Contact Form

 

गजल

हरपल तिम्रो याद आउने, मायाको मात कस्तो !
शब्दै पिच्छे चोट दिने, निष्ठुरीको बात कस्तो !!

पुरा जीवन संगै जिउने ,बाचा बन्धन थियो  !
यात्रा आधा  नगर्दै , छाडी जाने साथ कस्तो !!


जीवनका कुरा गरि , मशानघाट  ल्यायौ !
छुरा रोप्ने मुटुमा , मायाको हात कस्तो !!

धेरै विते अ'निदा  रातहरु, सम्झनामा तिम्रो !
पलपल तड्पाउने, मायालुको जात कस्तो !!

सधै कुरी बसे बाटाहरु , तिमि आउने जाने !
जिउदो लाश भए , यो बेद’को ‘नाथ' कस्तो !!

Total comment

Author

Yumesh Pulami

7   Comment / प्रतिक्रिया लेख्नुहोस

उमेश जी सुन्दर गजल ।
अन्तिम २ सेर चाहिँ माथिका सेर भन्दा अलिक बढी तानिएका हुन् की झैँ लाग्यो । "धेरै बिते अनिँदा रात, सम्झनामा तिम्रो" मात्र भन्दा वाचनमा सहज हुन्छ जस्तो लाग्यो है मलाई ।
तखल्लुस को प्रयोग ले मादकता थपेको छ ।
सुन्दर गजल, सरमलाइ गजल लेख्ने तरीका त थाहा छ तर यसको लागी चाहीने ताल, गध्य अादी कुराहरू सर बाट सिक्नु पर्ला जस्तो छ,
मिठो छ आफै माथि प्रहार भएको यो गजल बेद जी
मीठो छ गजल वेद जी । त्यो वेदको नाथ रसिक खालको रहेछ । :)
वर्णगत त्रुटिहरू छन केही, 'मुटु', 'अनिदा' बनाएर सच्याउनुहोला । अझै जाओस् सेरको वर्षात ।
सानदार गजल छ ।
सुन्दर सिर्जना!!

धेरै विते अ’निधा रातहरु, सम्झनामा तिम्रो !
पलपल तड्पाउने, मायालुको जात कस्तो !!
धन्यवाद रिजाल जी , सुर्य जी , धाइबा जी र रमेशमोहन जी लाइ !

रिजाल जी र धाइबा जी ले औलाइदिनु भएको गल्ति र सुझाबको लागि पुन :मुरी मुरी धन्यबाद ! आउदा दिनहरुमा पनि यस्तै सुझाबहरु पाइरहु ...

Cancel Reply