Contact Form

 

गजल

Love you bed nath blog
मिठा मिठा शब्द संगै, यो दिल नै सारा हजुरको !
बोल्दा मात्र ठिक्क पार्ने, यो कस्तो पारा हजुरको !!

संगै जाउ घुम्न डुल्न, कती गरियो अनुरोध !
टार्ने कुरा हुन्छ सधै, यो कस्तो झारा हजुरको !!


मधहोसी रुप रंग, लठ्याउने नशालु दिष्ट्री !
चस्स मन रेट्ने बोलि, यो कस्तो आरा हजुरको !!

मनमा उमंग भर्ने, निर्दोष मेरा इच्छाहरु !
ग्रीन रेड सिंग्नल’भो,त्यो कस्तो तारा हजुरको !!

मिठा मिठा शब्द संगै, यो दिल नै सारा हजुरको !
बोल्दा मात्र ठिक्क पार्ने, यो कस्तो पारा हजुरको !!

Total comment

Author

Yumesh Pulami

6   Comment / प्रतिक्रिया लेख्नुहोस

यस्तो दामी गजल लेख्ने, यो कस्तो पारा हजुरको
पढ्दा पढ्दै लट्ठ पार्ने, यो कस्तो चाला हजुरको

विष्णु
This comment has been removed by the author.
गजल होस् त यस्तो !!
सुन्दर छ बेद जी, निरन्तरताको कामना !
धन्यबाद यहाँहरुको हौसलाको लागि !
अनि अर्याल जी र संदिपन जी लाइ स्वागत छ मेरो आगन टेक्नु भएकोमा ! पुन : आउदै गर्नु होला र आफ्नो सल्लाह र सुझाब दिदै गर्नु होला !

Cancel Reply