Contact Form

 

संसार हल्लाउने - म

हेर ! म एक दिन
यो संसार हल्लाउने'छू
तर अरु चाहि -
हल्लिन्छन परिस्थिति अनुसार
हो त्यही परिस्थितिको सिर्जना गर्ने'छू !!!


पृर्थक हुन खोज्दछु, किन की
मेरो जीवन शैली नै फरक छ
त्यही जीवन भिन्दै हुने भएकोले
म अरुको जस्तो हुन र गर्न
चाहन्न र गर्दिन पनी !!!

म गर्न चाहन्छु
गराइमा पुग्नु नपुग्नु
दुबै मेरा निम्ति सफलता हुने'छ
एक चोटी फेरी हेर !
संसार हल्लाउने 'म'लाइ !!!

कलम समाऊ
अक्षर रोज
शब्द बटुल,
अनुपमता खोज
बुझ विचारहरू - मेरा
हल्लिछौ तिमी - तिम्रै जिवनत्व देखि !!!

झनै हल्लिन्छौ
ती सिर्जित परिस्थिति देखि
अनि म - देखि
हल्लिन्छन त ती सबै -अवस्थाहरू
थर्किनछन -व्यथा, पिडाहरु ,संसारहरू !!!

त्यसैले -
फेरी एक चोटी हेर !
म एक दिन
यो संसार हल्लाउने'छू
बेसरी थर्काउने'छू !!!

यो देश ,
यो समाज,
यो परिवेशलाइ
सिंगारी, नचाई
यो संसार हल्लाउने'छू

र हल्लिने छ
मद्रारा - यो संसार ।
त्यसैले त म नै हु
धेरैमा एक त्यस्तो
संसार हल्लाउने - म !!!
(यदि तपाई यो कविता पढ्दै हुनुहुन्छ भने 'म 'भन्ने पात्र तपाई आफैलाई सम्झनु होला )

Total comment

Author

Yumesh Pulami

9   Comment / प्रतिक्रिया लेख्नुहोस

bednath ji
nice poem, loved it.
Happy blogging
कुरा त एकदम सही छ नि !
काम मा पो छैन त !
बुझेर तिम्रो बिचार
सोचेर तिम्रो सोच
अब म पनि संसार हल्लाउनेछु
तिमी पनि यसरी नै संसार हल्लाउनु
र तिमी पनि यसरी नै संसार हल्लाउनु

हातेमालो गरेर हामी सबैले
यसरी हल्लाउने क्रममा
पक्कै पनि
केही त हुनेछ

थर्किने थर्केला
झर्किने झर्केला
तर विश्वास छ
यो सोच, यो बिचारले
पक्कै पनि
सफलता अवश्य मिल्नेछ
Sweet Words...

Ya

I can move this World... As i wann
Sweet Words...

Ya

I can move this World... As i wann
ho bednath ji sabaimilera sansar hallaunai parne bho aba ta .nice words thnx, keep it up.
Nice,,keep it up,N,thanks for visit me, Mitra Bednath,jee
सबैलाई धन्यवाद ! कमेन्ट को लागी केही शब्द खर्चगरिदिनु भएकोमा !

Welcome in my world & Thanks for the Pritam , Kalambir ghotaane Ji & Katwal ji.
आकार जी नेपालको नेताहरु को प्रबृती देखेर झस्कनु भए जस्तो छ ....त्यस्तै हो की !!

कलमबीर_घोताने जीको सफलता प्रतिको आस र सिकारू जी र संगमकिराती जी लाइ पनी धन्यबाद नदिरहन सक्दिन - तपाईहरु ले दिनुभएको हौसला प्रति ।
आइया हौ बेदनाथजी। यो कविताले त मलाई मेरो एकजना फूफूको छोरा- दाईको मिठो याद पो गरायो। उहाँ अहिले कोरियामा हुनुहुन्छ। एकदिन उहाँको खल्तीमा पैसा पूरै सकिएछ। त्यही दिन मैले उहाँलाई जीवनमै पहिलोचोटि कुनै चीज माग्न पुगे बाध्यतावस। त्यसबेला उहाँ पनि अनि म पनि अप्ठ्यारोमा पर्यौ। उहाँले मेरो अनुरोध पूरा गर्न नसकेवापत अप्ठ्यारो मान्नुभो। म चाहिँ बेकारमा मैले भने भन्ने ठानेर अप्ठ्यारोमा परे। त्यसबेला मैले भनेको थिए दाईलाई- मैले त जोक पो गरेको। तर दाईले पत्याउनुभएन अनि सहज हुनलाई अर्को जोक थप्नुभयो- "हेर चेली, म कुनैदिन यो संसार यस्तरी हल्लाउँछु, यस्तरी हल्लाउँछु, यस्तरी हल्लाउँछु कि यो संसारको सबै चीज हल्लिनेछन् त्यसदिन। अनि तिमीले भनेको कुरा पूरा गर्नु त मेरो लागि नाथे सरह हुनेछ नि।", मैले तुरुन्तै भने- "त्यसदिन पनि फेरी मै मारमा फस्ने भए नि त?" अनि हामी दुबै जना मरी मरी हाँसेका थियौ।

Cancel Reply