Contact Form

 

स्वत्रन्त्रता

साझमा जसरी निन्द्राका लागी
निंद्रा - शान्ति र आनन्दका लागी
फिजाईन्छ ओछ्याँन - पल्टनका लागी

जव चरम निन्द्रापछि, म चाहन्न
लामो समय सम्मको - मृत्यु !

त्यसैले ,
हरेक मिर्मीरेमा हतारिन्छु - म सधै
व्युझन , जाग्न र उठ्नका लागी !!

प्राय:
धेरै रहर , इच्छा र अन्य
जीवनका दोस्रो पाटाहरुलाई
थाती राख्नु परेको छ - मेरो
आफ्नो उद्देश्यको लागी
त्यों हो - अन्त्य दाशताको !!!
( वर्ष २ , अंक ८६, २०६३/११/२६ शनिवार को विवेचना दैनिकी पत्रिका मा प्रकाशित भई सकेको कबिता हो - त्यहा मैले "गणंत्नन्त्र " शीर्षक दिएको थिए - राजतन्त्रको अन्त्य को लागी तर मैले यहाँ बिश्वो भरीको मानव दासताको अन्त्य को कामना गरेको छू ।कमेन्ट गर्न नभुल्नु होला ! धन्यवाद । )

Total comment

Author

Yumesh Pulami

3   Comment / प्रतिक्रिया लेख्नुहोस

भाव त एकदमै राम्रो छ तर प्रस्तुति चैँ के नमिलेको के नमिलेको जस्तो लाग्यो मलाई त । गद्य कविता त हो तर राम्रो गद्य लेख्न जान्नेले पद्यभन्दा मिठो बनाउँछन् गद्य कवितालाई ।

लेख्दै गर्नुहोला !!!!!!!
यो कविता पनि राम्रो लाग्यो। तर हतार नगरी अलि काँटछाँट गरेको भए अझ राम्रो हुने थियो। अनि कविताको अन्त्य पनि एकदम छिटो गरिएकोले कवितात्मकता कम भएको छ र नाराजस्तो देखिएको छ।
ujeli g ra basant g lai dherai dherai dhanyabad sujhab ra aaphano comment dinu bhaeko ma dherai abharparkat gardai6u

Cancel Reply