाइ दिन्थे ...।”  फुल औधी मन पर्छ तर किन थाहै छैन... बस मन पर्छ ... घरमा मोवाइल क्यामेरा सँगै मन लाई आफ्नै बारीका फुलहरुमा डुलाउदा …..
20151020_085043चाडपर्वमा मान्छेहरु रमाएको या खुसी भएको देखेर हो फुलहरु पनि मुस्कुराई रहेका हुन्छन अथवा .. फूलहरु हाँस्न थाले पछी चाडपर्व मनाउदै मान्छेहरु पनि खुसि हुने चेष्टा गर्छन ?? जे होस संयोग चाही मिलेको नै हुन्छ ! ठ्याक्कै चाडपर्वको समयमा फूलहरु फुल्छन अनि फूलहरु फुल्ने समयमा नै चाडपर्वहरु पर्छन ~ मिल्दो संयोग हो यो हाम्रो देशको सस्कार !

Make the world ~ Green and Save the Earth

विगत केहि बर्ष अघि देखि झापाको दक्षिणी भेगमा .. खेति गर्न खेतलाको अभाव र खेति बाट खासै भने जस्तो आम्दनी हुन छाडे पछी मानिसको खेतीयोग्य जमिन मै पनि विरुवा लगाउने र व्यक्तिगत वन बनाउने प्रचन बढ्दो रहेको छ !
20151020_074638
[ मैले आफैले रोपेर बनाएको आफ्नै सानो वनका .. केहि स्न्याप्सहरु आजको पोस्टमा शेयर गर्ने जमर्को गरेको छु ! Make the green world and save the world नारामा मात्र सिमित नगरौ .. आजै बाट आफै बाट पो शुरु गरि हेरौ .... ]

रहर छापिएको तस्विरहरु ...

Yumesh Pulami (3)
फुल र फोटोग्राफी खुब मन पर्छ … किन मन पर्छ त्यो थाहा छैन … बस मन पर्छ ! जब गोडमेल, छाँटकाट पानि गरेर कुनै फुल फक्रिएर माथी फोटामा झैँ मलाई नै हेर्दै मसक्क मुस्कुराई दिन्छ तब आनन्द महशुस गर्छु … हरेक थोक होइन आफै लाइ नि बिर्सिन्छु त्यसलाई हेरेर !

TimeLine Post ~ Seven

flowers can deliver love ...
but can also deliver death...
I started planting the flowers she painted, hoping that they would help remove the smell of gunpowder on meh.
but the smell deep inside my soul doesn't disappear.. (Via: Daisy )
yumesh

हाम्रो सम्बन्ध जस्तो सुकै होस यहाँ साथी हुन् छ भने 
कि Request पठाउनु पर्छ कि त Follow गर्नु पर्छ जमाना यस्तो छ !!
.....
Related Posts Plugin for WordPress, Blogger...