Contact Form

 

गजल

आपे, हाब्रे, गोक्ते, हाम्रा -उप नामको कुरा !
रम्ने,खेल्ने ,जिस्कने  - हाम्रा गामको कुरा !!

काम छैन ,फुर्सद छैन, दिनभरी डुल्ने !
लंगुर्बुजा,तास ,ढुस - हाम्रा कामको कुरा !!


छुर ,टिकापास,कबडी –खेल्ने हामि भुरा !
लुकामारी, आसपास ,माया -शामको कुरा !!

पढ्न जिरो , मान्छे हिरो , तरुनीको किरो !
पासपोट, भिजा, विदेश, सब -दामको कुरा !!

उद्देश्य, भविष्य,जिन्दगि,सब अन्धकार छ !
नखोज ‘वेद'मा , मरुभूमिको यामको कुरा !!

Total comment

Author

Yumesh Pulami

10   Comment / प्रतिक्रिया लेख्नुहोस

खेलैखेलको मौसम लागेको बेला मलाइ पनि एउटा गज़ल फुर्यो है बेद्नाथ भाइ !


जति कार्ड दिए पनि,पारा उस्तै भयो
भो नगरु खेलमा हुने, छलछामका कुरा
हामी आफैले देखे भोगेका कुरालाई गज्जबले लेख्नु भएछ ....
पढ्न जिरो , मान्छे हिरो , तरुनीको किरो !
पासपोट, भिजा, विदेश, सब -दामको कुरा !!

Swadilo..... ! भिन्न खाले गजल, कति गर्नु माया पिरतिका नभएका गन्थन । मन परो
नौलो स्वाद पाँए, मिठो लाग्यो :)
यो गजल लेख्दा अरु बढ्ता आनन्द आएको हुनु पर्छ | यथार्थ लेख्न खोज्दा यस्तो हुन्छ |
मन पर्यो | यसरी नै चल्दो रहेछ आँखीर जिन्दगी !
धन्यबाद ! कृष्ण जी , मिलन जी ,शिव जी , घोताने जी र मणि जी !
यति मिठो र रमाइलो गजल पढन म त ढिलो पो भएछु बेद जी। निरन्तरताको कामना...
धन्यबाद सुर्य जी !
म निरन्तता दिने कोसिश गर्ने छु !
Good blog. Nice post and information.
३ वर्ष पार गर्नु भाछ,शुभकामना।

Cancel Reply