Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]



घन्टी बजाउदैमा धर्म हुने भए, खच्चडले जिन्दगीमा कति धेरै धर्म गर्यो होला ??? तर पनि उसको जिन्दगी भर मात्र नभएर पुरै खच्चडका सनातन लाइ पुग्ने गरी भारीले छाड्दैन किनकी उसले मौका पाएको छ सेवा गर्न मान्छेको जसले उसलाई बेमतलवी ब्यबहार गर्छ र स्वार्थको निम्ती खाना पानि गराउछ !  अनि उसले गर्व गर्नु पर्छ त्यस्तो अवसर पाएकोमा अनि धन्य छ ति जन्महरुलाई जसले गधालाई गधाको काम मात्र सिकायो ! यो प्राकृतिक र सनातन देखि चली आएको नियम !

मेरा बाले धर्म र नैतिकताका लागी घन्टी बजाउन सिकाए माले प्राथाना ! तर प्राथाना गर्ने ओठहरु भन्दा सृजनशिल हात र मगझहरु बढी पवित्र हुन्छन रे अनि केहि गर्न नसक्नेका निम्ति भने घन्टी र प्राथाना पनि ठुलो रैछ यो संसारमा यहि भन्दो रहेछ सबै धर्मले ! मेरो अभिभावकले मलाइ सानैमा मगन्ते बन्न सिकाए अनि मलाइ के चाहिएको छ भन्ने अग्रिम थाहा पाउने अन्तरयामी भगवान सँग पनि हरेक कुरा मलाइ यो यो चाहिन्छबाभने झैँ माग्नु पर्छ भन्ने अबगत गराइयो ! मलाइ केहि गर्नु छ, केहि बन्नु छ भने फिरौती/ घुस दिनु पर्छ (भाकलको रुपमा- पुजा गर्नु या त् वली दिनु पर्छ बाख्रा,परेवा, कुखुरा आदि आदि ...को ) भगवानलाइ, नत्र तिनले कुनै पनि कुरा पुरा गर्न दिदैनन ...( भगवान शोषक अनि मानिस तिनका दासी त् नहुनु पर्ने ) ! किन भगवान पनि मेरो देशको पुलिस, सरकारी कर्मचारी र नेता जस्तै छन् कि क्या हो ? (त्यस्तो पनि नहुनु पर्ने !) ! तिमि मलाइ पुजा गर, बलि देउ, भाकल गर अनि मात्र तिमीले चिताएको पुरा गर्दिन्छु भन्ने ठान्दछन भने मानिसले भगवान नमाने कै बेस (फिरौतीमा चल्ने भगवान किन मान्नु ) किनकी मानिस र भगवानमा के नै फरक रह्यो र ? (भगवान त्यस्तो पनि त् नहुनु पर्ने ) !

अरुको लागि नबाचिएको जिन्दगी, जिन्दगी नै होइन [ कविता ]

Cnn 2015 hero of the year Maggie Doyne
विवेक
समझदारीमा
सम्झौता गरिन्छ
प्रेम त मनले गरिन्छ ।
त्यही भएर त,
'दिल सबै सँग हुन्छ
तर
दिलवाला सबै काहा हुन्छन र ..'
भनेर भनिएको रहेछ ।

हुर्रा नाच [ Magar Huraa Dance ]

विगतको महाभूकम्प र भारतीय नाकाबन्दी अनि अस्थिर राजनीतिले थला पारेको वेला देशमा मगरहरुले ‘देशै रमाइलो' भनेर कसरी यसपालिको तिहारमा हुर्रा नाच्लान भन्नेहरु नभएका होइनन तर सुखमाहोस या दु:खमा, देशमा या विदेशमा हुन चाडपर्व या कुनै उत्सवमा मगरहरु आफ्नो सस्कृति झल्काउन र पिडा विर्साउन “…देशै रमाइलो” भन्दै हुर्रा नाच्ने गर्दछन !
गौरादह नगरपालिका, वार्ड नं. ८, कोहबरा गाउको हुर्रा नाच
मरिन्छ की बाचिन्छ, थाहा छैन
खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ
…. देशै रमाइलो !
हास्ने खेल्ने हिजोका, तिमी भुरा
हुर्रा खेल्ने आजका, मगर शुरा
….. देशै रमाइलो !!
उफ्री उफ्री नाच्ने मगर …
जिन्दगी हो ,माया प्रेमको बगर
….. देशै रमाइलो !!!

I'm silence, not speechless ... [Photo Documentary ]




[ I'm silence, not speechless .... a short photo documentary basis on the TaraiMadhes Aandolan.]
Related Posts Plugin for WordPress, Blogger...